अत्तरिया (कैलाली)— पूर्वपश्चिम राजमार्गअन्तर्गत आज बिहान कैलालीको चौमाला झिलमा धनगढीबाट टीकापुरतर्फ जाँदै गरेको यात्रुवाहक बसको ठक्करबाट एक बालकको ज्यान गएको छ।मृत्यु हुनेमा चौमाला–४ का गोरे पार्कीका १० वर्षीय छोरा अर्जुन पार्की रहेका छन्। सडकमा हिँडिरहेका पार्कीलाई ना४ख ५८८४ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अत्तरियास्थित पदमा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको हो।
चालक र बसलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ भने लास शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । रासस
चालक र बसलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ भने लास शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ । रासस