पोखरा-पोखराको न्युरोडमा रहेको बिआइपी फर्म हाउस र प्रिती कलर हाउसमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ।बिआइपी फार्म हाउसका सन्चालक गोपाल अधिकारीले बिहान ७ बजे पसल खोल्दा एक्कासी आगो लागिरहेको देखेका थिए। त्यसपछि भित्र भएका छोरी र श्रीमतीलाई बाहिर निकाल्न सकेपनि सामान भने जोगाउन सकेनन्।
आगलागीबाट बिआइपी फर्म हाउस, प्रिती कलर ल्याब र तीनओटा मोटरसाइकल जलेर नष्ट भएको कास्की प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक हरिबहादुर पालले जानकारी दिए।
आगो सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले करिब एक घण्टापछि नियन्त्रमा लिएका थिए। ‘आगलागीबाट एक करोडभन्दा बढीको क्षती भएको अनुमान गरेका छौं, उपरीक्षक पालले भने, ‘घटनामा दुईजना सामान्य घाइते भएका छन्।’