काठमाडौं—अमेरिकास्थित इन्स्टिच्युट अफ आर्कालोजीले लुम्बिनीलाई सन् २०१४ को विश्वका उत्कृट दश पुरातात्विक अन्वेषणस्थलको रुपमा राखेको छ। बुद्ध जन्मिनुभन्दा पुरानो समयको संरचना भेटिनुलाई प्रमुख उपलब्धि मान्दै सो संस्थाले आफ्नो 'आर्कोलोजी' म्यागाजिनमा यस्तो सूचीमा लुम्बिनीलाई राखेको हो।इस्वी पूर्व छैटौं शताब्दीमा निर्मित संरचना भेटिनुलाई विश्वका उत्कृष्ट दश अन्वेषणसँग राखेको युनेस्को कार्यालय काठमाडौंले शुक्रबार जनाएको हो। बेलायतको दुर्हाम विश्वविद्यालयका प्रध्यापक रबिन कनिङ्घम तथा नेपालका वरिष्ट पुरातत्वविद् कोशप्रसाद आचार्यको नेतृत्वमा युनेस्कोे विश्वसम्पदा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा करिब एक वर्ष अगाडि यो तथ्य पत्ता लगाएको थियो।
मायादेवी मन्दिरको तलपट्टी उत्खनन गर्दा त्यहाँ भेटिएका संरचनाहरु बुद्धको जीवनकालसँग जोडिएको अनुसन्धानले देखाएको थियो। 'हाम्रो खोजी कार्य म्यागाजिनको १० खोजीमूलक कार्यमा पर्दा खुसी लागेको छ,' कनिङ्घमले आफ्नो विश्वविद्यालयको अनलाइनमा भनेका छन्, 'ऐतिहासिक लुम्बिनीलाई वैज्ञानिक अनुसन्धान र अन्वेषकबाट बुद्धकालिन समय भन्दा अगाडि रहेको खोजीले प्रमाणित गरेको छ। जुन बुद्धको जीवनीसँग मिल्दोजुल्दो रहेको देखाउँछ ।'
प्रध्यापक कनिङ्घमले अन्वेषणले प्राचीन बुद्ध धर्मका पुरातात्विक वस्तुहरुका बारेमा समेत वैज्ञानिक खोजिलाई सहयोग गरेको युनेस्कोले जनाएको छ। युनेस्को महानिर्देशक इरिना बोकोभाले भनेकी छन्, 'विश्वको एक पुरानो धर्म तथा धार्मिक क्षेत्र लुम्बिनीको यति महत्वपूर्ण खोजी पाउँदा युनेस्को धेरै खुसी व्यक्त गदर्छ।'
युनेस्को नेपाल प्रमुख क्रिश्चियन म्यानहार्टलेका अनुसार सन् २०१४ का लागि विश्वका १० महत्वपूण अन्वेषणहरुको सूचीमा रहनु गर्वको कुरो रहेको युनेस्कोले जनाएको छ। मायादेवी परिसरमा गरिएका उत्खनन् कार्यहरुले इश्वीपूर्व तेस्रो शताब्दीतिरका धेरै मन्दिर तथा पवित्रस्थलहरु रहेको पत्ता लागेको युनेस्कोले जनाएको हो।
अशोकको समयका इँटका मन्दिर, प्राचीन काष्ठ संरचना सहित, केन्द्रीय स्थानलाई चारैतिरबार घेरेर लगाइएका खम्बासहितका सुरक्षात्मक बार र रेलिङ (जुन ईश्वीपूर्व छैठौं शताब्दीको कार्बन हुनसक्ने अनुमान गरिएको छ) पत्ता लागेको थियो ।
करिब एक वर्ष अघि सकिएको उत्खनन् कार्य जापान सरकारको वित्तिय सहयोग तथा पुरातत्व विभाग र लुम्बिनी विकास कोषले युनेस्कोसँग सहकार्यमा भएको थियो।