पोखरा-अदालतमा तपाईंको मुद्दा छ? मुद्दामा पेसी कहिले पर्छ होला भन्ने थाहा पाउन अब तपाईं अदालतै धाउनुपर्दैन। पेसीको जानकारी तपाईंको मोबाइलमै आउँछ, मात्र तपाईंले आफ्नो मोबाइल नम्बर अदालतमा टिपाए पुग्छ। आफ्नो मुद्दाको फैसला आज वा भोलि कहिले हुँदैछ भन्ने थाहा पाउन पनि मोबाइलकै सन्देशमा भर पर्न सकिन्छ।त्यति मात्र होइन, सर्वोच्च अदालतमा मुद्दा परेपछि तारिख धाउन कुनै गाउँठाउँ वा मोफसलका सहरबाट कुम्लोकुटुरो बोकेर राजधानी पुग्नुपर्दैन। अदालतले जुनसुकै अदालतमा तारिख भए पनि देशको जुनसुकै अदालतबाट तारिख दिन मिल्ने सुविधा सुरु गरेको छ। सर्वाेच्च अदालतमा पुसदेखि सुरु यो सेवा फागुन दोस्रो साताबाट देशव्यापी भएको हो।
मुद्दा परिसकेपछि त्यसका प्रतिवादीलाई म्याद तामेलीका पुनरावेदन र सर्वाेच्चले मातहतका अदालतलाई लेख्ने पत्र हुलाकबाट पठाउने परम्पराको पनि अदालतले अन्त गरिसकेको छ। जिल्लादेखि सर्वाेच्चसम्मको पत्राचार सफ्टवेयरबाट हुन थालिसकेको जानकारी सर्वाेच्च अदालतको सूचना प्रविधि महाशाखा प्रमुख चाणकमणि अर्यालले दिए। सर्वाेच्चले पाँचौं पञ्चवर्षीय योजनामा सूचना प्रविधिलाई प्राथमिकतासाथ समावेश गरेको थियो।
सूचना प्रविधि र अनलाइनलाई यो फागुन दोस्रो साताबाट अनिवार्य रुपमा लागु गर्न थालिएपछि गण्डकी अञ्चलभरिका जिल्ला अदालत र पुनरावेदन पोखराका कर्मचारीलाई तालिम दिइसकिएको छ। शुक्रबार उनीहरुलाई अर्यालले तालिम दिएका थिए। ‘अब एक क्लिकका भरमा पत्राचार हुन्छ,' अर्यालले भने, ‘चिठी पुर्या उन हुलाकले ढिला गर्योए भन्ने दिन गए।' अनलाइन सेवा सुरु हुनुअघि कुनै मुद्दाको पक्षविपक्षको नाममा म्याद पठाउँदा महिनौं लाग्दै आएको छ। पत्र पुर्यारउनै महिनौं लाग्दा मुद्दा सुरु हुनै वर्ष दिन लाग्ने र न्याय पाउन जीवनै गुज्रनेसम्मको उदाहरण देखिन थालेपछि अदालतलाई अनलाइन प्रविधिमा लैजान सुरु गरिएको हो।
‘सर्वोच्चले जुम्ला, हुम्ला वा भक्तपुर जहाँ पत्र पठाउँदा पनि सेकेन्डभरमा जान थालेको छ,' अर्यालले अनलाइन सेवा सुरु गरेपछिका फाइदा बताउँदै भने, ‘तारिख लिन जहाँबाट पनि सकिने भएपछि सर्वसाधारणको पैसा खर्च पनि नहुने भएको छ।' एसएमएसबाट रिट, मुद्दा वा निवेदनको दर्ता नम्बर र मिति थाहा पाउन, त्यसको पेसी मिति बुझ्न र पेसीमा चढेको मुद्दाको स्थिति थाहा पाउन ३०३०३ मा म्यासेज गर्न सकिने जानकारी अर्यालले दिए।
जाउन–आउनको समय र खर्चको कटौती मात्रै नभई न्यायिक प्रक्रियामा हुने ढिलाइको अन्त्य गर्न सूचना प्रविधिले सघाउने पुनरावेदन अदालत पोखराका रजिस्टार देवेन्द्र ढकालले बताए। ‘१८ महिना वा एक वर्षभित्रै मुद्दा किराना लगाउन सकिने गरी सूचना प्रविधि प्रयोगमा ल्याइँदैछ,' उनले भने।
अनलाइन प्रविधिमा जानकै लागि अदालतका सबै कर्मचारीलाई पुग्ने कम्प्युटर व्यवस्था गर्न लागिएको जानकारी पनि अर्यालले दिए। ‘देशभरका अदालतमा ३५ सय कर्मचारी छन्,' उनले भने, ‘अहिले हामीसँग १७ सय कम्प्युटर छन्, अरु ४ सयवटा छिट्टै थप्दैछौं।' केही महिनाभित्र नै सर्वोच्च अदालतले मोबाइल एप्स तयार गर्ने उनले बताए। ‘कजलिस्ट, मुद्दाको अवस्था, पेसी मिति, तारेख मिति त्यही एप्सबाट हेर्न सकिन्छ,' उनले भने।