न्यायाधीश नियुक्ति थप अन्योलमा
२३ पौष २०७१
•
५ मिनेट पाठ
न्यायाधीश नियुक्ति थप अन्योलमा
काठमाडौं-बार, बेन्च र न्याय परिषदबीच अन्तर्द्वन्द्वका कारण लामो समयदेखि रिक्त सर्वोच्च, पुनरावेदन र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति थप अन्योलमा धकेलिएको छ।यसअघि पटक–पटक न्याय परिषद बैठक निष्कर्षहीन भएका थिए। बुधबार परिषदका एक सदस्यले पदबाट राजीनामा दिएपछि नियुक्ति प्रक्रिया नै अन्योलमा परेको छ।
न्यायाधीश नियुक्ति सर्वसम्मत गर्ने परिषद परम्परा छ। नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त परिषद सदस्य उपेन्द्रकेशरी न्यौपानेले पद छाडेकाले नियुक्ति निर्णय हुने सम्भावना तत्काललाई टरेको हो।
रिक्त सदस्य पूर्ति नभएसम्म परिषदले सर्वसम्मत निर्णय गर्न सक्ने र नियुक्ति प्रक्रियामै असन्तुष्टि राख्दै आएको बारले आफ्नो प्रतिनिधि नपठाई परिषदले निर्णय लिने सम्भावना हुँदैन। 
‘बार प्रतिनिधिबिना नियुक्ति गर्दा विरोध हुने भएकाले हाल जारी प्रक्रिया केही समयका लागि अवरुद्ध हुन्छ,' परिषदका एक सदस्यले नागरिकसँग भने, ‘सबैका प्रतिनिधिको रोहबरमा काम हँुदा त यहाँ विरोध हुन्छ भने अब कसरी नियुक्ति प्रक्रिया अघि बढ्ला र?' 
परिषदले चाँडो प्रतिनिधि पठाइदिन बारलाई पत्र लेख्ने ती सदस्यले बताए। ‘राम्रा मान्छेभन्दा हाम्रा मान्छे पठाउनेमा बारभित्र पनि विवाद हुने भएकाले तत्काल सम्भावना देखिन्न,' ती सदस्यले भने।
सर्वोच्च अदालतमा दुई स्थायी, आवश्यक संख्यामा अस्थायी र आधा दर्जन पुनरावेदन तथा जिल्ला अदालतमा न्यायाधीश पद रिक्त छ।
बारले न्यायाधीश नियुक्ति, उनीहरुविरुद्ध परेको उजुरी र विवरण संकलन गर्न भनी पुस ८ गते परिषदले जारी गरेको दसदिने सूचनामा आपत्ति प्रकट गर्दै त्यसमा सहभागी नहुन सदस्यहरुलाई निर्देशन दिइसकेको छ।
सर्वोच्च, पुनरावेदन र जिल्ला न्यायाधीशविरुद्ध परेका उजुरीमाथि पहिलो बैठकमा छलफल हुन सक्ने सम्भावना रहेको परिषदका निमित्त सचिव कृष्ण गिरीले जानकारी दिए।
परिषदले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश सिफारिस गरेको ९ महिनासम्म रिक्त पदपूर्ति गर्न सकेको छैन। 
परिषदले गत वैशाखमै सर्वोच्चमा स्थायी न्यायाधीश नियुक्तिका लागि नौ जनाको नाम सिफारिस गरेको थियो भने पुनरावेदन अदालतको मुख्य न्यायाधीशका लागि भदौ १० गते निर्णय गरेको थियो। 
मुख्य न्यायाधीश नियुक्तिअघिदेखि नै खाली रहेका र त्यसपछि थप भएको दरबन्दीमा नियुक्ति गर्न पटक–पटक बैठक बसे पनि निर्णय हुन सकेको छैन।
सर्वोच्चका लागि सिफारिसमा पुनरावेदनका न्यायाधीशको नाम मात्र परेको भन्दै बारले आपत्ति जनाएपछि परिषदले निर्णय लिन सकेको थिएन। सर्वोच्चको अस्थायी र पुनरावेदन न्यायाधीशमा कानुन व्यवसायी पृष्ठभूमिका बढी पार्ने आश्वासन प्रधान न्यायाधीशबाट पाएको भन्दै केही सदस्यले अडान लिँदा परिषद बैठक अनिर्णीत भएको थियो। 
स्थायी न्यायाधीशमा पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरु वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, तथा कामु मुख्य न्यायाधीशहरु चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेललाई सिफारिस गरेर संसदीय सुनुवाइ विशेष समितिमा पठाएको थियो। भदौ १० गते बसेको परिषद बैठकले १६ वटा पुनरावेदन अदालतमा कार्यरत न्यायाधीशलाई मुख्य न्यायाधीशको जिम्मेवारी दिएको थियो। 
करिब २० हजार मुद्दा रहेको सर्वोच्चमा दैनिक २ सय पेसी चढ्छन्। १३ जना मात्र स्थायी न्यायाधीश हुँदा धेरैजसो मुद्दा 
‘हेर्न नभ्याउने' मा राखेर स्थगित गरिन्छ।
पुनरावेदन अदालतका अवस्था पनि यस्तै छ। प्रत्येक आर्थिक वर्षमा २ वर्ष पुराना मुद्दा फर्स्योट गर्ने रणनीतिक लक्ष्य भए पनि आवश्यक न्यायाधीश नहुँदा समस्या छ।


अर्को समाचार
न्यायाधीश नियुक्ति अन्योलमा
२९ पौष २०७३
•
५ मिनेट पाठ
न्यायाधीश नियुक्ति अन्योलमा
काठमाडौं- उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न केही दिनदेखि लगातार बसेको न्यायपरिषद्को बैठक बिहीबार बिनानिष्कर्ष सकिएको छ। परिषद्ले निर्णय लिन नसकेपछि न्यायाधीश नियुक्ति अन्योलमा परेको छ।




बैठकमा परिषद्का पदाधिकारीले आआफ्ना निकटलाई न्यायाधीश सिफारिस गर्न अडान राखेपछि निर्णय हुन नसकेको स्रोतको दाबी छ।  शुक्रबारदेखि परिषद् सदस्य तथा वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्यायले अवकाश पाउँदै छन्।

रिक्त परिषद् सदस्यमा सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुली तोकिने सम्भावना छ। उनी सदस्य भएर आउन समय लाग्ने भएकाले तत्काल न्यायाधीश नियुक्तिको सम्भावना टरेको स्रोतले बतायो। पराजुली र प्रधानन्यायाधीश सुशीला कार्कीबीच सुमधुर सम्बन्ध नभएका कारण पनि उच्च अदालतको नियुक्ति प्रभावित हुने देखिन्छ। परिषद् अध्यक्ष प्रधानन्यायाधीश हुने व्यवस्था छ। 

१८ उच्च अदालतका लागि करिब ८२ जना न्यायाधीश नियुक्ति गर्ने तयारीका साथ एक सातादेखि लगातार बैठक बसिरहेको थियो। तर परिषद्का सबै सदस्यले आफू निकटका व्यक्तिलाई सिफारिस गर्न अडान लिएपछि बिहीबार दुई पटक बैठक बस्यो। तर पनि नाममा सहमति हुन सकेन। 

गत शुक्रबारबाट निरन्तर बसेको परिषद् बैठकले बिहीबार न्यायाधीशमा सिफारिस हुने नाम टुंग्याउन नसकेपछि अर्को बैठक कुर्नुपर्ने भएको हो। अर्को बैठक बस्न परिषद्मा नयाँ सदस्य कुर्नुपर्ने छ। हाल परिषद् सदस्यमा  उपाध्याय, कानुनमन्त्री अजयशंकर नायक, रामप्रसाद सिटौला र पदम वैदिक छन्।

उपाध्यायले उमेर हदका कारण शुक्रबार अनिवार्य अवकाश पाउँदै छन्। उनीपछिको रोलक्रममा रहेका न्यायाधीश पराजुलीको परिषद् सदस्यमा प्रवेश नभएसम्म न्यायाधीश नियुक्ति नहुने देखिन्छ।

बैठकमा छलफल चलिरहेको र योग्य व्यक्ति छान्ने कसरत भएको दाबी परिषद्का सदस्य सिटौलाले गरे। बैठकमा पार्टी निकट कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गर्ने विषयमा सहमति नभएको स्रोतले बतायो। 'बैठक एजेन्डामै प्रवेश गरेर छलफल चलिरहेको छ', सिटौलाले भने 'अर्को बैठक कहिले बस्ने खबर छैन।'

कानुनमन्त्री नायकले बैठकमा सहमति नभएको स्वीकार्दै अर्को बैठकमा निर्णय हुनसक्ने बताए। तर अर्को बैठक कहिले बस्छ भन्नेबारे टुंगो छैन।

बैठकमा उपाध्यायले अदालतमा कार्यरतलाई न्यायाधीशमा प्राथमिकता दिनुपर्ने तर्क राखेका थिए। अध्यक्ष कार्की योग्य व्यक्ति र सिनियर हुनुपर्ने अडानमा छिन्।

परिषद्ले न्यायाधीशमा नियुक्तिका लागि कात्तिक तेस्रो साता व्यक्तिगत विवरण आह्वान गरी छनोट प्रक्रिया थालेको  थियो। आठ सयजनाले परिषद्मा व्यक्तिगत विवरण बुझाएका छन्।

परिषद् स्रोतका अनुसार अध्यक्षसहित ५ जना सदस्यको भागमा कम्तीमा ६ जना न्यायाधीशको कोटा छुट्याइएको छ। यस हिसाबले ३० जना न्यायाधीश न्याय सेवाबाहिर अर्थात कानुन व्यवसायीबाट ल्याउने तयारी थियो। बाँकी ५२ जना न्यायाधीश भने सर्वोच्च अदालतका रजिष्ट्रार, सहरजिष्ट्रार, महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालयका सचिव, सहसचिवबाट चयन गर्ने परिषदको भित्री तयारी थियो। 

अधिकृत समाजले माग्यो ७० प्रतिशत 

न्यायापालिका अधिकृत समाजले उच्च अदालतमा ७० प्रतिशत न्यायाधीश कार्यरत वरिष्ठ कर्मचारीबाट बनाउनुपर्ने माग गरेको छ। समाजले परिषद्मा ज्ञापनपत्र बुझाएर यस्तो माग गरेको हो। अदालतमा कार्यरत योग्यलाई पन्छाएर जुनियर कानुन व्यवसायीलाई न्यायाधीश बनाउनु नहुने माग समाजले गरेको छ। नेपाल बार एसोसिएसनले उच्च अदालतमा आधाजति न्यायाधीश आफ्नो सिफारिसमा हुनुपर्ने माग गर्दै आएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस