पोखरा-सराङकोट बस दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई क्षतिपूर्ति माग गर्दै कास्कीकोटका स्थानीयले शव उठाउन मानेका छैनन्। ६ जना मृतकका परिवारलाई पृथ्वीराजमार्ग बस सञ्चालक समितिले एक/एक लाखका दरले क्षतिपूर्ति दिने बताएको छ।तर ५ लाखका दरले दिनुपर्ने भन्दै आफन्तहरुले पोस्टमार्टमसमेत गर्न मानेका छैनन्। 'बाहिर हिँडिरहेकाले ठोक्दा ५ लाख दिने तर यात्रा गरिरहेकालाई एक लाखमात्रै दिने भनेकाले कुरा नमिलेको हो,' बस समितिसँग प्रशासनको रोहबरमा वार्ता गरिरहेका स्थानीय प्रेमबहादुर जिसीले नागरिकसँग भने।
कास्की प्रहरी प्रमुख एसपी हरिबहादुर पालले घाइतेको उपचारमा लाग्ने सबै खर्च बेहोर्न बस समिति तयार भइसकेको जानकारी दिए। 'मृतकका परिवारको क्षतिपूर्तिबारे कुरा नमिलेको हो,' उनले भने, 'त्यसबारे वार्ता भइरहेको छ।'
शनिबार साँझ अबेरसम्म बसेको वार्तामा निष्कर्ष निस्किएको थिएन। कास्कीकोटबाट पोखरा आउँदै गरेको ग १ ख ४८४९ नम्बरको बस सराङकोटमा शुक्रबार बिहान दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए। ६० जना घाइतेमध्ये मरणासन्न ८ जनाको काठमाडौंमा उपचार भइरहेको छ। ४० जनाभन्दा बढीको उपचार अहिले पनि मणिपाल अस्पताल पोखरामा भइरहेको छ। ३४ सिट क्षमताको बसमा ६० जनाभन्दा बढी यात्रु ओसारेको बस सराङकोट गोठादीको सडकबाट डेढ सय मिटर तल खसेको थियो।