धादिङ– वेनिघाट–३ हर्कपुर स्थित हर्कपुर माविमा छलफल गर्ने भन्दै जम्मा भएको स्थानीय अभिभावकको एक समूहले कार्यालय तोडफोड गर्नुका साथै प्रधानाध्यापक र शिक्षकहरुलाई कुटपिट गरेको छ। मदिरा सेवन गरी कार्यालय कक्षमा हुलहुज्जत गर्दै प्रवेश गरेको सो समूहले विद्यालयका प्रधानाध्यापक पहलमान श्रेष्ठ, महिला शिक्षक शर्मिला त्रिपाठी र अभिभावक कृष्णनारायण श्रेष्ठ माथि हातपात गरी कार्यालयमा समेत तोडफोड गरेको हो।गत वर्ष कक्षा ९ मा पढ्ने विद्यार्थीको रजिष्ट्रेशन फारम छुटेपछि भएको सहमती कार्यान्वयन नभएको भन्दै छलफलका लागि भनेर आइतवार दिउँसो २ बजेतिर सो समूह प्रधानाध्यापकको कार्यकक्ष प्रवेश गरेको थियो। तर छलफल सुरु नै नगरी कार्यालयमा रहेका फर्निचरहरु तोडफोड गर्दै कुटपिटमा उत्रिएको प्रधानाध्यापक श्रेष्ठले बताए। यस वर्षको एसएलसी परीक्षामा सहभागी हुनका लागि २०७० असार २० गते भित्र रजिष्ट्रेशन फाराम भरिसक्नु पर्नेमा २०७० मंसिरमा मात्र कक्षा ९ सञ्चालनको अनुमति पाएपछि अघिल्लो वर्ष कक्षा ८ उत्तिर्ण गरेका १८ मध्ये १६ जना विद्यार्थीले यो वर्ष एसएलसी दिन पाएका छैनन् ।
विद्यालयको कक्षा थप गर्ने अनुमति समयमै नपाएपछि उत्पन्न समस्याका कारण १६ जना विद्यार्थीले यस बर्षको एसएलसी परीक्षा दिन नपाएको भन्दै अभिभावकहरुको नामबाट बिद्यालय प्रवेश गरेका गैरअभिभावकहरुबाट शिक्षकहरु माथि हातपात भएको बिद्यालयले जनाएको छ ।
विद्यालयले कक्षा ९ सञ्चालनको अनुमती ढिला गरी पाएपछि २०७१ असार ८ गते विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक, कक्षा १० मा अध्ययनरत विद्यार्थी र उनीहरुका अभिभावकबीच संयुक्त बैठक बसी सहमती गरेको बिषयलाई राजनैतिक दवाबमा उल्टाउन खोजेको पनि बिद्यालयले जनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार कक्षा सञ्चालनको अनुमतीमा ढिला हुँदा एसएलसीका लागि गएको बर्ष कक्षा ९ मा भर्नुपर्ने रजिष्ट्रेशन फाराम भर्न नपाएका विद्यार्थीलाई एक वर्षसम्म पढ्नका लागि लाग्ने शुल्क मिनाहा गर्दै रजिष्ट्रेशन खर्च समेत बिद्यालयले नै तिर्ने सहमती भएको थियो।
विद्यार्थीहरु सहमती बमोजिम कक्षा १० मा दोहोर्यालएर पढ्ने र कक्षा ९ को फारम भरेर सोही बिद्यालयमा पढ्दै आइरहेका छन्। दुई जना विद्यार्थी भने अन्य बिद्यालयमा गई यो बर्ष एसएलसी परीक्षामा सामेल हुने भएपछि विद्यालयमा विवाद बढ्दै गएको हो। सम्वन्धित अभिभावक र बिद्यार्थीहरु समेतको उपस्थितीमा बिद्यालयले गरेको निर्णयलाई उल्ट्याउन गैरअभिभावकहरु लागिपरेको श्रेष्ठले बताए।

विद्यालयमा तनाव भएपछि भेला भएका अभिभावक र विद्यार्थी
आइतवार पनि गैर अभिभावकहरु कार्यालय कक्षमा प्रवेश गरी प्रधानाध्यापक र शिक्षकहरु माथि हातपात गर्नुका साथै फर्निचर तोडफोडका साथै कागजपत्र च्यातेर बिद्यालयको दैनिक प्रशासन चलाउन समेत अवरोध पुर्यालएको शिक्षकहरुले बताए। आक्रमणपछि सो समुहले कार्यालयमा ताला लगाइदिएको छ।
कक्षा १० सम्मको पढाई सञ्चालन भएपनि बिद्यालयमा २ सय ७७ जना मात्र विद्यार्थी अध्ययनरत छन्। एक वर्ष अघि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष परिवर्तन भएपछि केही व्यक्तिले प्रतिशोधका आधारमा बिद्यालयविरुद्ध अर्नगल प्रचार गर्दै पटक पटक हमलाको प्रयास गर्दै आएकोमा आइतबार आफूहरुमाथि सुनियोजित रुपमा आक्रमण भएको अभिभावक कृष्णनारायण श्रेष्ठले बताए।
आक्रमणमा नवराज पाण्डे, कमल मगर, मनोज मगर लगायत संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन्। कार्यालयमै आक्रमणपछि शिक्षक र विद्यार्थी आतंकित छन्। विद्यालयमा शान्ति सुरक्षा प्रदान गरी दोषीउपर कारवाही माग गर्दै प्रअ श्रेष्ठले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।