पोखरा– कास्कीकोट, गुन्टेचौरका जीवन केसी जापानबाट फर्केको एक साता पनि भएको थिएन । आफन्तका माध्यमबाट बर्दियाकी एक युवतीसँग बिहे छिनिसकिएको थियो । पोखराबाट बर्दिया पुग्न बसमा पूरै एक दिन लाग्छ । पहिला टीकाटालो अनि फेरि बिहेका लागि आउजाउ गर्न झमेला हुन्थ्यो । त्यसैले फागुन २५ गते नै टीकाटालो र बिहे एकै दिन सक्ने गरी लमीले कुरो टुंग्याए ।२० फागुनमा आइपुगेको छोराको बिहेका लागि परिवारले तयारी सुरु ग¥यो । सरसामान किन्न सिंगो परिवार २२ गते नै पोखरा हिँड्यो । तर, शुक्रबार उनीहरू चढेको बसले न पोखरा पु¥यायो न त सद्दे छाड्यो । दुर्घटनामा केसी परिवारका सबै सदस्य घाइते भए । गाउँका अरू ६ जनाले ज्यानै गुमाए ।
सराङकोटमा शुक्रबार ग१ख ४८४९ नम्बरको बस दुर्घटना हुँदा जीवनको टाउको र ढाडमा चोट लागेको छ । २५ गते जन्ती जाने तयारीमा रहेका आफन्त–इष्टमित्र अस्पताल ओइरिएका छन् । केसी परिवारले भोग्नुपरेको विपत्तिले सबैलाई रुवाएको छ । जीवनलाई ह्विलचियरमा राखिएको छ । उनलाई शनिबारै काठमाडांै लैजान चिकित्सकले सुझाए ।
जीवनका बुबा हरिबहादुर र ठूलोबुबा एकबहादुरलाई शुक्रबारै हेलिकोप्टरमा राखेर काठमाडौं पु¥याइसकिएको छ । आमा वसन्ता पोखराकै फिस्टेल हस्पिटलमा र भाइ भुवनको मणिपालमा उपचार हुँदैछ । 'घरमा रहेका सबै नै घाइते भए, टाउको र ढाडमा चोट नलाग्ने कोही भएन,' जीवनका ठूलोबुबाकी छोरी पार्वतीले भनिन् ।
उक्त बसमा ६० यात्रु सवार थिए । सिंगै कास्कीकोट र सराङकोट गरी दुई गाउँका धेरै परिवार दुर्घटनामा परे । घटनापछि शुक्रबार मणिपाल शिक्षण अस्पतालमा ती दुवै गाउँभरिका मान्छे ओइरिएका थिए ।
उक्त रुटमा केही वर्षभित्रै तीन ठूला दुर्घटना भइसकेका छन् । २०६६ सालमा भएको दुर्घटनामा १३ जनाले ज्यान गुमाएका थिए । त्यसको दुई वर्षअघि पनि बस खस्दा २३ जनाको मृत्यु भएको थियो । त्यसको मुख्य कारण क्षमताभन्दा बढी यात्रु राख्नु नै हो । अहिले पनि साँघुरो र कच्ची सडकमा बसभित्र र छतभरि मान्छे टुट्दैनन् । गाउँलेलाई पनि थाहा छ– यसरी यात्रा गर्नु दुर्घटना निम्त्याउनु हो । तर, उनीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । त्यहाँबाट पोखराका लागि दैनिक जम्मा दुईवटा बस छुट्छन्, बिहान ७ र ९ बजे । बस थप्न स्थानीयले पटकपटक आग्रह गरे पनि पृथ्वीरामार्ग बस सञ्चालक समितिले मानेको छैन । 'छतसम्म यात्रु भरेर ल्याउँदा जति कमाइ हुन्छ, सिटमा मात्रै राख्दा हुँदैन । त्यसैले बस थप्दैनन्,' स्थानीय कृष्ण थापा भन्छन् । शुक्रबारको दुर्घटनाको कारण पनि क्षमताभन्दा बढी यात्रु बोक्नु नै रहेको घाइतेको भनाइ छ ।