इलाम-सभा हुन् या समारोह, शक्तिमा आसिन उच्चपदस्थ व्यक्तिलाई प्रमुख अतिथि बनाउने परम्परागत प्रवृत्ति देशभर कायम छ। यसले राष्ट्रिय ढुकुटीको दुरुपयोग त बढाएको छ नै, स्थानीय आयोजकको समय र मेहेनत पनि उत्तिकै खेर जाने गरेको छ। सानातिना समारोहमा समेत उच्चपदस्थ व्यक्तिलाई मञ्चमा राख्ने पट्यारलाग्दो होडले लोकतन्त्रको गरिमामै प्रश्न चिन्हसमेत उठाएको छ।
इलाममा बिहीबारलाई निर्धारित ‘खुला दिसामुक्त जिल्ला' घोषणा कार्यक्रम राष्ट्रपति रामवरण यादवले अन्तिम चरणमा रद्द गरेपछि आयोजक अप्ठेरोमा छन्। जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले एक महिनासम्म गरेको मेहेनत राष्ट्रपति नआउने भएपछि खेर त गएको छ नै, त्यसका निम्ति गरिएको खर्चिलो तामझाम र भड्किलो तयारी पनि अर्थहीन सावित भएको छ।
विभिन्न स्थलमा निर्मित दुई दर्जन द्वारमा राष्ट्रपतिलाई स्वागत गरिएका व्यानर टाँगिइसकेका छन्। जिल्लास्थित सरकारी कार्यालय, विभिन्न संघ संस्था र ४३ गाविसमै यस्ता व्यानर देखिन्छन्। समिति सदस्य, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख पदम कुवँरका अनुसार त्यस्ता व्यानरमा मात्रै दुई लाख ५० हजार रुपैयाँ खर्च भएको थियो, जुन अब कसैगरी फेर्न सकिँदैन।
यति मात्रै होइन, राष्ट्रपति यादवको नाम राखेर सयौं निमन्त्रणा पत्र, ब्रोसर, फ्लेक्स, मायाको चिनो, ब्याच, प्रशंसापत्र र प्रमाणपत्रहरु पनि बनिसकेका छन्। त्यस्ता सामग्रीमा झण्डै तीन लाख रुपैयाँ खर्च भएको जनाउँदै कुवँरले भनेका छन्, ‘अन्तिम चरणमा राष्ट्रपति नआउने भएपछि ती सबै तयारी अर्थहीन भएका छन्, हतारमा त्यस्तै सामग्री बनाउनुपर्ने बाध्यताले अरु खर्च बढ्नसक्ने स्थिति छ।'
घोषणा सभाबारे स्थानीय सञ्चारमाध्यममा प्रकाशन र प्रशारण गरिएको सूचना बापत लगभग ७० हजार रुपैयाँ खर्च हुनेछ। त्यसमा पनि राष्ट्रपतिकै नाम उल्लेख गरेर जिल्लावासीलाई बोलाइएको थियो। यस्तै, राष्ट्रपतिको आउजाउ र खानपिनमा थप तीन लाख रुपैयाँ खर्च छुट्याइएको थियो। टुँडिखेलमा निर्माण भइरहेको मञ्चकै लागि डेढ लाख रुपैयाँ छुट्याएर खर्च भइरहेको छ।
समारोहमा सहभागी हुनेलाई ह्याट (टोपी) निर्माणमा एक लाख बीस हजार, साउण्ड सिस्टममा एक लाख, खानामा डेढ लाख, झाँकीमा एक लाख २० हजार, एअरपोर्टबाट अतिथि ओसार्न एक लाख ५० हजार, एअरपोर्टसम्म आउन जान साढे तीन लाख, सञ्चारमाध्यमको प्रत्यक्ष प्रशारणमा दुई लाखसमेत गरि घोषणा सभामा २७ लाख ८८ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान थियो।
पूर्ण सफल नभइसके पनि अभियानअन्तर्गत इलामलाई ‘खुला दिसामुक्त' घोषणा गर्न राष्ट्रप्रमुखलाई ल्याउने योजना रद्द हुँदा खर्च, समय र आयोजकको मेहेनत बालुवामा पानी भएको हो। दलका स्थानीय नेता र सरोकारवालाले समारोहको प्रभावकारिता र महत्व पहिचान गर्न नसकि हतारमा शक्तिको पछि दौडिँदा यस्तो अवस्था आएको हो। अभियानको प्रभावकारितामा शंका गर्दै राष्ट्रपतिले सोमबार भ्रमण रद्द गरेका हुन्।
राष्ट्र प्रमुखसँगै आउने भनिएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङ पनि कार्यक्रममा सहभागी नहुने भएका छन्। राष्ट्रिय ढुकुटी अपव्यय गरी विशिष्ट व्यक्तिहरु कम महत्वका कार्यक्रममा सहभागी भएको आवाज उठेपछि उनीहरुको भ्रमण रद्द भएको हो। नेपाललाई सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने योजनाअन्तर्गत इलामलाई खुला दिसामुक्त घोषणा गर्न राष्ट्रपतिसहित थुप्रै ‘भिआइपी' आउने कार्यक्रम थियो।
करिब तीन करोड रुपैयाँ खर्चेर जिल्लाका सबै अर्थात ६३ हजार ६ सय ४९ घरमा शौचालय बनाइएको भन्दै जिविससहित सरोकारवालाले इलामलाई खुला दिसामुक्त घोषणा गर्ने तयारीमा थिए। राष्ट्रपति र सभामुखको भ्रमण रद्द भएपछि घोषणा सभा मूल समारोह समितिले शहरी विकास मन्त्री नारायण खड्कालाई प्रमुख अतिथि बनाएर सम्पन्न गर्ने नयाँ कार्यक्रम सोमबार नै तय गरिसकेको छ।
‘राष्ट्रपति र सभामुखले रद्द गरिसकेको घोषणा सभामा फेरि मन्त्रीलाई नै प्रमुख अतिथि नबनाएको भए हुन्थ्यो' एक सामाजिक अगुवाले नागरिकलाई भने, ‘अभियान जति सफल भएको छ त्यो राम्रो छ तर राम्रो कुराको प्रगति सुनाउन मन्त्री नै मञ्चमा राखिनु अनिवार्य छैन।' यसअघि इलाम नगरपालिकालाई ‘खुला दिसामुक्त' घोषणा गर्नेक्रममा पनि स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई ल्याइएको थियो।
जिल्लामा बाक्लै भइरहने यस्ता सभा समारोहमा ‘शक्तिको पूजा' रुचाउने दलका नेता र सरकारी कर्मचारी नै अग्रणी देखिन्छन्, त्यसमा उनीहरुको ‘स्वार्थ' निहित हुन्छ। कार्यक्रमको महत्व नबुझी निम्तो पाउनसाथ सहभागी हुन चाहने उच्चपदस्थ व्यक्ति पनि दोषी छन्। राष्ट्रिय ढुकुटीको अपव्यय रोक्दै आयोजकलाई बोझ नथोपर्न यस्ता सभा समारोहका अतिथि छनौटमा बुद्धि पुर्यारउनुपर्ने देखिन्छ।
किराँत धार्मिकस्थल लारुम्बामा बारम्बार भइरहने समारोहमा सभामुख नेम्वाङ हेलिकप्टर चढेर झुल्किन्छन्। त्यहाँ मंसिरमा आयोजित एक समारोहमा प्रधानमन्त्री सुसील कोइराला स्वयं उपस्थित थिए। राष्ट्रपति यादवले समेत पाइला टेकिसकेको लारुम्बा ‘शक्तिकोे पूजा'मा धेरै समय खर्चिने प्रमुख गन्तव्य बनेको बर्षौं बितिसकेको छ। भरखरै सम्पन्न फुटवल प्रतियोगितामा पनि सभामुख नेम्वाङ नै ल्याइएको थियो।
‘आफ्नो स्वार्थ पूरा गर्न उच्चपदस्थ व्यक्तिलाई समारोहमा सहभागी गराउनैपर्ने बाध्यता छैन,' कांग्रेस नेता हिमालय कर्माचार्य भन्छन्, ‘कार्यक्रमको औचित्य र महत्व ठम्याएर मात्र अतिथिमा ध्यान दिइनु राम्रो हुन्छ।' एमाले नेता महेश बस्नेत हरेक समारोहमा ‘हाइ प्रोफाइल'लाई मात्र अतिथि बनाइनु आवश्यक नहुने उल्लेख गर्दै स्थानीयतामा जोड दिँदै ज्येष्ठ नागरिक, समाजसेवी र सामाजिक अगुवाबाट काम चलाउन सुझाउँछन्।
शक्तिको पूजा गर्ने शास्त्रीय सोच नहटेकै कारण ‘लोकतन्त्रमा नयाँ राजा, महाराजाको उदय भएको' जिकिर गर्दै एमाओवादी जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा त्यो प्रवृत्ति अन्त्य नभएसम्म सामन्ती प्रथा कायम रहिरहने बताउँछन्। हरेक समारोहमा ‘भिआइपी', मन्त्री, नेतालाई अतिथि बनाउनु नपर्ने भन्दै राप्रपाका अगुवा नेता सोमनाथ बाँस्तोला खर्च र झण्झट घटाउन जिल्लामै उपलव्ध व्यक्तिमा भर पर्नुपर्ने ठहर्यामउँछन्।
छोटो समयका सभा समारोहमा समेत राजधानी र क्षेत्रबाट अतिथि बोलाउने संस्कृति सरकारी तहमा धेरै देखिन्छ। पुलपुलेसा, बाटोघाटो होस् या भवन र कार्यक्रम, त्यस्ता उद्घाटन गर्न उच्चपदस्थ व्यक्ति अनिवार्य नहुने लेखक देवी क्षेत्री दुलाल बताउँछन्। ‘नेतालाई शक्ति देखाउने र कर्मचारीलाई पुरस्कार पाउने लालसा धेरै हुन्छ,' दुलाल भन्छन्, ‘त्यस्तो सोचले शक्तिको पूजा गर्दै आफूनिकट भिआइपी निम्त्याउने प्रवृत्ति रोकिनुपर्छ।'