गुल्मी— 'अब म पनि झोलो बोकेर स्कूल आउँछु,' कक्षा तीनमा अध्ययन गर्दै गरेकी लीला बिकले निकै बालसुलभ तरिकाले भनिन्, 'तपाईहरूलाई धेरै धन्यबाद।' नयाँ झोला बोकेर अब उनी स्कूल जाने छिन्। रेसुङगा नगरपालिका भित्रैको सिमिचौरमा रहेको सरस्वती प्राथमिक बिद्यालयमा अध्ययनरत उनी गाउँमा गरिब परिवारकी बालिका हुन्। विद्यालयमा उनीजस्तै अरू २७ जना बिद्यार्थीहरू कक्षा १ देखि ३ सम्ममा अध्ययनरत छन्।राधा माधव समितिमा आबद्ध डिभाइन युथ क्लव नेपालका युवाले आफ्नो खाजा खर्च कटाएर उक्त बिद्यालयका २८ जना बालबालीकाहरूलाई झोला, कापी, कलम लगायतका शैक्षिक सामग्री प्रदान गर्दा बालबालिकाहरू निकै प्यारो बस्तु जस्तै मानेर मुसारी रहेका थिए। अविभावकहरू छोराछोरीहरूलाई गतिलो शैक्षिक सामग्री किन्न सक्नै हैसियत राख्दैनन्। सरकारी तहबाट कुनैपनि सहयोग नै भएको छैन् ।
रेसुगां नगरपालिका भित्र रहेर पनि ओझेलमा परेको यस विद्यालयमा पहिलो पटक यसरी सहयोगी युवा जमात पुगेको हो। अन्य विद्यार्थी पुस १५ मनाउन विभिन्न ठाउँ पुगिरहँदा उक्त संस्थामा रहेका स्कूले युवाहरुले भने खाजा खर्च कटाएर साना बिद्यार्थीहरूलाई सहयोग गरेका हुन्। डिभाईन युथ क्लबका सह संयोजक सुर्यमान थापाले उक्त बिद्यालयका बिद्यार्थीहरू निकै अभावमा छन् भन्ने खबर पाएपछि आफूहरू सहयोगको लागि पुगेको बताए। 'हामी आफैले पैसा उठाएर सहयोग गरेका हौँ,' उनले भने, 'बृद्धाआश्रम, मन्दिर मस्जितहरूमा पनि सहयोग गरिरहेका छौँ।' आफूहरूले खाजा खर्च कटाएर उठाएको झण्डै १३ हजार रूपैँयाले साना बालबालिकाहरूको ओँठमा खुसी छाएको उनी बताउँछन् ।
रेसुगां नगरपालिका भित्र रहेर पनि रकम अभावका कारण कापी, कलम र झोला बिना नै बिद्यार्थीहरू स्कूल जान्छनरे भन्ने थाहा पाएपछि आफूहरू सहयोगका लागि पुगेको क्लबकी सदस्य निशा श्रेष्ठले बताक्षन्। उनीहरूले बालबालिकालाई टिफिन बक्स समेत प्रदान गरेका छन्।
गाउँमा आर्थिक अवस्था राम्रो भएका अभिभावकहरूले बालबालीकालाई निजी बिद्यालयमा पठाउँछन्। २०४५ सालदेखि उक्त बिद्यालयमा जिल्ला शिक्षा कार्यालयले कुनै पनि भौतिक सहयोग गरेको छैन्। बिद्यालय निकै अप्ठ्यारो ठाउँमा छ। तर सिमिचौरका दलित समुदायलाई उक्त बिद्यालयमा बालबालिका नपठाए अन्यत्र पठाउने ठाउँ छैन्।
'अहिलेसम्म बिद्यालयमा जिल्ला शिक्षा अधिकारी त आउनुभएकै छैन्, अत्यन्तै कमजोर भौतिक अवस्था छ। धेरैलाई लाग्छ यो गरिबहरूले मात्रै पढ्ने बिद्यालय हो,' बिद्यालयकी प्रधानाध्यापक शारदा थापाले भनिन, 'स्कूल अप्ठ्यारो ठाउँमा भएकोले बिहान आएका बालबालीकालाई बेलुकी राम्ररी घर पठाउन सके खुसी हुन्छौँ।' हरेक दिन बिद्यालयन नजिकैको भीरबाट बालबालीका खस्छन् कि भन्ने चिन्ता शिक्षकहरूलाई सधै हुने गर्छ।
२०५८ साल देखि यस विद्यालयकी प्रधानाध्यापक रहदै आएकी थापाका अनुसार सदरमुकामसँग जोडिएकै विद्यालय भए पनि ०४५ सालमा गाउँलेले निर्माण गरेको भवन बाहेक जिल्ला शिक्षा कार्यालयले कुनै सहयोग गरेको छैन्। फिनिडाले बनाइदिएको शौचालय छ। २०६८ सालमा पहिरोको कारण जोखिमा परेका विद्यालयलाइ स्थानीय र नेपाली सेनाको सहयोगमा तार जाली लगाइ बचाइएको थियो।
गाउँमा गरिबहरूले मात्रै पढ्ने बिद्यालयको परिचय बनाएको उक्त बिद्यालयलाई सरकारी स्तरबाट सहयोग हुनुपर्ने प्रधानाध्यापक थापाले बताइन् । गाउँमा फी तिर्न सक्ने स्तर भएकाहरूले छोराछोरी अन्यत्रै पठाउने गरेकोले उक्त क्रम रोक्नको लागि पनि बिद्यालयलाई कतैबाट सहयोग हुनुपर्ने उनको भनाई छ । 'अरू धनी परिवारका बालबालीकाले पनि यही बिद्यालयमा पढ्ने वातावरण भए कमसेकम समावेशी त हुन्थ्यो , उनले थपिन ।