पोखरा-कुनै गाउँटोल पुग्ने बाटोमा अर्को ठाउँको पनि व्यक्ति हिँड्न पाउँछ, हिँड्छ। मेची—महाकालीभित्र जहाँतहींका बाटाघाटा पनि सबै नेपालीका हुन्, कुनै व्यक्तिले मेरो भन्न पाउँदैन। कानुनले यस्तै व्यवस्था गरेको छ। तर, पोखरामा खेत प्लटिङ गरेर घडेरी बेच्नेहरुले बाटो पनि आफ्नो हो भन्दै सरकारसँग बार्गेनिङ गरेको एउटा घटना भेटिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई थप जग्गा अधिग्रहण प्रक्रिया अघि बढेपछि केही जग्गा व्यवसायीले बाटोको मुआब्जा लिन प्रयास थालेका हुन्। आफूले बिक्री गरेका घडेरी सरकारले लिने भएपछि बाँकी रहने बाटो व्यवसायीले दाबी गरेको जानकारी जिल्ला प्रशासन कार्यालय स्रोतले दिएको छ। व्यवसायी सीता शर्मा, तैबहादुर गुरुङ र नर्बदी दाहालले बाटोको जग्गा आफ्नो भनी मुआब्जा पाऊँ भनी निवेदन गरेका छन्।
घडेरी जोड्ने बाटो नयाँ नक्सामा नकोरिएको र पुर्जा आफ्नै नाममा रहेको देखाएर उनीहरुले मुआब्जा दाबीसहितको निवेदन गरेका हुन्। मुआब्जामा जग्गाधनीहरुले अड्को थापिरहेका बेला व्यवसायीले बाटोको पनि दाबी गर्दै बखेडा थपेका छन्। उनीहरुले लगभग १०/१० आनाजतिको मुआब्दा दाबी गरेका हुन्। सरकारले अधिग्रहण प्रक्रिया अघि बढाएको पोखरा—१४ को जग्गामा २० देखि ४२ लाख रुपैयाँ रोपनीका दरले मुआब्जा निर्धारण गरेको छ।
पहिलै बनाएको बाटोको ठाउँमा डोजर चलाएर, बिजुलीका पोल निकालेर घडेरी वा सामान्य जग्गाजस्तो बनाउने प्रयास व्यवसायीले गरेको हुँदा कारबाही गर्न जिल्ला प्रशासनलाई अनुरोध गरिएको विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक सभासद रवीन्द्र अधिकारीले बताए। उक्त समितिको शनिबार पोखरामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) कृष्णबहादुर राउतले त्यस्ता व्यवसायीलाई मुआब्जा दिन नसकिने जानकारी दिए। उनी मुआब्जा निर्धारण समितिका संयोजक पनि हुन्।
'नगरपालिकाले पनि बाटो भनेर सिफारिस गरेको छ। घडेरी पास गर्दा बाटो देखाएर सोहीअनुसारको राजस्व मालपोतमा तिरिएको छ,' सिडिओ राउतले भने, 'लगतकट्टा हुन बाँकी रहेर व्यक्तिकै नाममा देखियो भन्दैमा बाटो होइन भन्न मिल्दैन। मुआब्जा दिन सकिन्न।'
व्यवसायीहरुले ४० रोपनी जग्गा प्लटिङ गरी मूल जग्गाधनीबाट सिधैं ग्राहकहरुलाई घडेरी बेचेर रहेको बाटो आफ्नो नाममा पास गरेका थिए। बिक्री भएर गएका घडेरी उनीहरुको नामबाट पास नभई मूलजग्गाधनीबाटै नामसारी भएका छन्। बाटो भनिएको जग्गाचाहिँ उनीहरुको नाममा छ। सोही आधारमा बाटोको जग्गाको मुआब्जा माग्दै निवेदन गरेका हुन्। प्रशासनसँगको वार्ताका क्रममा एकजना निवेदक शर्माले भने पुर्जा सरकारका नाममा सारिदिन मञ्जुरी गरिसकेको जानकारी पनि स्रोतले दिएको छ।
समितिको शनिबारको बैठकमा सरासर राज्यलाई ढाँट्ने प्रयास गर्नुलाई सार्वजनिक अपराध मान्नुपर्ने आवाज उठ्यो। त्यसरी ढाँट्ने प्रयास गर्नेलाई मुआब्जा नदिने मात्रै होइन कारबाही नै गर्नुपर्ने सहभागीहरुले बताएका थिए।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप अधिग्रहण गर्न प्रक्रिया हालै सुरु भएको थियो। सरकारले लिन लागेको ५ सय ८० रोपनीको मुआब्जा वितरण प्रक्रिया चलिरहँदा व्यवसायीहरुको बखेडा आइपरेको हो।
सरकारले जग्गाधनीहरुलाई मुआब्जा बुझ्न आउन मंसिर १५ मा आह्वान गरेको थियो। त्यसपछि अरु जग्गाधनीसँगसँगै व्यवसायीले बाटोको पनि मुआब्जा माग्दै निवेदन गरेका हुन्। अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले २०३१ सालमा पोखरा—१४, १५ र १८ को ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो।