काठमाडौं-सहरी व्यवस्थापन सम्बन्धी तालिम लिन क्यानडाको एडमन्टन पुगेका काठमाडौं महानगरपालिका तीन जिम्मेवार कर्मचारीसहित पाँच उतै बेपत्ता भएका छन्।चैत २ देखि ४ सम्मको कार्यक्रम सकिएको साता बित्दासमेत उनीहरू देश फर्केका छैनन्। साथै, महानगरपालिका कार्यालयलाई पनि उनीहरूले आफ्नो तालिम भ्रमण टुंगिए/नटुंगिएको बारे जानकारी गराएका छैनन्।
त्यसरी हराउनेमा वातावरण व्यवस्थापन विभाग प्रमुख ज्ञानेन्द्र कार्की, वातावरण महाशाखा प्रमुख हरि कुँवर र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख नुरनिधि न्यौपाने छन्। यही समूहमा निमन्त्रणा नै नभएका महानगरपालिका वडा ६ का इन्जिनियर निर्मल भट्टराई र कार्यान्वयन महाशाखाका नगर निरीक्षक राजु पाण्डेसमेत छन्।
विदेशमा काजमा जानुपरे सम्बन्धित मन्त्रालय सचिवको स्वीकृति लिनुपर्ने प्रावधान लत्याउँदै उनीहरू १० दिनअघि क्यानडा हिँडेको महानगरपालिका स्रोतले बताएको छ। स्थानीय स्वायत्त शासन नियमावली २०५६ बेवास्ता गर्दै उनीहरु विदेश गएको भन्दै महानगरपालिकामा हल्लीखल्ली मच्चिएको छ। नियमावलीको नियम २५८ को काज खटाउने सम्बन्धी बुँदाअनुसार स्थानीय निकायका कुनै कर्मचारीलाई विदेशमा काज खटाउनुपूर्व संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्वीकृत लिनुपर्छ।
‘महानगरपालिका बाहिरका समेत गरेर १० जना एकैपटक क्यानडा पुगेको कुरा आएको छ,' महानगर प्रवक्ता तथा प्रशासन तथा संगठन विभाग प्रमुख शान्ताराम पोखरेलले नागरिकसँग भने, ‘कार्की, कुँवर र सचिवालयले निवेदन दिएको देखिन्छ तर मन्त्रालयको स्वीकृति छैन। यसबाहेक भट्टराई र पाण्डेको केही खबर छैन।'
चैत १ गते उनीहरु क्यानडाका लागि उडेको खबर आए पनि मंगलबारमात्र यसबारे आफूले थाहा पाएको पोखरेलले बताए। ‘महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीले मन्त्रालयको स्वीकृति नलिई उड्नु भनेको गम्भीर गल्ती हो,' उनले भने, ‘यसको यथाशिघ्र छानबिन गरिनेछ। उनीहरुले अन्यलाई पनि कार्यालयको लेटरप्याड प्रयोग गरेर लगेको भन्ने कुरा आएकाले यसको पनि छानबिन आजै (मंगलबार) सुरु गरेका छौं।'
नागरिकलाई प्राप्त उनीहरुको निमन्त्रणा पत्रमा सचिवालय प्रमुख न्यौपानेलाई व्यक्तिगत सम्बोधन भएको देखिन्छ। फागुन १२ गते लेखिएको पत्रमा कार्की र कुँवरलाई पनि निम्तो रहेको देखिन्छ।
पत्रअनुसार क्यानडाको एडमन्टन सहरले ठोस फोहर व्यवस्थापन, सहरी व्यवस्थापन, अग्नी नियन्त्रण अभ्यास र वातावरणीय जिम्मेवारी सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्न चैत २ देखि ४ सम्मको कार्यक्रम बनाएको देखिन्छ। तर कर्मचारीले महानगर कार्यालयमा पेस गरेको निवेदनमा ३ गतेको कार्यक्रम तालिका मात्र उल्लेख छ। तर त्यो एकदिने तालिकामा पनि कुनै आधिकारिकता थिएन। न स्ट्याम्प न कुनै लेटर हेड।
‘उताबाट आएको निमन्त्रणा यहाँ ढिलो गरी स्वीकृत गराउन खोज्नुले पनि शंका पैदा भएको छ,' महानगरपालिका उच्च कर्मचारीले भने, ‘व्यक्तिगत निमन्त्रणमा कर्मचारीहरु पुग्नुले हामी थप सशंकित भएका छौं।'
नियमावली अनुसार मन्त्रालयको स्वीकृतिपछि मात्र उनीहरुले भिसा लगायतको प्रक्रिया थाल्नुपर्थ्यो। तीन जिम्मेवार कर्मचारी (न्यौपाने, कुँवर र कार्की) ले पेस गरेको निवेदन प्रमुख तथा कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारले फागुन २६ गते प्रशासन प्रमुख पोखरेललाई राय लिन पठाएको रेकर्ड देखिन्छ।
‘चैत १ गते ११ बजेतिर मन्त्रालयमा अनुमोदन हुने गरी निर्णय गर्न प्रमुख तथा कार्यकारी अधिकृतलाई प्रशासन प्रमुखले तोक लगाए। सोही दिन कार्यकारीले मनोनयनका लागि मन्त्रालय पठाउन स्वीकृति दिए,' ती कर्मचारीले भने, ‘तर सोही दिन बुझ्न खोज्दा उनीहरु एअरपोर्ट पुगिसकेको थाहा भयो।