काठमाडौं-काकाका छोराको मलामी आएका कुलेश्वरका माधव कार्कीले कल्पना पनि गरेका थिएनन्, आर्यघाट ल्याइएको शव आफैं जलाउनुपर्छ भनेर। तर मंगलबार भयो त्यस्तै। आर्यघाट सेवा केन्द्रका कर्मचारीले शव जलाउन छाडेर आन्दोलन गरेपछि कार्की जस्तै धेरै मलामीले आफ्नाको शव आफैं जलाए।कार्कीले भाइको शव बिहान ११ बजे आर्यघाट ल्याएका थिए। तर साँझ पाँच बजेसम्म पनि संस्कार सकिएको थिएन। ‘यहाँ आएपछि पो थाहा भो, कर्मचारी आन्दोलनमा छन् भनेर,' उनले नागरिकसँग भने, ‘आफन्तहरु मिलेर शव जलायौं।' घाटका कर्मचारीले सेवासुविधाको माग राखेर आन्दोलन गरेपछि मलामी शव जलाउन बाध्य भएका हुन्।
उनले शव जलाउन दाउरा लिन जाँदासमेत आन्दोलनकारीले बाधा पुर्या एको गुनासो गरे। ‘नदिए जबर्जस्ती गर्छौं भन्यौं, अन्तिममा प्रहरीलाई फोन गर्दागर्दै आन्दोलनकारीले छाडे अनि दाउरा किनेर ल्यायौं,' कार्कीले भने। उनका अनुसार दाउरा खोज्नुअघि जलाउने ठाउँ व्यवस्थापन गर्न खोज्दा घाट सेवा केन्द्र नै बन्द भयो। त्यसपछि जलाउन आवश्यक अन्य सरसामान जोड्न लागे उनीहरु। कपुर, साना दाउरा, तेल लगायत घाटका सामग्री पाइने पसल पनि आन्दोलनकारीले बन्द गरेका थिए।
‘पशुपति मन्दिरबाहिरबाट सबै कुराको जोहो गर्यौं ,' चितामा बलेका दाउरा मिलाउँदै गरेका उनले भने, ‘त्यसपछि चिता आफैं बनायौं। दाउरा काँचो रहेकाले जल्न समस्या भयो।' मंगलबार आर्यघाटको शव जलाउने नियमित प्रक्रिया बिथोलिएको थियो। सामान्यः शव घाटमा पुर्यासएपछि संस्कारका लागि निश्चित रकम तिर्नुपर्छ। जलाउने ठाउँ निर्धारण हुन्छ। र, चाहिने सबै वस्तु त्यही रकमबाट आउँछ। जलाउने व्यक्तिले पाउने पारिश्रमिक पनि त्यही एकमुष्ठ रकममा जोडिएको हुन्छ। आर्यघाट बाहेकका अधिकांश स्थानमा भने मलामीले नै शव जलाउने प्रचलन छ।
यसरी शव जलाएको उनको पहिलो पटक हो। जानी नजानी जलाउँदा बढी मात्रामा धुप खर्च भयो। सामान्यतया ३ घन्टामा जलिसक्ने शवलाई पाँच घन्टाभन्दा बढी समय लाग्यो। ‘घरबाट हिँड्दा मान्छे पाइन्छ भनेर आयौं तर यहाँ त जलाउन प्रयोग हुने दुई मुठा पराल पाउन पनि गाह्रो भयो,' उनले भने, ‘आन्दोलनका नाममा शव जलाउने ठाउँमा पनि यस्तो राजनीति चलेछ। जलाउन चाहिने सामानको पसल पनि तालै लगाएर सबै हिँडेछन्।'
अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएकी गाउँले छिमेकी महिलाको मलामी पुगेका रामबहादुर बुढाथोकीसहितको टोली साँझ पाँच बजे पनि शव जलाउन घाट कुरिरहेका थिए। दिउँसो दुई बजे शव सो स्थान पुगे पनि पालो कुर्नुपरेको उनले बताए। ‘अगाडिको जलिरहेको शव जतिखेर सकिन्छ भन्दै कुरेर बस्नुको विकल्प छैन,' रावती गाविस ४, दोलखाका उनले शव देखाउँदै भने, ‘बिहान केहीबेर जलाउनै अवरोध भएकै कारण यसरी लामो समय कुर्नुपर्योि।' घाट खाली भए पनि आफूहरुले नै जलाउने तयारीस्वरुप उनीहरु पालो कुरिरहेका थिए। काम गर्ने तरिका नपुग्दा शव जलाउँदा बढी समय लागेको र बढी खर्चिलो भएको उनीहरुको गुनासो थियो।
कीर्तिपुर अस्पतालमा आफ्नी आमाको उपचार क्रममा निधन भए पनि ३ बजे पशुपति पुगेकाले पनि आफैं जलाउने जमर्को गरेका थिए। मृतकका दुई छोराहरु पनि जलाउन सहभागी थिए। उनीहरुले सेता कपडा लगाएर शव जलाइरहेका थिए। ‘हामी दाजुभाइले नै ठूलीआमाको शव जलाउन थाल्यांै,' हात्तीगौंडाका माधवप्रसाद धितालले भने, ‘हामीले त तरिका मिलाइरहेका छौं तर कतिपयले झन् त्यत्तिको तयारी नगरी निकै झन्झटसाथ जलाएका छन्।'
औसतमा दैनिक ३० वटा शव पुग्ने पशुपति घाट क्षेत्रमा शव जलाउनेको मंगलबार रातिसम्म घुइँचो थियो। आफ्ना नौबुँदे माग पूरा नगरेको भन्दै घाट कर्मचारीले बिहान छ बजेदेखि दैनिक कार्य ठप्प पारेका थिए। घाटमा चाहिने सामग्री बेच्ने एउटा पसल हँुदैमा अर्को खोल्ने पशुपति क्षेत्र विकास कोषको अनुमति खारेज गर्नुपर्ने, शव अन्त्येष्टि गर्दा वातावरण शुल्क पुनः दुई सय रुपैयाँमा झार्नुपर्ने, घाटमा कार्यरत कर्मचारीलाई परिचयपत्र प्रदान गर्नुपर्ने, कर्मचारीको बिमा तथा क्षतिपूर्ति, उपदान, सुरक्षाको व्यवस्था गर्नुपर्ने लगायत माग कर्मचारीको छ।
‘३० वर्षदेखि मैले शव जलाउने काम गरिरहेको छु, कोषकै कर्मचारी भएर पनि घाट कर्मचारीलाई पक्षपात गर्ने काम भएको छ,' आन्दोलनको संयोजन गरिरहेका विदुर बुढाथोकीले नागरिकसँग भने, ‘घाटमै काम गर्दा जिन्दगी बित्न लागिसक्यो तर सेवासुविधा पाएनौं।'
कोषले कुनै ठोस प्रतिबद्धतामूलक सम्झौता नगरे आन्दोलन जारी रहने उनले बताए। घाट क्षेत्रमा जम्मा ६० जना कर्मचारीले काम गरिरहेको कोषले जनाएको छ। घाट क्षेत्रमा महँगो पाराले शव जलाउँदा प्रयोग हुने सामग्री बेच्दै आएको घाट सेवा पसल हुँदाहुँदै अर्को पसल ल्याउन कोषले सम्झौता गर्योे भन्दै आन्दोलन भएको थियो। मंगलबार यो पसल बन्द भएकाले शव जलाउन प्रयोग हुने ठूला दाउराबाहेकका सामग्री किन्न सर्वसाधारण अन्यत्र पुग्नुपरेको थियो।
कोषका सदस्यसचिव गोविन्द टण्डनका अनुसार सो पसलले महँगोमा सामग्री बिक्रीवितरण गरेको गुनासो आए पनि कोषले पशुपति उपभोक्ता सहकारी संस्थालाई पसल चलाउन अनुमति दिएको छ। सहकारी पसल केही दिनमा सुरु गर्ने भन्दाभन्दै मनपरी सामान बिक्री गरिरहेको पसलका कर्मचारीले घाटका कर्मचारीलाई आन्दोलनमा उकासेको टण्डनले आरोप लगाए। ‘कर्मचारीको सेवासुविधा बन्न लागेको घाट सेवा निर्देशिकामार्फत आउन लागेको छ। यसका लागि आन्दोलन जरुरी थिएन,' उनले भने, ‘त्यसैले पसलेको केही स्वर्थका कारण घाट सेवा केन्द्र आन्दोलनको बाटो बन्यो।'
पुरानो पसल पहिलेदेखि चलिरहेकाले बरु महँगी नियन्त्रण कोषले गर्नुपर्ने संयोजक बुढाथोकीले बताए। ‘महँगो भए व्यवस्थित गर्नुपर्यो । यो कोषको जिम्मेवारी हो,' उनले भने, ‘कोषले आफ्नो स्वार्थले सहकारीमार्फत पसल सञ्चालन गरेको हो।'