‘अफेयर' ले टुक्रिँदै दाम्पत्य
१० पौष २०७१
•
९ मिनेट पाठ
‘अफेयर' ले टुक्रिँदै दाम्पत्य
इलाम-विवाहलाई ‘पवित्र नाता' मानिन्छ। यो नाता धेरैका लागि फलिफाप सिद्ध भए पनि केहीलाई नबिर्सने घाउ बन्दैछ। विवाहेत्तर सम्बन्ध (एक्स्ट्रा म्यारिटल अफेयर्स) ले दाम्पत्य टुक्रिने र धरापमा पर्ने क्रम बढेको छ।नायव सुब्बास्तरका एक कर्मचारी र आठ वर्षीया छोरीकी आमाबीच कायम भएको ‘मौसमी माया' छताछुल्ल हुँदा इलाममा विवाहेत्तर सम्बन्धले फेरि चर्चा पाउँदैछ। दुई छोराका बुवा ती कर्मचारी र अर्कैकी श्रीमतीबीच लुकीछिपी चलेको माया समाजले भेउ पाउँदा उनीहरुले जिल्ला प्रहरी कार्यालयसम्मै धाउनुपरेको छ। पारिवारिक सद्भावले उनीहरुको दाम्पत्य तत्काल नटुक्रिए पनि मौसमी मायाको चर्चा सहरभरि छ।
श्रीमान वैदेशिक रोजगारीमा गएपछि छोरीसँग बस्ने महिलाप्रति गाविस सचिव रहेका ती कर्मचारीको ‘आशक्ति' देखेर प्रहरी कार्यालयका कर्मचारी नै अनौठो मान्दैछन्। ‘उनले अर्काकी श्रीमतीलाई पठाएका एसएमएस माया र अश्लीलताले भरिएका थिए, पढ्नै अप्ठ्यारो लाग्ने,' प्रहरी स्रोतले नागरिकलाई भन्यो, ‘श्रीमान विदेश हुँदा महिलाले पनि ती कर्मचारीलाई भरपूर साथ दिएको भेटियो, जुन हुनु हुँदैनथ्यो।' 
आफ्नी श्रीमती अर्कैसँग ‘सल्केको' सुइँको श्रीमानले विदेशमै पाएका थिए। उतैबाट धेरैपल्ट ‘त्यसरी गति नछोड' भन्दै सम्झाए। फर्किने क्रममा राजधानी ओर्लनासाथ श्रीमतीलाई बोलाए। ‘आइन्दा नाजायज सम्बन्ध नराख्ने' सर्तमा सहमति भयो। इलाम फर्केको केही दिनपछि उही क्रम दोहोरियो। कर्मचारीले एसएमएस पठाइरहने, फोन गरिरहने। आजित बनेका श्रीमानले फोन कब्जा गरे। तैपनि उनीहरूको ‘माया' फस्टाउन छाडेन।
‘हुँदाहुँदै ती कर्मचारीले सिमसहितको नयाँ मोबाइल किनिदिएको देखियो,' घटना अनुसन्धान गर्ने प्रहरीले सुनाए, ‘अन्तिममा त्यही मोबाइलका कारण उनीहरुको सम्बन्ध सतहमा आयो।' आफूले किन्देको मोबाइलमा कर्मचारीले एसएमएस पठाइरहने र महिलाले ‘रेस्पोन्स' गरिरहने क्रम जारी थियो। त्यसको प्रमाण सदरमुकामको डेरामा सँगै बस्ने श्रीमानले भेट्टाए। त्यसै रातदेखि डेरामा तनाव सुरु भयो।
उज्यालो नहुँदै छोरीसहित महिलाले डेरा छाडिन्। श्रीमान परिवार हराउँदा रनभुल्ल। तिल्केनी पुगेर अरुकै मोबाइलबाट श्रीमतीले ‘म फलानो (कर्मचारी) सँग गएँ' भन्दै फोन गरेपछि उनी झनै चकित। ‘मौसमी माया' को परिणाम कर्मचारीकी श्रीमतीले पनि सुनिन्। एकातिर श्रीमान पीडित, अर्कातिर श्रीमती। दुईटै परिवार तनावमा। 
‘इलामबाट भागेका उनीहरु दार्जिलिङ पुगेछन्,' स्रोतले भन्यो, ‘भाग्दा सजायको भागिदार बन्नुपर्ने भयले फेरि सम्पर्कमा आएका हुन्।' मौसमी माया गर्नेहरु सम्पर्कविहीन भए पनि इलाममै रहेका परिवार प्रहरीको सम्पर्कमै थिए। सँगै नभएको झल्को दिने बठ्याइँ गर्दै कर्मचारी र महिला पनि प्रहरी कार्यालयमै पुगे। त्यहाँ कर्मचारीकी श्रीमती र महिलाका श्रीमान पहिल्यै हाजिर थिए। लामो छलफलपछि कुरा मिल्यो, दाम्पत्य टुक्रिएन।
कारबाही हुँदा दुई छोराको भविष्य डामाडोल हुने र खाँदै आएको सरकारी जागिरै गुम्ने भयले कर्मचारीकी श्रीमतीले बहुविवाहको मुद्दा दर्ता गर्न चाहिनन्। विदेश हुँदा कमाएर पठाएको रकम श्रीमतीलाई कारबाही गर्दा गाउँबाट नउठ्ने भयले ती पुरुष पनि कारबाहीतिर लागेनन्। मिलेमतोमा दुई परिवार फिर्ता भयो। 
‘यस्ता घटना महिनामा ६ वटासम्म आउँछन्, धेरैजसो मिलेमतोमै टुंगिन्छन्,' महिला सेलकी असई कृष्णकुमारी अधिकारीले सुनाइन्, ‘श्रीमान वैदेशिक रोजगारीमा गएपछि तिनका श्रीमती मौसमी मायाजालमा परेको देखिन्छ।' लामो समय एक्लै बस्दा भोग्नुपर्ने मानसिक असर र शारीरिक सुखको अतृप्ति ‘मौसमी माया' बढ्ने कारण रहेको उनी बताउँछिन्। 
कार्यालयका अनुसार विवाहेत्तर सम्बन्धकै कारण धेरैको दाम्पत्य टुक्रिसकेको छ। त्यत्तिकै संख्यामा धरापमा परिरहेको छ। आर्थिक वर्ष २०६९/७० मा १४ दम्पतीले सम्बन्धविच्छेद गरेका छन्। अघिल्लो वर्ष २०७०/०७१ मा आठ दम्पती अलग्गिएका छन्। चालु आर्थिक वर्षमा योक्रम बढेको छ। साउनयता ६ महिनामा छवटै दाम्पत्य टुक्रिइसकेको अधिकारीले बताइन्। टुक्रिन खोज्दै मिलेमतोमा जोडिने दर्जनौं छन्।
दुई महिने छोरोसहित दुई सन्तानका बुवा जमुना–८ निवासी शिवकुमार तामाङ र त्यहींकी डिकमाया पाण्डे अहिले प्रहरी हिरासतमा छन्। घरमा आफू हुँदाहुँदै कान्छी श्रीमतिका रुपमा पाण्डेलाई भिœयाएको भन्ने जेठी श्रीमती पेमाल्हामु तामाङको उजुरीका आधारमा बहुविवाह गर्ने उनीहरु हिरासत पुगेका हुन्। पशुपतिनगर–५ की मनिता तामाङको उजुरीले बहुविवाह गर्ने उनका श्रीमान सुजित तामाङ र रत्न तामाङ पनि हिरासतै छन्। 
‘मौसमी माया' मा हराएकै कारण नयाँबजार–४ का मनकुमार भण्डारी र प्युठान बाँधिकोटकी शान्ता खत्री जेलमा छन्। उनीहरुले बहुविवाह गरेको उजुरी भण्डारी पत्नी सुकमाया तामाङले प्रहरीमा दिएकी थिइन्। यस्तै, जितपुर–९ का प्रकाश गिरी र त्यहींकी कल्पना गिरी भदौ ३० देखि जेलमा छन्। घरमा आफू हुँदाहुँदै कल्पनासँग मायामा हराउने श्रीमानविरुद्ध जेठी श्रीमती राधाले उजुरी दिएकी थिइन्। 
पशुपतिनगर–९ का फुर्वा तामाङ र जोगमाइ–९ की सिर्जना विश्वकर्मा साउनदेखि जेलमै छन्। दुई सन्तानका अभिभावक फुर्वाले ‘अर्को बिहे गरेको' उजुरी जेठी श्रीमती उर्मिलाले दिएकी थिइन्। सूर्योदय नगरपालिका–१० का बालकुमार थामी र त्यहींकी बिमला गुरुङ असोज २४ देखि बहुविवाह मुद्दामा सजाय भोग्दैछन्। उनीहरुविरुद्ध थामी पत्नी देवीमायाले प्रहरीलाई हारगुहार गरेकी थिइन्। 
छिट्टै दर्ता र छिट्टै फैसला हुने विवाहेत्तर सम्बन्धका यस्ता मुद्दा फैसला हुँदा ‘मौसमी माया' गर्नेका श्रीमान र श्रीमती दुवै पीडित हुन्छन्। दाम्पत्य टुक्रिएका र टुक्रिन लागेका अधिकतर मुद्दा वैदेशिक रोजगारीसँग सम्बन्धित छन्। बहुविवाह गर्ने महिला पुरुषलाई तीन/तीन बर्ष कैद र २५/२५ हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था छ। जिल्ला अदालतले गर्ने सबैजसो फैसलामा भने एक/एक बर्ष कैद र ५/५ हजार तोकिँदैछ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस