दरबन्दी धेरै, नतिजा खस्कँदो
२१ पौष २०७१
•
५ मिनेट पाठ
दरबन्दी धेरै, नतिजा खस्कँदो
इलाम- दरबन्दीका शिक्षकशिक्षिका धेरै भएका विद्यालयकै एसएलसी नतिजा खस्कँदो पाइएको छ। इलामका ८६ सामुदायिक विद्यालयमध्ये दरबन्दीका शिक्षकशिक्षिका धेरै भएका विद्यालयको एसएलसी नतिजाले यस्तो देखाएको हो। तिनका तुलनामा दरबन्दी शिक्षकशिक्षिका थोरै रहेका विद्यालयको नतिजा सन्तोषजनक छ।
जिल्लाकै पुरानो र धेरै दरबन्दी रहेको सदरमुकामस्थित आदर्श उच्च माविबाट गत वर्ष एसएलसीमा २६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भए भने एउटा मात्रै दरबन्दी रहेको इरौंटारस्थित बहुवन माविबाट ६६ प्रतिशत विद्यार्थीले सुखद नतिजा ल्याए। २०७० सालको एसएलसीमा राष्ट्रिय उत्तीर्ण दर ४३.९२ प्रतिशत र जिल्लाको उत्तीर्ण दर २३.९८ प्रतिशत मात्रै रहेको अवस्थामा यस्तो तथ्य बाहिर आएको हो।

'नतिजा खस्किने कारण दरबन्दीका शिक्षकशिक्षिका कम हुनु भनिए पनि इलामका कतिपय विद्यालयमा त्यो सान्दर्भिक देखिएको छैन,' जिल्ला शिक्षा अधिकारी टंक गौतमले भने, 'निजी स्रोतबाट दुःखले चलाइएका विद्यालयको नतिजा पनि सन्तोषजनक छ, जहा" दरबन्दीका जनशक्ति थोरै छन्।' पढाइमा मन लगाउने विद्यार्थी र उनीहरूलाई बुझाउन सक्ने शिक्षकशिक्षिका भए दरबन्दीले फरक नपर्ने गौतमको विश्वास छ।

दरबन्दीका छ शिक्षकशिक्षिका कार्यरत आमचोकस्थित सिंहदेवी माविको नतिजा दुई वर्षदेखि शून्य रह"दै आएको उल्लेख गर्दै जिशिअ गौतमले पा"च मात्रै दरबन्दी रहेको कोल्वुङस्थित शान्तिनिकेतन माविले भने ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको सुनाए। कुल विद्यार्थीमध्ये १५ प्रतिशतभन्दा कम नतिजा ल्याउने इलामका ३९ विद्यालयमा चार/चार जना दरबन्दीका शिक्षक रहेको उनले बताए।

एसएलसीमा खस्कि"दो नतिजाबारे अनेरास्ववियुले गरेको अध्ययनमा भने थुप्रै कारण औंल्याइएको छ। 'सामुदायिक विद्यालयमा देखिएका चुनौती र समाधानमा सरोकारवालाको भूमिका' विषयक अन्तरक्रियामा अनेरास्ववियु जिल्ला अध्यक्ष रवीन्द्र सुवेदीले एसएलसीमा लगातार तीनपल्ट शून्य नतिजा ल्याउने लक्ष्मीपुरस्थित कृष्ण माविका 'प्रधानाध्यापकको योग्यता एसएलसी मात्रै भएको र शिक्षकहरू नियमित विद्यालय नआउने अभिभावकको गुनासो रहेको' बताए। 'पढाइको पृष्ठभूमि राम्रो नभएको, विषयगत शिक्षकको अभाव रहेको, विद्यालय निरीक्षक अनुगमनमा नजानु नतिजा खस्किने कारण हुन्,' उनले भने।

बा"झोस्थित विद्या सिर्जना माविले पनि एसएलसीमा लगातार तीन वर्ष विद्यार्थी उत्तीर्ण गराउन सकेको छैन। त्यहा" 'शिक्षकको हेलचेक््रयाइँ रहेको, अभिभावकले छोराछोरीको पढाइमा चासो नराखेको र सरोकारवालाबीच समन्वय हुन नसकेको' अन्तरक्रियामा जानकारी गराइयो। त्यस्तै, दुईपल्ट शून्य नतिजा ल्याउने फुए"तप्पाको विष्णु, इभाङको जीवनज्योति र साकफाराको राष्ट्रप्रेमी माविमा 'शिक्षा कार्यालयले अनुगमन नगरेको, शिक्षकहरु कक्षाभन्दा खेल्नमा व्यस्त रहेको, अभिभावकमा शिक्षाप्रति चेतना जागृत नभएको र मोबाइल फोनले पढाइमा बाधा पुर्यािएको' उल्लेख छ।

उत्तीर्ण हुनेमा छात्राभन्दा छात्र धेरै रहेको पनि कार्यक्रम बताइयो।

पूर्वसांसद मैयाँदेवी श्रेष्ठले भरतपुर नगरपालिकास्थित पुर्ख्यौली घरजग्गा ट्रस्टमा राखी समाजसेवामा खर्चने घोषणा गरेकी छन्।



अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस