काठमाडौं-टोखा पुग्न नेपाल वायुसेवा निगमअगाडि गाडी कुर्नु संगीता डंग्ाोललाई सामान्य बनिसकेको छ। राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड पुगेर घर फर्कने गाडी पाउन उनले सधैं केही समय छुट्याउनुपर्छ।बुधबार दिउँसो साढे तीन बजिसकेको थियो। दुईवर्षे छोरो बोकेर यताउता दौडँदा थाकिसकेकी उनी केहीबेर नजिकैको बिजुली खम्बामा आड लागिन्। भाइबुहारीलाई गाडी खोज्न लगाएर बसिरहेकी उनले भनिन्, ‘आधा घन्टा भइसक्यो, गाडी पाइन। कहिले कता रोक्छन्, कहिले कता।'
उनले यसो भनिरहँदा टोखाको माइक्रो उनकै अगाडि रोकियो। छोरो च्यापेर हतार–हतार भित्र छिरिन्। तँछाड–मछाड चलिरहेकै थियो, माइक्रो भरिइहाल्यो। उनले बल्लतल्ल सिट भेटिन्, अटेसम्म यात्रु उभिए। चढ्न लागेका केहीलाई छाड्दै माइक्रो अघि बढ्यो। सहचालकले ढोका ढप्क्याए।
राजधानीको व्यस्त बजारनजिकको स्टपमा कुन गाडी कहाँबाट छुट्छ भन्ने टुंगो हुँदैन। हातमा केटाकेटी बोकेर डंगोलजस्तै भौंतारिने यात्रु प्रशस्त छन्। धापासीकी २१ वर्षे सुजाता गुरुङको अनुभव पनि उस्तै छ। ‘३०–४५ मिनेटमा माइक्रो आउँछ, त्यसमाथि अत्यधिक प्याक, जसको बल छ, त्यसले सिट पाउँछ,' उनले भनिन्, ‘सिटमात्र होइन। उभिन पनि बल लगाउनैपर्छ। भित्रका यात्रु झर्न नपाउँदै चढ्नुपर्छ।'
सानो माइक्रोमा कति मान्छे हाल्ने भन्ने छैन। बलका आधारमा कति च्याप्न सकिन्छ? यस्तो आधारमा मात्र यात्रा गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। हुलाक कार्यालयदेखि काठमाडौं मल र निगम कार्यालयअगाडि चल्ने साना सवारीमात्र होइन लगनखेल, त्रिपुरेश्वर, रत्नपार्क, महाराजगन्ज हुँदै नयाँ बसपार्क पुग्ने साझा बसमा पनि कोचिनुको विकल्प नरहेको उनको अनुभव छ।
‘केही दिनअघि पाटनमा ४ बजेको कार्यक्रममा सहभागी भएर निगमअगाडि गाडी कुर्न साढे ५ मा उत्रिएँ,' उनले भनिन्, ‘एक घन्टामा बल्ल गाडी आयो। घर पुग्दा सवा सात नै भयो। त्यो पनि २० मिनेटभन्दा बढी हिँड्नुपर्योब।' महिला सिट पनि प्याक भएर आउने गरेको उनले बताइन्। ‘महिला सिट पनि प्याक भएपछि च्यापिएर यात्रा गर्नुपर्छ,' उनले भनिन्, ‘अझ वृद्धवृद्धा र केटाकेटी बोक्ने महिलालाई निकै कष्ट हुन्छ।'
पुरुष यात्रुलाई पनि समस्या नहुने होइन। बौद्धका २६ वर्षे राम चौलागाईं गाडीमा अत्यधिक भीड हुने भएकाले यात्रुले तछाडमछाड गर्ने बताउँछन्। ‘यसबाहेक फुटपाथमा रहने पसलले गर्दा यात्रुलाई हिँड्न र सवारी कुर्न पनि अप्ठ्यारो हुन्छ,' उनले भने, ‘बल्लबल्ल गाडी आए पनि चढ्न गाह्रो हुन्छ।'
उनका अनुसार बिहान र साँझको कार्यालय समयबाहेक साँझ न्युरोड क्षेत्रमा घुम्न जानेलाई सवारी पाउन अप्ठेरो हुन्छ। ‘केही गरी गाडी पाइयो भने पनि कन्डक्टरले पर सर्नुस् भन्दै च्याप्ने गर्छन्,' उनले भने, ‘महिला–पुरुष भन्ने गाडीवालालाई मतलब हुँदैन। जसरी पनि सर्न हप्काउँछन्।'
कोचेर यात्रा गरिराख्दा गाडीभित्र समात्ने ठाउँ पनि हुँदैन। जहाँ यात्रु पाए पनि झ्याप्प रोकिहाल्ने बानीले सवारी चालकले राम्ररी सवारी हाँक्न नसक्ने उनले बताए। ‘गाडी जहाँ पायो त्यहीँ रोक्दा उभिनेहरु लड्ने पनि गर्छन्,' उनले भने, ‘उभिने यात्रुको भीडले सिटमा बसेकालाई पनि गाह्रो हुन्छ।'
यो क्षेत्रबाट छाउनी–हलचोक–स्वयम्भू, छाउनी–भगवानपाउ, बालाजु–बनस्थली–बोहोराटार, चाबहिल–बौद्ध–जोरपाटी, पुरानो बानेश्वर–सिनामंगल, महाराजगन्ज–बुढानिलकण्ठ, भाटभटेनी–धुम्बाराही–गोल्फुटार, नयाँ बानेश्वर–कोटेश्वर, ललितपुरको मंगलबजार–ग्वार्को, सोही क्षेत्रको लगनखेल–सातदोबाटो, कालिमाटी–कलंकी क्षेत्रमा सवारी चल्ने गर्छन्।
प्रमुख व्यापारिक क्षेत्रमा आउने सर्वसाधारणको भीडले उनीहरु दैनिक अचार खाँदेझंै कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ। टेम्पो, माइक्रो र केही बस सो क्षेत्रबाट विभिन्न गन्तव्यमा पुग्ने गरे पनि साँझबिहान भने निकै अप्ठेरोमा यात्रु हुन्छन्। यतिमात्र होइन, अव्यवस्थापनले त्यहाँ पुग्ने सवारीले सवारी कुर्दै गरेका यात्रुलाई पेल्दै गुड्छन्।
सवारीको राम्रो व्यवस्थापन हुन नसक्नु र यात्रु बढी कोचिने हुनाले सवारी चढिसकेपछिको अवस्था झन् जटिल हुने गरेको यात्रुको अनुभव छ। यात्रुले आफ्नो गाडी पाउन ठाउँ पनि निश्चित हुँदैन। कहिले कता त कहिले कता। यस्तो गन्जागोल अवस्थाले यात्रु असुरक्षित बन्दै गरेको देखिन्छ।
सवारी चालक र सहचालकबीच यात्रुमा गर्ने व्यवहार निकै तुच्छ हुन्छ। त्यहाँमाथि यात्रु बोल्दा एक्कासि गालीगलोजमा नै उत्रने शैली सवारीका चालक र सहचालकमा रहेको चौलागाईंको भनाइ छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती अञ्चल समिति संयोजक धर्म रिमालले लगानी निजी क्षेत्रले गरेकाले सवारी व्यवस्थापन सरकारले गर्नुपर्ने बताए। ‘त्यहाँ कति सवारी चल्छन् भन्ने हामीलाई थाहा छैन,' उनले भने, ‘राज्यले दिएको रुट पर्मिटका आधारमा चल्ने हो।'
हामीलाई सो क्षेत्रमा पार्किङको समस्या छ। यात्रुले कसरी यात्रा गरेका छन् भन्ने कुरा राज्यको अधिकारभित्र पर्ने उनले दाबी गरे। ‘सिट क्षमताभन्दा बढी नराख भन्ने गरेका छौं तर अनुगमन गरेका छैनौं,' उनले भने, ‘कतिपय अवस्थामा यात्रु आफैं जबर्जस्ती कोचिन आउँछन्।'
तर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वसन्त पन्तले व्यवस्थापन र यात्रुको सुरक्षित यात्रा सवारीवालाको रहेको उनले बताए। ‘व्यस्त समयमा यात्रुको अत्यधिक चाप हुन्छ,' उनले भने, ‘त्यहाँबाट यात्रुलाई दुःख पोखेको गुनासो आएको छैन। यात्रुले सास्ती पाएका छन् भने कारबाही गरी उचित व्यवस्थापन हुन्छ।'