झापा–एक जना भारतीय नागरिकको साथ लागेर पूर्वी नाका हुँदै भारत जाँदै गरेका २४ जना बालबालिकालाई प्रहरीले नेपाली भूमिमै रोकेको छ। सिन्धुपाल्चोक जिल्लाबाट लामा पढाइका लागि भन्दै भारत लगिँदै गरेका उनीहरुलाई बिहीबार काँकडभिट्टा प्रहरीले रोकेर माइती नेपालमा बुझाएको छ।‘कुनै पनि बालबालिकासँग अभिभावकको मञ्जुरी खुल्ने कागजात छैन', काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी अर्जुनप्रसाद तिमिल्सिनाले भने ‘त्यसैले शंका लागेर उद्धार गरेका हौं।' सिन्धुपाल्चोक मोताङ गाविससहित तीन गाविसका २४ जना बालबालिकाकालाई भारतको बैङ्लोरस्थित एक गुम्बामा लामा पढाउन भन्दै लगिँदै थियो। उनीहरुलाई भारतीय नागरिक ४६ वर्षीय थुप्देन तेन्जिङले लैजान लागेका थिए। उनीहरुको अभिभावकसँग बुझ्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
६ वर्षदेखि १६ वर्ष सम्मका मध्ये भोताङ गाविस–८ का विजय तामाङले गाउँमा पढ्ने चलन कम भएको र धार्मिक रुपमा चल्दै आएको संस्कार अनुसार लामा पढ्न जान लागेको बताए। प्रहरीले भने पूर्वी नाका मानव तस्करीको ट्रान्जिट बन्दै गएको कारण कडाई गरिएको जनाएको छ।