पाँचथर– मुसा मार्नका लागि प्रयोग गरिने विष खाएर दुई वालक सिकिस्त भएका छन्। झोलामा राखिएको विष मिठाई सम्झेर खाँदा बालकहरुको अवस्था गम्भिर बनेको हो। युसन लकान्द्री र मिराक केरुङले विष खाएका हुन्।
विद्यालयमा अचानक विरामी भएपछि पाँचथर जिल्ला अस्पताल पुर्यासउँदा उनीहरुले मुसा मार्न प्रयोग गरेको विष खाएको खुल्न आएको हो। निरन्तर बान्ता गरेपछि आफन्तहरुले अस्पताल पुर्यावएका थिए।
देबी लकान्द्रीका तीन वर्षीय छोरा युसनले बिषको प्याकेट झोलामा रहेको केन्द्र सम्म ल्याएको र सोही प्याकेट दिउँसो दुई जनाले बाँडेर खाएको खुल्न आएको छ। युसनकी आमाले मुसा मार्नका लागि ल्याएको विष दुईजनाले मिठाई सम्झेर खाएको प्रारम्भिक अनुमान लगाइएको छ। विरामी भए लगत्तै अस्पताल पुर्या्इएका उनीहरुको यहाँ उपचार सम्भव नभएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। शिक्षिका सिता सावाँका अनुसार खाजाको समय पछि उनीहरुले बान्ता गरेका थिए। प्रहरीले केन्द्रमा प्रयोग गरिएको डस्वीनमा बिष राख्न प्रयोग हुने प्लाष्टिकको पकेट फेला पारेको बताएको छ। प्रहरी इक्पेक्टर रबिराजले मुसा मार्ने विष बालकहरुले प्रयोग गरकेा खुल्न आएको बताए।