काठमाडौं-रामेछापका २५ वर्षीय राजन बस्नेत, उनकी श्रीमती २२ वर्षीया कविता बस्नेत र ७ महिनाकी छोरी आइतबार बिहान कोठामा नै सुतिरहेको अवस्थामा मृत फेला परे। काँडाघारी वीरेन्चोकमा रहेको शंकर खतिवडाको घरमा डेरा गरी बस्ने उनीहरु तीनै जना राति खाना खाएर सुतेका थिए। तर बिहान अबेरसम्म ढोका नखुलेपछि प्रहरीको सहायतामा ढोका खोल्दा उनीहरु ओछ्यानमै मृत अवस्थामा फेला परेका हुन्।गत माघ ११ गते ललितपुर सैबुस्थित अमित राजकर्णिकारको घरमा सुतेका दुई मलेसियाली नागरिक आना र ज्याक्लिन अचेत अवस्थामा फेला परे। उनीहरुलाई तत्काल उपचारका लागि नर्भिक अस्पताल पुर्याजइयो। तर १८ वर्षीया ज्याकलिनको उपचारका क्रममा मृत्यु भयो। उपचारपछि आनाको भने स्वास्थ्य सुधार भयो।
कोठाभित्र नै सुतिरहेको अवस्थामा गत पुस ४ गते असनस्थित ज्याठा चोकमा आमाछोराको मृत्यु भयो। कोठाभित्रै सुतिरहेकी भारतीय नागरिक ३२ वर्षीया शन्तुलता मल्लिक र उनका पाँच वर्षीय छोरा बादलको मृत्यु भएको थियो।
उपत्यकाको गोठाटार, सैबु र असनमा भएका यी छुट्टाछुट्टै परिवारको सुतिरहेको अवस्थामा मृत्यु हुनु पछाडिको एउटै कारण थियो– सुत्दा कोठाभित्र कोइला (ब्रिकेट) बाल्यै छोड्नु। जाडो छल्न कोठा तताउन ब्रिकेट बालेर सुतेका उनीहरु सबैको निस्सासिएर मृत्यु भएको हो। प्रहरीका अनुसार जाडोको समयमा उपत्यकामा मात्र नभई देशका धेरै स्थानमा यसरी ब्रिकेट बालेर सुत्दा एकदुई जना मात्र नभई पूरै परिवार सधैंका लागि सुतिरहेको घटना बाहिर आइरहेका छन्।
कोठा न्यानो बनाउन र जाडो छल्न यसरी ब्रिकेट, ग्यास हिटर, विद्युतीय हिटर र कोइला बालेर सुत्नेहरुको मृत्यु के कारण हुन्छ त?
त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. रमेशप्रसाद आचार्यका अनुसार कोठाभित्र बालिएका आगो वा हिटरले कार्बन मोनोअक्साइड निकाल्छ र अक्सिजनको अभाव पार्न थाल्छ। यस्तो अवस्थामा बन्द झ्यालढोकाभित्र आगो वा हिटर बालेर सुतेकाहरु सबैमा अक्सिजनको अभाव हुँदा थाहै नपाई निस्सासिएर मृत्यु हुने गर्दछ।
‘जाडो छल्ने क्रममा सामान्य हेलचक्राइ गर्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ,' उनले भने, ‘बन्द कोठाभित्र ब्रिकेट बाल्दा निस्कने विषालु ग्यास श्वासप्रश्वासको क्रममा शरीरभित्र पुगेर रगतमा मिसिन्छ अक्सिजनले गर्ने कार्यमा अवरोध सृजना गर्छ। जसले गर्दा शरीरलाई बिस्तारै हानी गर्दै मृत्यु हुन्छ।' उनका अनुसार रगतमा ३० प्रतिशत कार्बनमोनोअक्साइड पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने समस्या देखिन्छ। बिस्तारै यो स्तर ४० प्रतिशत भए बेचैनि बढ्छ। ६० प्रतिशत हु“दा मान्छेले चेतना गुमाउ“छ भने ८० मा पुग्दा मृत्यु भइसकेको हुन्छ। बन्दकोठाभित्र बसेकाहरुको मृत्यु पनि यस्तै कारण हुने गरेको उनी बताउँछन्।
चिकित्सकका अनुसार बन्द कोठाभित्र बालिने ब्रिकेट, ग्यास हिटर, विद्युतीय हिटर, दाउरा वा कोइलाले राति मात्र नभई बिहान, दिउसो जुनसुकै समय पनि असर गर्छ। त्यसकारण घरभित्र वा कोठाभित्र ब्रिकेट बाल्दा अनिवार्य रुपमा झ्यालढोका खोल्नुपर्ने चिकित्सकहरुको सुझाव छ। डा. आचार्यका अनुसार विगत वर्षका तुलनामा यसरी कोठाभित्र निस्सासिएर गम्भीर अवस्थामा अस्पताल उपचारका लागि आउनेको संख्यामा केही कम भए पनि उल्लेख्य रुपमा कमी भने आउन सकेको छैन।
नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमका अनुसार पनि जाडोको समयमा निस्सासिएर मृत्यु हुने वा बिरामी पर्नेको संख्यामा केही कमी आएको छ। तर, अहिलेको जाडोमा समेत उपत्यकाका विभिन्न स्थानमा गरी १० जनाजतिको ज्यान भने गइसकेको छ। ‘झ्यालढोका पूरै थुनेर यसरी आगो बालेर बस्नु हुँदैन भन्ने जानकारी अझै पनि आम मानिसमा पुग्न सकेको छैन,' उनले भने, ‘जसका कारण सामान्य ख्याल नगर्दा पनि धेरैले अकालमा ज्यान गुमाउन परिरहेको छ।'
डा. आचार्यका यसरी आगो बाल्दा निस्कने घातक ग्यासमा गन्ध र रङ नहुने भएकाले श्वासप्रश्वासका क्रममा कार्बन मोनोअक्साइड शरीरमा गइरहेको थाहै हुँदैन र सुतिरहेको अवस्थामा नै धेरैको मृत्यु हुने गर्छ।
वरिष्ठ फिजिसियन डा. ध्रुवप्रसाद सिंहका अनुसार कार्बन मोनोअक्साइड ग्यासले शरीरभित्र राता रक्तकोषिकामा रहने हेमोग्लोबिनलाई निष्त्रि्कय बनाउने गर्दछ। जसका कारण मानिसको मस्तिष्क लगायत अंगमा अक्सिजन आपूर्ति बन्द भएर मानिस अचेत हुन्छ र मृत्युको मुखमा पुग्छ।
‘सामान्यतया बन्दकोठाभित्र आगो ताप्नेहरुमा सुरुमा नै टाउको दुख्ने, रिंगटा लागेजस्तो हुने सामान्य लक्षण देखिइसकेको हुन्छ,' उनले भने, ‘तर मानिसले त्यस्ता लक्षणलाई बेवास्ता गरेर सुत्दा मृत्युको मुखमा पुग्नुपरेको पाइएको छ।' उनका अनुसार कार्बन मोनोअक्साइडका कारण टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, छालाको रङ रातो हुने जस्ता लक्षण देखिन थाल्छन्। दिउसो वा नसुतेको अवस्थामा यस्तो लक्षण देखिएलगत्तै खुला ठाउँमा निस्कन सके पनि धेरै राहत हुनेछ।
उनका अनुसार कोठाभित्र आगो र हिटर ताप्दा सधैं झ्याल वा भेन्टिलेटर खुला राख्ने, धुवाँलाई बाहिर जान दिने वातावरण बनाउनुपर्छ। अझ दमका बिरामी, वृद्ध, गर्भवती तथा अन्य कुनै रोगका कारण रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसको घरमा त विशेष निगरानी नै राख्नुपर्ने हुन्छ।