झापा- सरकारी लापरबाहीले झापाका एक दर्जन सडक मर्मत र स्तरोन्नतिको काम अलपत्र परेको छ। वर्षदिनभित्र गरिसक्ने लक्ष्यसहित सुरु भएको काम निर्धारित समयसम्म आधा पनि नसकिँदा सहयोग रकम नै गुम्ने खतरा बढेको छ।बेलायती सहयोग नियोग डिएफआइडीको सहयोगमा एक वर्षअघि झापाका ११ वटा सडक मर्मत तथा स्तरोन्नतिको काम सुरु भएको थियो। ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत सञ्चालित ती योजना एक वर्षभित्र सम्पन्न गर्नुपर्ने थियो। सन् २०१४ भित्रमा स्तरोन्नति गरिसक्ने लक्ष्यसहित थालिएका सडक निर्धारित मिति गुजि्रँँदा पनि अलपत्रै रहेका हुन्। अंगे्रजी नयाँ वर्ष सुरु हुँदासम्म सडकका सम्पूर्ण काम बाँकी छन्।
सन् २०१४ डिसेम्बरसम्ममा जिल्लामा झन्डै साढे पाँच करोड लागतका ११ वटा सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत ठेक्का लगाइएको थियो। ती सडकको निर्माण अझैसम्म पनि अगाडि बढ्न सकेको छैन। ११ मध्ये कुनै पनि योजना पूर्वनिर्धारित समयमा सम्पन्न हुने लक्षण नदेखिएको र यसबाट करोडौं रुपैयाँ सहयोग रकम गुम्ने खतरा बढेको कार्यक्रमका झापास्थित प्रमुख इन्जिनियर टीका मादेनले बताए। 'कन्ट्रयाक्टरले गिटी, बालुवालगायत निर्माण सामग्री अभावका कारण काम ढिला भएको जानकारी गराएका छन्,' उनले भने, 'यस्तो ढिलासुस्तीले सहयोग रकम गुम्ने खतरा बढ्छ। यो विषयलाई हामी पनि बसेर छलफल गर्छौं।'
दातृनिकायले दिएको सहयोग रकमलाई समयमै विकासमा खर्चिन सक्नुपर्नेमा आफ्नो जोड रहेको बताउँदै मादेनले त्यसका लागि निर्माण सामग्री पर्याप्त हुनुपर्ने सुझाए। 'सबैले सहयोग रकमलाई सदुपयोग गर्न चासो देखाउनुपर्छ अनि मात्रै सोचेअनुसार विकासको काम हुन सक्छ,' इन्जिनियर मादेनले भने।
यो कार्यक्रमअन्तर्गत सञ्चालन हुने योजनामध्ये सबैभन्दा लामो भद्रपुरबाट ज्यामिरगढी हुँदै शान्तिनगर जाने सडक स्तरोन्नति हुनेछ। सो सडकको लम्बाइ ३३ किलोमिटर छ। सो सडकसहित हिमाली–पाठामारी–बनियानी सडक, सैनिकमोड–गोलधाप सडक, काँकरभिट्टा– बाहुनडाँगी सडक र घैलाडुब्बा–लक्ष्मीपुर–राजगढ सडकको काम एउटै निर्माण कम्पनीले जिम्मा लिएको छ। त्यस्तै धरमपुर–पाँचगाछी सडक र केर्खा–क्याम्पा सडक अर्को निर्माण कम्पनीले जिम्मा लिएको जनाइएको छ।'
जिविस झापाका अनुसार सो कार्यक्रमअन्तर्गत जुरोपानी–कोहबरा, महारानीझोडा–गौरादह, शनिश्चरे–खुदुनाबारी, शिवगञ्ज–दुधे जोड्नेलगायत सडकको पनि स्तरोन्नति गर्ने योजना छ। त्यसैगरी दूधे–लारुम्बाको आंशिक खण्डमा पनि सडक स्तरोन्नतिको काम गर्ने योजना थियो। तीमध्ये अत्यावश्यक र सबैभन्दा धेरै जोखिमका सडकलाई उच्च प्राथमिकताका साथ पहिलो चरणमा राखिएको छ। जिल्ला विकास समिति झापाको विकास योजनाअन्तर्गत समावेश गरेर सञ्चालन गर्न लागिएको ती योजनाबाट जिल्लाका विभिन्न गाविसमा पर्ने १७ सडकको २ सय ३० किलोमिटर खण्ड स्तरोन्नति हुने अपेक्षा छ।
कार्यक्रमअनुसार कतिपय सडकमा नयाँ कालोपत्रे गरिनेछ भने कतिपय अधुरो र भत्किएको कालोपत्रे, ग्राभेलिङ र कच्ची सडक पनि स्तरोन्नति हुनेछ। 'छनोटमा परेका सबै सडक कालोपत्रे नै गरिन्छ भन्ने होइन, पूर्णरूपले कच्ची सडकमा ग्राभेलिङ र पहिले ग्राभेलिङ भएका सडकमा मर्मत तथा गुणस्तर वृद्धि गर्ने योजना पनि छ,' उनले भने।
झापामा करिब दुई वर्षअघिसम्म सञ्चालन भएको ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी आयोजनाबाट पनि ६० किलोमिटर कृषि सडक कालोपत्रे भएको छ। तर, नियमनकारी निकाय तथा सम्बन्धित परियोजनाका प्रतिनिधि एवं प्रमुखबाट पर्याप्त निगरानी नगरिँदा सो कालोपत्रे गुणस्तरीय हुन सकेको छैन। जसका कारण कालोपत्रे गरिएका सडक ठाउँठाउँमा छोटो समयमै भत्किएर खाल्डा परेका छन्। यसले उपभोक्तालाई दातृनिकायको सहयोग सदुपयोग हुन नसकेको महसुस भएको महाभारा गाविसका पूर्वअध्यक्ष विजयकुमार अग्रवाल बताउँछन्।