काठमाडौं— पेट्रोलियम पदार्थको मूल्यमा लगातार आएको गिरावटसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि घटाएको छ। नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा एक रुपैयाँ भाडा घटेको छ। उपत्यका तथा सहरी क्षेत्रमा वैज्ञानिक भाडादारअनुसार बढीमा ७२ पैसामात्र घटेपछि सरकारले व्यवासायीसँग सहमती गरी एक रुपैयाँ घटाएको हो।काठमाडौं उपत्यकमा १० किलोमिटरसम्मको भाडादर १९ रुपैयाँ तोकिएको छ। विस्तृत विवरण टेबलमा हेर्नोस्।

यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर अनुसार नै पेट्रोलिय पदार्थको घटेको मूल्यका आधारमा नयाँ भाडादर निर्धारण गरेको हो। निर्धारित नयाँ भाडादर अनुसार उपत्यका र तराईका जिल्लामा चल्ने सार्बजनिक यातायातका बसमा २ दशमलव ३ प्रतिशत भाडा घटाइएको छ। तर घटेको प्रतिशतका आधारमा हेर्दा एक रुपैयाँ पनि भाडा नघट्ने भएपछि उपभोक्ताको मागलाई सम्बोधन गर्न एक रुपैयाँसम्म भाडा घटाइएको विभागले जनाएको छ ।
विभागका अनुसार नयाँ भाडादर अनुसार उपत्यका तथा सहरी क्षेत्रमा अबदेखि न्युनतम १३ रुपैयाँ र बढीमा २५ रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ। यस्तै विभागले पहाडी जिल्लामा चल्ने बसहरुमा ४ दशमलव ३७ प्रतिशत भाडा घटाइएको छ। मिटर जडित ट्याक्सीमा १ दशमलव ६ प्रतिशत र तराई क्षेत्रमा ढुवानी गर्ने ट्रक लगायतका सवारी साधनमा ५ दशमलव २८ प्रतिशत भाडा घटाइएको छ।