काठमाडौं-काठमाडौं महानगरपालिकाले गरिरहेको फोहर व्यवस्थापन लेखाजोखा गर्न लागिएको छ। फोहर व्यवस्थापनमा न्यूनतम मापदण्डसमेत पूरा नगरेको भन्दै महालेखा परीक्षकको कार्यालयले सरकारलाई सुझाव दिन यस्तो अनुगमन थालेको हो।तीन महिनादेखि भइरहेको अनुगमनमा नर्वेको महालेखा परीक्षक कार्यालयका दुई प्रतिनिधिसमेत संलग्न छन्। ‘फोहरमैला व्यवस्थापन ऐन २०६८' मा फोहरमैला उत्पादन, संकलन, न्यूूनीकरण तथा निष्कासनसम्बन्धी व्यवस्थामध्ये कतिपय पूरा नभएको भन्दै अध्ययन थालिएको कार्यालयका निर्देशक गणेशप्रसाद पौडेलले बताए।
‘नर्वे संसारकै उच्च फोहर व्यवस्थापन गर्ने देश भएकाले हामीले उनीहरुको पनि सहयोग लिएका हौं,' उनले भने, ‘हामीले पनि उनीहरुका केही कुरा अपनाउन जरुरी छ।' उनका अनुसार संकलित फोहर सिधै डम्प गर्नेबाहेक केही गर्न नसकेको अवस्थामा फोहरको ठोस व्यवस्थापनका सम्भावना खोज्न कार्यालयले अध्ययन थालेको छ। ऐनले व्यवस्थापन गर्ने भनेको स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) र व्यवस्थापन गर्ने ठाउँबाहेक महानगरपालिकाले व्यवस्थापनमा केही गरेको छैन।
‘यसबाहेक महानगरपालिकाले गरेको व्यवस्थापनले सर्वसाधारणलाई गरेको असरबारे पनि हामी प्रतिवेदन बनाउँछौं,' अध्ययनमा संलग्न निर्देशक इन्द्रप्रसाद आचार्यले भने, ‘जसमा टेकुको ट्रान्सफर स्टेसन र नुवाकोटको डम्पिङ साइट वरपरका स्थानीयलाई परेको असरबारे पनि अध्ययन हुन्छ।'
यसबाहेक महानगरपालिकाको फोहर व्यवस्थापन वातावरणमैत्री भए वा नभएको पनि प्रतिवेदनले निष्कर्ष निकाल्ने उनले बताए। ‘हामीले अहिले सर्वसाधारण तथा महानगरपालिका कर्मचारीलाई फोहर व्यवस्थापनबारे प्रश्नावली सोधेका छौं,' उनले भने, ‘त्यसबाट आएअनुसार रहे वा नरहेको हामीले स्थलगत र अन्य विधिबाट समेट्छौं।'
अध्ययनबाट आएको निष्कर्षबाट समाधानका उपाय पनि प्रतिवेदनमा समावेश गर्ने उनले जानकारी दिए। सहरमा उत्पादन भएको फोहर संकलन, ढुवानी तथा अन्तिम व्यवस्थापन कार्यको मूल रुपमा अध्ययन गरिरहेको उनले जानकारी दिए। ‘हामीले दुई महिनाभित्र महालेखा कार्यालयको वार्षिक प्रतिवेदनमा यसलाई पनि समेट्नेछौं,' उनले भने, ‘अहिलेको स्थलगत अध्ययनमा महानगरपालिकाले धेरै कुरा सिक्न जरुरी देखिन्छ।'
‘परीक्षकको कार्यालयले वित्तीय सुशासन तथा आर्थिक व्यवस्थापनको लेखापरीक्षण गर्छ भन्ने सामान्य बुझाइ छ,' उनले भने, ‘यो वातावरणीय लेखापरीक्षण हो। जसमा फोहरमैला व्यवस्थापसम्बन्धी अध्ययन संलग्न हुन्छन्।' महानगरपालिका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रनिमान श्रेष्ठले सो कार्यालयको काममा सहयोग गरिरहेको बताए। ‘हामीले उहाँ (लेखापरीक्षक) हरुलाई सहयोग गरिरहेका छौं,' उनले भने, ‘हाम्रो फोहर व्यवस्थापनको कमजोरीलाई सुधार्न तयार छौं।'
महानगरपालिकाले दैनिक निस्कने फोहरलाई व्यवस्थित गर्न जैविक मल र पुनः प्रयोग गर्ने प्रक्रियालाई महानगरवासीको व्यवहारमा ल्याउन नसक्दा करोडौं रकम ढुवानीमा खर्चनुपरेको छ। महानगरपालिकाका अनुसार वार्षिक ४२ देखि ४३ करोड रुपैयाँ फोहर व्यवस्थापनका लागि खर्च हुने गर्छ । तर यस्ता कार्यक्रमलाई व्यवहारमा लागु गर्न सके ५०–६० प्रतिशत रकम जोगिन सक्ने महानगरपालिकाको अनुमान रहे पनि कार्यान्वयन हुन सकेको छैन।