इलाम- पूर्णरुपमा सफल भइनसकेको खुला दिसामुक्त अभियानअन्तर्गत् बिहीबार इलामलाई 'खुला दिसामुक्त' जिल्ला घोषणा गरिएको छ। राष्ट्रपति रामवरण यादवले निर्धारित भ्रमण रद्द गरेपछि सीमित मानिस उपस्थित समारोहमा शहरी विकास मन्त्री नारायण खड्काले इलामलाई 'खुला दिसामुक्त' घोषणा गरेका हुन्।झण्डै तीन करोड रुपैयाँ खर्चेर ४३ हजार ६ सय १५ वटा नयाँ शौचालय बनाइएको र जिल्लाका सबै घरधुरी अर्थात् ६३ हजार ६ सय ४९ मै मापदण्डयुक्त शौचालय बनिसकेको घोषणा गर्दै इलामलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो। अभियानअघि २० हजार ६ सय ८१ घरमा मात्र शौचालय थिए।

राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने गरी तय भएको लागि छुट्याइएको झण्डै २८ लाख रुपैयाँ खर्चेर घोषणा सभा गरिएको हो। राष्ट्रपतिले अन्तिम चरणमा भ्रमण रद्द गरे पनि खर्चको भार नघटेको र थुप्रै कुरा संसोधन गर्नुपर्दा राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग भएको जिल्लावासीको गुनासो छ।

कतिसम्म भने युनिसेफले सघाएको यो अभियान 'सफल भएको' घोषणा गर्न आयोजित सभामा सात संस्थागत र दुई सामुदायिक विद्यालयका सयौं विद्यार्थीलाई घण्टौं सहभागी गराइयो। र्या लीमा हिँडाएर टुँडिखेल पुर्याइएका विद्यार्थी अरुचिपूर्वक अधुरो अभियानका साक्षी हुन बाध्य बनाइए।

राष्ट्रिय सरसफाइ समन्वय समितिका तर्फबाट इलामलाई 'खुला दिसामुक्त' गरिएको प्रमाण-पत्र मन्त्री खड्काले स्थानीय विकास अधिकारी मदन कोइरालालाई दिएका थिए। आसन ग्रहणक्रममा राजनीतिक दलका नेतालाई कम महत्व दिइएपछि कार्यक्रम केहीबेर अवरुद्ध हुनपुगेको थियो।

'शौचालय बनाएको घोषणा गर्न विद्यार्थीको दुरुपयोग गरेर यस्तो तामझाम गर्नुपर्ने थिएन' बहुसंख्यक इलामवासीको प्रतिक्रिया छ, 'शक्तिको पूजा गर्दै राष्ट्रिय ढुकुटी नरित्याइ सामान्य किसिमले समारोह सिध्याउन सकिन्थ्यो।'

बने पनि प्रयोगमा नआएका झण्डै २० प्रतिशत शौचालयबारे खासै चर्चा गरिएन। लेप्चा, योल्मु, राई, लिम्बु, नेवार, सुनुवार आदि जातिको झाँकीसमेत प्रदर्शन गरिएको घोषणा सभामा जनसाधारणको उपस्थिति भने एकदमै न्यून थियो। जिविसले गाउँ गाउँमा सवारी साधन व्यवस्था गरेपनि समारोहमा नगन्यमात्रै सहभागिता थियो।