काठमाडौं-सर्वोच्च अदालतमा लामो समयदेखि रिक्त स्थायी र अस्थायी न्यायाधीश नियुक्तिबारे अन्योल बढ्दै गएको छ। संविधानसभा निर्वाचनपछिको व्यवस्थापिका संसद र त्यसले निर्वाचित गरेको सरकार गठनपछि मात्र नियुक्तिप्रक्रिया अघि बढाउने कि तत्काल गर्ने भन्ने विषयमा न्यायपरिषदका सदस्यहरूबीच मतैक्य हुन नसक्दा अन्योल बढेको हो।
परिषद स्रोतका अनुसार अहिले नियुक्ति गर्दा संसदीय सुनुवाइको बाटो छलेको देखिने भन्दै परिषद अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश दामोदर शर्मा तत्कालै न्यायाधीश नियुक्ति नगर्ने पक्षमा छन्। यता, परिषदका सदस्यहरु भने तत्काल नियुक्तिको लबिङ गर्दैछन्। कामु प्रधान न्यायाधीश शर्मा र परिषद सदस्यहरूबीच फरक–फरक धारणा आएका कारण पनि तत्कालै नियुक्ति गर्ने वा पछि गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन।
परिषदका कार्यबाहक सचिव कृष्ण गिरीले नियुक्तिका विषयमा परिषदमा अहिले छलफल नै नभएको दाबी गरे। परिषदमा छलफल नै नभएकाले नियुक्ति कहिले हुने भन्ने अन्योल कायमै रहेको गिरीको भनाइ छ।
प्रधानन्यायाधीश अध्यक्षतामा रहेको पाँच सदस्यीय न्यायपरिषदले न्यायाधीश नियुक्तिका लागि निर्णय गर्छ। परिषदले यसअघि गत चैत २९ गते सर्वोच्चमा अस्थायी रही अवकाश पाएका न्याायाधीशहरुलाई एक वर्षका लागि सोही पदमा नियुक्त गरेको थियो। अस्थायी न्यायाधीशको रुपमा काम गरी अवकाश पाएका प्रकाश वस्ती, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट र डा. भरतबहादुर कार्कीको पदावधि थप गर्ने निर्णय परिषदले गरेको थियो। २०६५ सालमा दुई वर्षका लागि अस्थायी न्यायाधीशमा सिफारिस भएका उनीहरु पछि २०६७ सालमा थप दुई वर्ष पदावधि थप हुँदै गत माघमा सर्वोच्चबाट अवकाश पाएका थिए।
त्यो नियुक्तिको आठ महिना बितिसक्दा पनि परिषदले स्थायी न्यायाधीश नियुक्तको निर्णय लिन सकेको छैन।
अन्तरिम संविधानमा स्थायी न्यायाधीश नियुक्त गर्ने प्रावधान हुदाँहँुदै अस्थायीमा नियुक्त गरी परिषदले तत्कालीन समस्या समाधान गरेको थियो। त्यसयता पटक–पटक परिषदको बैठक भए पनि विवादका कारण नियुक्तिको सिफारिस गर्न सकेको छैन।
सर्वोच्चमा स्थायी १५ र अस्थायी नौ न्यायाधीश दरबन्दी छ। न्यायाधीश संख्या कम हुँदा मुद्दा सुनुवाइ प्रभावित हुँदै आएको छ।
सर्वोच्चका एक कर्मचारीका अनुसार करिब १६ हजार मुद्दा रहेको सर्वोच्चमा दैनिक ४ वटा मात्रै इजलास बस्छ। 'त्यसमा करिब २ सय मुद्दा पेशीमा चढ्ने गरेका छन्, तीमध्ये १० वटाको मात्रै मुश्किलले सुनुवाइ हुने गरेको छ,' सर्वोच्चका ती कर्मचारीले भने, 'अधिकांश मुद्दा हेर्न नभ्याइने र स्थगित हुने गरेका छन्।' यस हिसाबले सर्वाेच्चले दैनिक पेसीमा चढेका मध्ये पाँच प्रतिशत मुद्दाको मात्रै सुनुवाइ गर्ने गरेको देखिन्छ।
सर्वोच्चमा अहिले कायममुकायम प्रधानन्यायाधीश शर्मासहित स्थायी र अस्थायी ५/५ न्यायाधीश छन्।