झापा-बिर्तामोड नगरपालिका–५ निवासी उनका हातखुट्टा राम्ररी चल्दैनन्। चिकित्सकले ‘सुस्त मनस्थिति' को समस्या औंल्याएका थिए। त्यसैले दिनभरि घरैमा कुँजिएर बस्नु उनको बाध्यता हो। आमाबुबा पनि उनलाई घरमा एक्लै छाडेर काममा निस्कन्थे।गत पुस ४ गते आमाबुबा फर्कंदा उनी घरमा थिइनन्। हम्मेसि घर नछाडेकी २१ वर्षीया छोरी नदेख्दा उनीहरू आत्तिए। खोज्दै जाँदा छिमेकका टीकाराम विकको डेरामा छोरी भेटिइन्। तर, बलात्कृत अवस्थामा। प्रहरीले लगत्तै विकलाई पक्राउ गरी मुद्दा अघि बढाएको छ।
केही समयअघि धाइजन–६ मा पनि यस्तै प्रकृतिको घटना भयो। बोल्न र हिँडडुल गर्न नसक्ने अवस्थाकी एक ३६ वर्षे महिला छिमेकी खगेन्द्र सिलवालको आक्रमणमा परिन्। धाइजनमै तीन महिनाअघि अपांगता भएकी अर्की महिला पनि यौनहिंसामा परेकी थिइन्। बाहुनडाँगी, पाँचगाछीलगायत स्थानमा पनि अपांगता भएका महिला यौनहिंसामा परेका छन्।
यौनहिंसाका घटना लगातार बढिरहेको झापामा सुस्तमनस्थिति र शारीरिक अपांगता भएका महिला पनि यसबाट पीडित भइरहेका छन्। पछिल्लो ६ महिनामा ६ जना यस्ता महिला यौनहिंसाको सिकार भएका छन्।
‘यस्ता घटना बर्सेनि आउने गरेका छन्,' जिल्ला अदालत झापाका एक कर्मचारीले भने, ‘पोहोर पनि आएका थिए। ठ्याक्कै संख्या थाहा नभए पनि यसपालि मुद्दा अलि धेरै छन्।'
आफैं हिँडडुल गर्न नसक्ने, हातखुट्टा नचल्ने, बोल्न र सुन्न नसक्ने समस्याका कारण यस्ता महिलामाथि हुने बलात्कार घटना सार्वजनिक हुन ढिलाइ हुने गरेको छ। ‘केही घटना सार्वजनिक भएका कारण जानकारीमा आएका हुन्,' झापाका अधिकारकर्मी अर्जुन बस्नेत भन्छन्, ‘धेरैले विभिन्न त्रासका कारण मुख नखोलेका पनि हुन सक्छन्।'
जिल्ला प्रहरी कार्यालय, महिला सेलप्रमुख प्रहरी सहायक निरीक्षक मिलनकुमारी राईका अनुसार चालू आर्थिक वर्षभित्र १५ वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। तर, ती घटनामा प्रहरीले पीडित महिला शारीरिक वा मानसिक अपांगताका भए/नभएको उल्लेख गरेको छैन। ‘हामी समग्रमा पीडितलाई न्याय र अपराधी पहिचानमा केन्द्रित हुन्छौं,' राईले भनिन्, ‘पीडिकको शारीरिक प्रकृतिमा बढी ध्यान दिँदैनौं।'
इन्सेक प्रतिनिधिसमेत रहेका बस्नेत पछिल्ला बलात्कारका अधिकांश घटनामा शारीरिक रूपमा अशक्त महिला पीडित हुने गरेको बताउँछन्। ‘प्रतिकार गर्न नसक्ने, पीडित भए पनि आफैं घटनाबारे बेलिबिस्तार लगाउन नसक्ने महिला पछिल्लो समय अपराधीको निसाना बनेका छन्,' उनले भने, ‘यसले हाम्रो सामाजिक असुरक्षा भयावह बनेको देखाउँछ।'
हाडनाताभित्रैका व्यक्तिबाट पनि बलात्कार भएका घटना सार्वजनिक भइरहेका छन्। यसै साता हाडनाता करणी र बलात्कार मुद्दामा रमेश पोखरेललाई जिल्ला अदालतले २० वर्ष कैद सजायको फैसला गरेको छ। त्यसबाहेककै पनि दर्जनौं मुद्दा विचाराधीन छन्, जो हाडनाता करणी र बलात्कार मुद्दासँग सम्बन्धित छन्। भतिजीलाई यौनशोषण गरेको आरोपमा चन्द्रगढीका भेषराज पोखरेल यति बेला प्रहरी हिरासतमा छन्। १४ वर्षीया नातेदार बालिकालाई बाबुछोरा मिलेर जबरजस्ती गरेको घटना खुलेपछि पीडकले आर्थिक लेनदेनमा कुरा मिलाउन दबाब दिएका थिए। तर, पीडित बालिकाका सहपाठीहले विरोध गरेपछि यसितबेला मुद्दा सुरु भएको छ।