काठमाडौं- मदिरामा लठि्ठएर बेसुरमा तीव्र रफ्तारमा कार चलाउँदा एक महिलाको ज्यान लिएको आरोपमा पक्राउ परेका २५ वर्षीय आदित्य अग्रवाललाई प्रहरीले १० वर्ष कैदसजाय माग गर्दै मुद्दा दायर गर्ने तयारी गरेको छ।मंगलबार बिहान सवा १ बजे कार दुर्घटना हुँदा चालक अग्रवाल मदिरामा लठि्ठएको अवस्थामा फेला परेपछि प्रहरीले प्रहरी ऐनको दफा १६१ उपदफा २ अनुसार लापरबाहीपूर्वक सवारी चलाएको भन्दै बढीमा १० वर्षसम्म जेल सजाय माग्दै मुद्दा दायर गर्न लागेको हो।
अग्रवाल महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्।
प्रहरीका प्रारम्भिक अनुसन्धानअनुसार अग्रवालले मदिराको नसामा सवारी १ सय किमि प्रतिघन्टाभन्दा बढी रफ्तारमा चलाएको पाइएको छ। अग्रवालले मदिरा पिएर सवारी हाँकेको कुरा थिमीस्थित कोरिया–नेपाल मैत्री अस्पतालको स्वास्थ्य परीक्षणले समेत पुष्टि गरिसकेको छ।
चालकले प्रहरीसँग बयानमा मदिरासेवन गरेको स्विकारेका छन्।
अग्रवालले बेसुरमा चलाएको बा९च ६५६४ नम्बरको कारले बा१७प १९४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ४० वर्षीया देवकी थापाको मृत्यु भएको थियो। मोटरसाइकल चालक उनका श्रीमान ४५ वर्षीय जीवन थापा घाइते भएका थिए। ठक्कर दिएलगत्तै पुलनजिकैको प्रहरी पोस्टमा कार्यरत प्रहरीको सहयोगमा दुवै जनालाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पठाइएको थियो। कार र मोटरसाइकल भक्तपुरबाट कोटेश्वरतर्फ आइरहेका थिए।
प्रहरीका अनुसार दुर्घटनाको समयमा अग्रवालले चलाएको कारको गति सय किलोमिटर प्रतिघन्टाभन्दा बढी थियो। कारले मनोहरापुल पारि ठक्कर दिएपछि मोटरसाइकल उछिट्टिएर ४५ फिटभन्दा पर पुगेको थियो। ठक्करका कारण कार भने झन्डै ६५ मिटर पर मनोहरा पुलको मध्यभागमा पुगेर अड्किएको प्रहरीको अनुसन्धानले देखाएको छ। मोटरसाइकल पछाडि बसेकी देवकी १३ फिट पर उछिट्टिएर अर्को लेनतर्फ पुगेकी थिइन् भने उनका श्रीमान मोटरसाइकल भएतर्फ लडेका थिए।
अस्पतालको रिपोर्ट र दुर्घटनाको स्केच र अवस्थाका आधारमा चालकलाई ऐनअनुसार कडाभन्दा कडा कारबाहीको मुद्दा बनाएर जिल्ला अदालतमा पेस गर्ने तयारी भएको परिसरका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए।
'दुर्घटना प्रकृति र फेला परेको तथ्यका आधारमा हामीले कडा सजायको मुद्दा बनाउन लागिरहेका छौं,' उनले नागरिकसँग भने, 'मदिराको नसामा लापरबाही रुपमा सवारी चलाउँदा महिलाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएकाले ऐनअनुसार बढीभन्दा बढी सजाय हुने गरी मुद्दा अदालतमा पेस गर्नेछौं।'
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४२ अनुसार सवारी चलाउ"दा चालकले मादक वा अन्य कुनै पनि प्रकारको लागुपदार्थ सेवन गर्न पाइँदैन। चालकले उक्त ऐन विपरीत मदिरा सेवन गरेर चलाउ"दा दुर्घटना भएमा जानाजान भएको ठहरिने व्यवस्था छ। यस्तो अवस्थामा प्रहरी ऐनको दफा १६१ को उपदफा १ वा २ अनुसार मुद्दा प्रक्रिया अघि बढाउने व्यवस्था छ।
उपदफा १ मा ज्यान मार्ने मनसाय लिई दुर्घटना गराइएको वा ठक्कर दिइएको भए चालकलाई सर्वस्वसहित जन्मकैद हुन सक्ने व्यवस्था छ। दफा २ मा ज्यान मार्ने मनसाय लिई गरेको नभए पनि त्यसरी सवारी चलाउ"दा कसैको ज्यान जान सक्ने ठूलो सम्भावना छ भन्ने जानीजानी वा लापरबाही गरी चलाएको सवारी दुर्घटनामा मानिसको मृत्यु हु"दा चालकलाई २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।
अग्रवालको हकमा उपदफा २ अनुसार मुद्दा चलाउने तयारी छ।
चालक अग्रवालले यसअघि पनि पटक–पटक मदिरा सेवन गरी सवारी चलाउने गरेको पाइएको छ। मदिरा सेवन गरी सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले उनको ०६२३७२४६ नम्बरको लाइसेन्समा चारवटा प्वाल पारेको फेला परेको छ।
प्रहरीसँग बयानमा अग्रवालले दुर्घटनाको दिन ठमेलमा बसेर साथीहरुसँग मदिरा सेवन गरेको स्विकारेका छन्।
प्रहरीका अनुसार अग्रवाल र उनका अन्य दुई साथी ठमेलबाट साढे १२ बजेतिर ६ लेन सडकमा कार कुदाउने भन्दै निस्किएका थिए। सूर्यविनायकबाट फर्कंदा दुर्घटना भएको थियो।
परिसर प्रवक्ता अधिकारीका अनुसार सूर्यविनायकबाट फर्कने क्रममा गठ्ठाघर प्रहरीले तीव्र गतिमा कार हुँइकिएको देखेपछि अगाडिको चेकपोस्टमा जानकारी गराएका थिए। तर गठ्ठाघरका प्रहरीले जानकारी गराएको खबर उता पुगिनसक्दै मनहारा पुलनजिकै कारले मोटरसाइकललाई ठक्कर दिएको खबर आएको थियो।
दुर्घटनापछि कारमा रहेका अग्रवालसहित अन्य दुईजनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको थियो। जिल्ला अदालतले अग्रवाललाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरी कार्यालयलाई आदेश दिएको छ।