काठमाडौं- सडकमा थुप्रन थालेको पाँच दिन भइसक्दा पनि काठमाडौंको फोहर उठ्ने टुंगो लागेको छैन। काठमाडौंबाट फोहर बोकेर नुवाकोटको ओखरपौवास्थित डम्पिङ साइट जाने क्रममा ट्रकले ठक्कर दिँदा स्थानीय बालकको मृत्यु भएपछि उत्पन्न तनावले फोहर ओसार्ने कार्य बन्द भएको हो।घटनाका पीडितको माग सम्बोधन नहुँदा असुरक्षा भएको भन्दै फोहर ओसार्ने पक्षले काम नगरेका कारण काठमाडौंको फोहर उठ्न नसकेको हो। आइतबारसम्म भएका वार्ताहरु निकर्षविहीन भएपछि स्थानीयले बाटो छेकिरहेका छन्। यता, काठमाडौं महानगरपालिकाका कर्मचारीले सुरक्षा प्रत्याभुति नभएसम्म फोहर नउठाउने बताएका छन्।
दैनिक सात सय टन फोहर उपत्यकाबाट सिसडोल पुग्ने गर्थ्यो। फोहर नउठ्दा सहरका चोकचोकमा फोहरको थुप्रो लागेको छ। 'सुरक्षा व्यवस्था नमिलेसम्म ज्यानको जोखिम उठाउँदैनौं,' स्थानीय निकाय कर्मचारी युनियन महानगरपालिका इकाइका अध्यक्ष शिवजी भट्टराईले आइतबार नागरिकसँग भने, 'सोमबार पनि फोहर उठ्न सक्दैन। यथपि सरकारले प्रहरी परिचालन गर्ने भनेको छ। तर पनि त्यहाँ प्रहरी नपुगुन्जेल हामीले काममा हात हाल्दैनौं।'
उनका अनुसार फोहर ओसार्ने सवारी र कर्मचारीमाथि हातपात हुने डरले कर्मचारी त्रसित छन्। पीडितसँगको आइतबारको बैठक निष्कर्षविहीन भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए। 'पीडित पक्षहरुले आफैं छलफल गर्ने भन्दै आजको बैठक सकियो,' उनले नागरिकसँग भने।
महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले फोहर व्यवस्थापनका लागि दुइटा सवारी पाउने भए पनि स्थानीयको अवरोधको डरले फोहर उठाउन समस्या परेको बताए। उनका अनुसार सडक विभागले यसका लागि डोजर र एस्काभेटर दिने सहमति गरेको छ। तर डम्पिङ साइट लैजान अझै टुंगो छैन। स्थानीयले करिब तीन करोड रुपैयाँ पर्ने एक एस्काभेटर, दुई डोजर र एक लोडर बुधबार जलाएका थिए।
'यहाँको फोहर लगे पनि व्यवस्थापनका लागि यस्ता मेसिनरी सवारीको खाँचो छ,' उनले भने, 'स्थानीयले अवरोध हटाएपछि मेसिनरी सवारी लगेपछि फोहर पनि निरन्तर जान सक्छ।' महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले कर्मचारीसँग सोमबार छलफल गरिने बताए। 'सरकारले सुरक्षा व्यवस्था गरिदिए फोहर लान समस्या छैन,' उनले भने, 'मृतक परिवारले क्षतिपूर्तिको व्यवस्था भइदिए बाटो चाँडो खुल्छ।'
महानगरपालिकाले दैनिक ३ सय ५० देखि ४ सय टन, उपमहानगरपालिकाले ६५ टन र निजी संस्थाले समेत गरेर सात सय टन फोहर उपत्यकाबाट दैनिक सिसडोल पुर्यािउने गरिन्थ्यो।