काठमाडौं/नुवाकोट- काठमाडौंबाट फोहर उठाएर नुवाकोट ओखरपौवा लैजाँदै गरेको भाडाको निजी ट्रकले ठक्कर दिँदा बुधबार एक बालकको मृत्यु भएको छ। नजिकैको विवाह घरका बालबालिकासँग खेल्दै गर्दा स्थानीय ४ वर्षका रिजन बलामीको ठक्करबाट मृत्यु भएको हो।मृतकका ठूला बुवा विक्रम बलामी श्रेष्ठले सीधा सडकमा लापरबाहीले ट्रकले अगाडिबाटै ठक्कर दिएको बताए। 'सडकको भित्तापट्टि एक घरमा विवाह भइरहेको थियो, छेउपट्टि ऊ (रिजन) सहित ३/४ वटा बालबालिका खेल्दैथिए,' प्रत्यक्षदर्शीको भनाइ बताउने उनले नागरिकसँग भने, 'गाडी सिधै आयो। खेलिरहेका अरु बालबालिका भाग्न सके।'
ल्यान्डफिल साइटबाट निकै नजिक रहेको कोल्फु खोला पुल नजिकैको सो क्षेत्रमा करिब १० घर छन्। बाटो निकै सरल र केही समयअघि मर्मत पनि भएको उनले बताए। 'सडक मर्मत नहुँदा अप्ठ्यारो थियो,' उनले भने, 'तर अहिले निकै सजिलो छ। यो सरासर चालकको लापरबाही हो।'
घटनापछि स्थानीयले दिउँसो करिब पाँच बजेसम्म मृतकको लास उठाउन नमानेपछि प्रहरीले बलपूर्वक लास पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाएको र उनीहरुको माग पनि पूरा गर्ने आश्वासन दिएको उनले जानकारी दिए। घटनापछि फोहर बोकेर पुगेका अन्य सवारीलाई समेत स्थानीयले फिर्ता काठमाडौं पठाएको स्थानीय सीताराम घिमिरेले जानकारी दिए।
प्रहरी प्रधान कार्यालयका अनुसार करिब १२ बजेतिर भएको दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी प्रवक्ता कमलसिंह बलले घटनापछि आक्रोशित स्थानीयले १ एस्काभेटर, एक लोडर र दुई डोजर जलाएको बताए। ठक्कर दिने ट्रक पनि स्थानीयले जलाएका छन्।
आगो नियन्त्रण गर्न जुद्ध बारुण यन्त्र काठमाडौंबाट गएको दमकललाई तिनपिप्लेमा ढुंगामुढा गर्दा दमकल चालकको हातमा सिसाले सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
महानगरपालिकासहित उपत्यकाको सबै फोहर डम्प गर्ने उक्त क्षेत्रमा निजी क्षेत्रले फोहर लाँदै गर्दा यस्ता दुर्घटना भएको महानगरपालिकाले जनाएको छ। जलेका सवारी कामै नगर्ने भएको काठमाडौं महानगरपालिकाले जनाएको छ। फोहर व्यवस्थापनमा खटिने गरेका सवारी नहुँदा फोहर व्यवस्थापन गर्ने कार्य अनिश्चित भएको महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार महानगरपालिकाको १७ र ५ वडामा फोहर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिको फोहर लगेको उक्त ट्रक भाडाको रहेको खुलेको छ। निजी संस्थाको फोहर बोकेका कारण घटनाको जिम्मेवारी पनि उसैले लिनुपर्ने महानगरपालिकाको भनाइ छ।
'दैनिक फोहर व्यवस्थापनमा सहभागी भइरहेका चार सवारीको क्षतिले फोहर व्यवस्थापन अनिश्चित भएको छ,' उनले भने, 'डम्पिङ साइटमा फोहर मिलाउने काम गर्न नपाएपछि काठमाडौंबाट फोहर लान पनि समस्या भएको छ।' तर सो कम्पनीका प्रबन्धक सञ्चालक मित्र घिमिरेले सो गाडी सिसडोलकै स्थानीय अर्जुन लामाको रहेको बताए। आफ्नो फोहर लगे वा नलगेको बारे उनले अनभिज्ञता जनाए।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले पीडितले क्षतिपूर्तिको माग राखेको बताएका छन्। सिसडोल क्षेत्रमा थप क्षति हुन नदिनका लागि प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा टोली ओखरपौवाको सिसडोलमा खटाइएको छ। 'बिहान केहीबेर सडकमै लास राखे पनि साढे ४ बजेतिर लास प्रहरीले पोस्टमार्टमका लागि लगेको थियो,' अधिकारीले नागरिकसँग भने, 'अहिले अवस्था सामान्य भइसकेको छ।'