झापा- मेचीनगर–८, नकलबन्दामा पटक–पटक साक्षरता अभियान सञ्चालन भइसकेको छ तर धेरै स्थानीय यसबारे बेखबर छन्। यतयारी खडिया त्यसैमध्ये एक हुन्।
छ सन्तानकी आमा उनको एक छोरीबाहेक सबैको बिहे भइसक्यो। उनलाई आफ्ना छोराछोरी कति वर्ष पुगे भन्नेसम्म हेक्का छैन। छोराछोरीको उमेर त बुढेसकालले बिर्सन सकिन्छ, तर उनलाई आफ्नै उमेर थाहा छैन। कुनै काममा उमेर टिपाउन परे नागरिकता अरूले नै हेरिदिनुपर्छ।
'के गर्नु हाम्रा पालामा पढ्न पाइएन, अनि के को उमेर थाहा हुनु,' ५५ वर्ष बगानमा काम गरेर घरैमा बस्दै आएकी खडियाले नागरिकसँग भनिन्, 'छोराछोरी त जन्माइयो तर अहिले कति वर्षका भए थाहा छैन।'
लेखपढ गर्ने धोको भए पनि गाउँमा हुने साक्षरता कक्षामा कहिल्यै निम्तो नपाएको उनले सुनाइन्। 'आजका दिनसम्म मलाई प्रौढ कक्षामा आउनुपर्छ भनेर कसैले भनेका छैनन्,' उनले भनिन्।
शैक्षिक र सामाजिक चेतना कमजोर भएका बेला जन्मिएकी खडियाको त कुरै छाडौं, भर्खरै १५–१६ वर्षमा हिँड्दै गरी उनकै छोरी लिनमुनी पनि आफ्नो उमेर बताउन सक्दिनन्। उमेरसम्म हेक्का नभएपछि अक्षर चिन्नु त टाढाको कुरा भइहाल्यो।
नजिकैका स्कुलले बर्सेनि भर्ना अभियान चलाउँछन्, गाउँमा विभिन्न संघ–संस्थाले बर्सेनि अनेकथरि साक्षरता कार्यक्रम पनि चलाएकै हुन्छन्, तर त्यसले खडिया परिवारलाई छोएकोसम्म छैन।
नकलबन्दाकै जिल्सी उराउलाई पनि आफ्नो र छोराछोरीको उमेर थाहा छैन, अक्षर चिन्नु त परको कुरा। अनौपचारिक शिक्षा केन्द्रले सुरु गरेको साक्षरता अभियान क्रममा बालकल्याण माविका विद्यार्थी निरक्षर व्यक्तिको नामावली संकलन गर्न केही समयअघि यो गाउँ पुगेका थिए। उनले अप्ठ्यारो मान्दै अरू विवरण भने पनि उमेर खुलाउन सकिनन्। विद्यार्थीहरू अन्दाजकै भरमा उमेर टिपेर गए। यस क्रममा आफ्नो उमेर बताउन गाउँका धेरैले नागरिता प्रयोग गरेका थिए।
'मेचीनगरमा स्कुलैस्कुल, कलेजैकलेज छन्,' कक्षा १० की छात्रा अर्पणा खरेल भन्छिन्, 'यही ठाउँमा उमेर जान्न धेरैले नागरिकता खोजे। कतिले बाआमालाई सोध्नुपर्छ भने। बाआमालाई पनि थाहा नहुनेको अन्दाजमै लेखियो।'
उराउ र खडिया उदाहरणमात्र हुन्। यहाँ उनीहरूजस्ता धेरै छन् जसलाई अक्षरको मेलोमेसो छैन। जब कि यही बेला सरकारले साक्षरता दर बढेको बताइरहेको छ। यति मात्र होइन, २०७२ असारसम्म झापालाई नै 'पूर्ण साक्षर जिल्ला' घोषणा गर्ने तयारी धमाधम सुरु गरिएको छ। वास्तविक अवस्था अर्कै भएको देख्दादेख्दै साक्षरता अभियान सफल भएको घोषणा गर्ने हतारोमा झापालाई 'पूर्ण साक्षर जिल्ला' घोषणा गर्न लागिएको हो।
यसका लागि प्रशिक्षकलाई धमाधम तालिम दिन थालिए पनि अहिलेसम्म चलेका अभियानले कागजमा मात्र साक्षरता दर ह्वात्तै बढाएको छ। यसको प्रमाण हो, नकलबन्दाका खडिया र उराउ, जसको साक्षरता स्थितिले सरकारी दाबीलाई झुट साबित गर्छ।
सरकारले सन् २०१५ सम्म साक्षर नेपाल बनाउने अभियानअन्तर्गत झापामा साक्षरता अभियानका सहजकर्ताको कक्षा धमाधम चलाइरहेको छ। जिल्ला शिक्षा कार्यालयअन्तर्गत रहेको यो अभियानमा २६ सामुदायिक केन्द्र र १० अन्य संघसंस्थाले जिम्मा लिएका छन्।
संस्थाले कक्षा सञ्चालन गरेर प्रौढ कक्षाका लागि सहजकर्ता उत्पादन गरिरहेको छ। २०६८ को जनगणनाअनुसार झापामा ५८ हजार ४ सय ४६ जनसंख्या निरक्षर छन्। तर, अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले ५३ हजार ५ सय ६७ का लागि ३ करोड १४ लाख बजेट छुट्याएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए। जिशिअ लुइँटेलका अनुसार जिल्लामा २५ सय ७२ सहजकर्ता उत्पादन हुँदैछन्। एक सहजकर्ताले २० जनालाई साक्षर बनाउनुपर्छ। २०७२ को असारसम्ममा अभियान सम्पन्न गरिसकेर झापालाई साक्षर जिल्लाका रूपमा घोषणा गर्ने उनले बताए।
समाजलाई नजिकैबाट नियालिरहेकाहरू भने यस्तो अभियान देखावटी मात्र हुँदै आएको बताउँछन्। 'हाम्रो समाजमा अर्कैको जन्मदिन मनाइदिने संस्कार भित्रिसकेको छ,' समाजशास्त्रका विद्यार्थी अनुप मास्के भन्छन्, 'तर यही समाजमा आफ्ना छोराछोरीको जन्ममिति थाहै नपाउने अभिभावक पनि छन्। सरकार सहरका ती मान्छेलाई देखेर तथ्यांक बनाउँछ तर हाम्रो समाज विकासको स्वरुप ज्यादै अन्यायी छ।' त्यसैले सरकारी तथ्यांक पत्याउन धेरैपटक सोच्नुपर्ने उनी बताउँछन्।
यसपटक निरक्षरको लगत संकलनका लागि खटिएका विद्यार्थी घरघरै पुगे। नयाँ प्रविधिको जमानामा हुर्किएका यी कलिला किशोरकिशोरी आफ्नै छिमेकीको शैक्षिक अवस्था जान्ने मौका पाउँदा अचम्मित छन्। यस्तो समस्या मूलतः सीमान्तकृत समुदायका व्यक्तिमा बढी भेटिएको छ। 'अवसर र सुविधाको वितरण नै हामीकहाँ अन्यायपूर्ण तवरमा भएको छ,' समाजशास्त्रका अर्का विद्यार्थी सागर शिवाकोटी भन्छन्, 'त्यसैले हाम्रो समाजमा यो चित्र देखिनु अनौठो होइन।' धेरै राजनीतिक दलले यही वर्गको उत्थानलाई आफ्नो मुख्य एजेण्डा बनाएका कारण पनि समाजमा यो तप्काको संख्या ठूलो रहेको उनको अनुमान छ।