फास्ट ट्र्याक बनाउन दाता खोज्दै
११ माघ २०७१
•
५ मिनेट पाठ
फास्ट ट्र्याक बनाउन दाता खोज्दै
पोखरा-चालीस वर्षअघि लेखनाथ नगरपालिका गठन भएकै थिएन, तर बेगनास तालदेखि पृथ्वी राजमार्गको तालचोकसम्म जोड्ने सडक ६ लेनको बनाउने योजना ऊबेलै तयार भयो। सहरमा बढेको जनघनत्व र सवारी चाप थेग्न फराक सडक खाँचो परिसकेको छ। तर अत्यावश्यक भइसकेको उक्त योजना कार्यान्वयन गर्न १८ वर्षअघि गठित नगरपालिका आजसम्म पनि समर्थ बन्न सकेको छैन।आफैंले पूरा गर्न नसक्ने योजना कार्यान्वयनका लागि नगरपालिका दाताको खोजीमा छ। उक्त सडक फराक बनाउन विश्व बैंकले पैसा लगानी गर्ने कार्यक्रम पनि आएको थियो। तर बैंकका सर्त पूरा नहुँदा पैसा त्यसै फिर्ता गयो। 
विश्व बैंकले सन् २०११ मा लेखनाथसहित देशका ६ वटा नगरपालिकामा ‘सहरी शासन तथा विकास कार्यक्रम’ सुरु गरेको थियो। नगर विकास कोषमार्फत विश्व बैंकले यी नगरपालिकामा लगानीका कार्यक्रम बनाएको थियो। तर कार्यक्रम सुरु गरेको २ वर्षसम्म पनि ६ लेन सडकका लागि आवश्यक मापदण्ड लागु गर्न नसकेको भन्दै दातृसंस्थाले पैसा फिर्ता लग्यो। हालैमात्र नगरपालिकाले उक्त सडकमा मापदण्ड कार्यान्वयन गराएको छ। तर दुर्भाग्य, नगरपालिकासँग ६ लेन सडक बनाउने बजेट भने छैन। उक्त ३ किलोमिटर लामो सडक ६ लेनको बनाउन झन्डै १६ करोड रुपैयाँ खर्च लाग्ने नगरपालिकाको प्रारम्भिक अनुमान थियो। 
एक महिनाअघि नगरपालिकाले मापदण्डविपरीतका संरचनामा डोजर लगाएको थियो। त्यसयता स्थानीय आफैंले सडक मापदण्ड लाग्नसक्ने ठाउँका आफ्ना भौतिक निर्माण आफैंले भत्काएर सफा पारिरहेका छन्। 
सडक मापदण्ड कार्यान्वयन गर्न सकेकाले अब दाताको खोजीमा लागेको लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल बताउँछन्। ‘डोजर लगाएर मापदण्ड लागु गर्यौंि,' पौडेलले नागरिकसँग भने, ‘अब सडक बनाउने खर्च दिने दाताको खोजीमा छौं।' उनले ६ लेन सडक निर्माणको प्रस्तावित योजना कार्यान्वयन गर्न स्थानीय विकास र अर्थ मन्त्रालयसम्म अप्रोच गरेको बताए। नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारी मन्त्रालयहरुमार्फत दातृ निकायसम्म प्रस्ताव पुर्याकएको बताउँछन्। ‘यो सडक हाम्रो नगरपालिकाको मुख्य प्राथमिकतामा छ,' उनले भने, ‘त्यसैले महत्वपूर्ण दातृ संस्थासम्म अप्रोच गरिरहेका छौं।' 
सरकारले २०३० सालतिर मुआब्जा दिएरै सडकका लागि जग्गा लिएको अधिकारी बताउँछन्। तर पनि दह्रो स्थानीय निकाय नहुँदा सडकको मापदण्डमा पर्ने जग्गामा पनि स्थानीयले घर र अस्थायी टहरा निर्माण गरेका थिए। गएको महिना राजनीतिक दल, स्थानीय संघसंस्था र प्रशासनको समेत सहयोग लिएर नगरपालिकाले डोजर चलाएको हो। सडकको केन्द्रबाट ५० फिट दायाँबायाँ कसैले घर वा अरू भौतिक पूर्वाधार बनाउन नपाइने उक्त सडकको मापदण्ड रहेको नगरपालिकाका कानुनी अधिकृत अधिकारीले जानकारी दिए। 
उक्त सडकका लागि अर्को वर्षको बजेट खर्च गर्ने गरी २० लाख रुपैयाँ आफ्नै स्रोतबाट नगरपालिकाले छुट्याएको जानकारी अधिकारीले दिए। ‘२ सय मिटरै भए पनि हामी सडक निर्माण सुरु गर्छौं भनेर बजेट पारित गरेका हौं,' उनले भने, ‘मापदण्ड कार्यान्वयन भएका ठाउँमा ढुंगामाटो भए पनि भर्छौं।' 
लेखनाथ नगरपालिकाका अधिकांश मोटरबाटो कच्ची छन्। यो वर्ष केही सडक विश्व बैंककै आर्थिक सहयोगमा पिच हुँदैछन्। फास्ट ट्र्याकका लागि प्रस्तावित सडक पोखरा–काठमाडौं जोड्ने पृथ्वी राजमार्गसँग छोइने र पर्यटक आवातजावत गरिरहने बाटो भएकाले पनि नगरपालिकाले यसलाई नमुना बनाउन चाहेको छ।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस