काठमाडौं- डेढ वर्षभन्दा बढी समयदेखि मर्मतसंहार सुरु भएको गल्फुटार–मण्डिखाटार–धुम्बाराही सडक अलपत्र परेको छ। सडक विस्तार भएपछि १५ महिनामा निर्माण सकिने भने पनि सडकमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन।केही ठाउँमा फुटपाथ निर्माण थालिए पनि अपुरो देखिन्छ। साथै, कुनै ठाउँमा फुटपाथ खाल्डाखुल्डी पारी अलपत्र पारिएको देखिन्छ। मण्डिखाटार क्षेत्रमा पुरानो पिच भत्काएर ग्राभेल छाडिएपछि सर्वसाधारण धुलोको सास्ती बेहोरिरहेका छन्।
पसलपसलमा धुलोले हैरानी छ। पैदलयात्री पनि धुलोबाट हैरानी बेहोरिरहेका छन्। गल्फुटार चोकमा पसल चलाइरहेकी कमला खड्काले धुलोले निकै झमेला भइरहेको बताइन्। 'दिनभर पसलमा बस्नुपर्छ, धुलो उडेर हैरान भइसक्यो,' उनले भनिन्, 'एक वर्षभन्दा बढी भयो बनाउने भनेको तर केही भएन्। झन् सडक बनाउन सडकमा बिछ्याएका गिटी ओरालो बाटो भएकाले भलले बगाएर लग्यो।'
पसल नजिकै ढल व्यवस्थित नहँुदा बेलाबेलामा सडकमै ढल बग्ने गरको उनले गुनासो गरिन्। पेटी पनि राम्रोसँग नबनेको उनले बताइन्। गोल्फुटारमै बसोबास गरिरहेका रामजी दाहालले पनि सडक बन्न निकै समय लागेको गुनासो गरे। 'बाटो बन्ने खबर सुनेको हो, तर कतैकतै मात्र बाटो बनाएजस्तो भएको छ,' उनले भने, 'हामीले बाटो कहिले बन्छ भनेर पत्तो पाएनौं।'
मण्डिखाटारमा किराना पसल चलाइरहेका वेदराज खतिवडाले पनि धुलोले अत्यधिक सास्ती खेप्नुपरेको बताए। 'पसलमा बस्नु भनेको धुलो खानुजस्तै भएको छ,' उनले भने, 'एकपटक भइसकेको पिच पनि विस्तारका नाममा भत्काए। न पिच गर्छन् न धुलो मार्छन्।'
१५ महिनामा सम्पन्न हुने भन्ने सुनेको भए पनि अहिलेसम्म सास्ती खेप्नुपरेको सो क्षेत्रका बासिन्दाको भनाइ छ। सडक विभागले सडक छ करोड रुपैयाभन्दा बढी लगानीमा निर्माण सुरु गरिएको जनाएको छ। काम २०७० असार २६ देखि १५ महिनामा सक्नेगरी काम सुरु भएको थियो।
विभाग अन्तर्गतको काठमाडौं उपत्यका सडक सुधार आयोजना प्रमुख प्रभातकुमार झाले बाटो एकैनासले विस्तार नगरिएकाले काम सम्पन्न गर्न गाह्रो भएको बताए। उनका अनुसार पैदल बाटोसहित ८ मिटर फराक सडकमा १/१ मिटर पैदलयात्राका लागि छुट्याइए पनि सबै ठाउँमा एकैनासले विस्तार भएको छैन। 'एक मिटर फराक फुटपाथ दुवैतर्फ निर्माण गर्नुपर्ने भए पनि कतै ४० र ६० सेन्टिमिटर चौडा गर्नुपरेको अवस्था छ,' उनले प्रष्ट पारे, 'हामीले प्राधिकरणलाई फराक पार्न आग्रह गरिरहेका छौं। तर उसले मानेको छैन।'
कतिपय ठाउँमा फुटपाथ निर्माण सकिए पनि कतिपय ठाउँमा भत्काउँदा विवाद देखिएकाले पूर्ण रुपमा एकैनास नभत्किएको उनको भनाइ छ। 'सर्वप्रथम सडक एकैनासले विस्तार भएमात्र यो काम छिटो हुन सक्छ,' उनले भने, 'यदि यसो भए पिच गर्न दुई महिनामै सकिन्छ।' उनले अहिले मौसम चिसो भएकाले पनि पिच गर्ने काम सञ्चालन हुन नसकेको बताए।
ठेक्का अवधिमा काम सम्पन्न नभए पनि यसको म्याद थप्ने काम भइरहेको उनले बताए। 'निर्माण कम्पनीले ढिलाइ गरेको होइन,' उनले भने, 'प्राधिकरणले अधुरो विस्तार गरेका कारण यस्तो ढिला भयो।' प्राधिकरण काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले केही घरधनीकै अवरोधका कारण सडक समान रुपमा विस्तार गर्न नसकिएको बताए। 'हामी विस्तार गर्दा कतिपयले नापी कार्यालय नै पुगेर नक्सा बङ्ग्याने काम नै गरेकाले अवरोध सिर्जना भयो,' उनले भने, 'अब स्थानीयहरु नै लागेर यी विस्तारमा सहयोग गरेमात्र सही रुपमा विस्तार सम्भव छ।'