काठमाडौं- काठमाडौं उपत्यकाको धुलो–धुवाँबाट बच्न नगरकोट, धुलिखेल वा साँगा जाने गरिन्छ। तर, मध्याह्नपछि त्यही धुलो–धुवाँ उडेर नगरकोट, धुलिखेल र साँगा नै पुग्ने गरेको एक अध्ययनले देखाएको छ।त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र विभागको अध्ययनअनुसार काठमाडौंको वायुमण्डलमा थुप्रिएर रहने प्रदूषित हावा दिउँसो १२ बजेपछि भक्तपुर हुँदै नगरकोट डाँडा तथा साँगा हुँदै बनेपा, धुलिखेल र पनौतीसम्म पुग्ने गरेको छ। त्यहाँबाट बिस्तारै उत्तरी भेगतिर बहन्छ।
'कचौरा आकारको काठमाडौं उपत्यकामा २४ घन्टासम्म थुप्रिएर रहने प्रदूषित हावा तथा धुलोका कण हरेक दिन दिउँसो १२ बजेतिर दक्षिणी हावाको प्रभावले साँगातर्फबाट निकास हुन्छ,' अध्ययनको निष्कर्ष छ, 'दक्षिणी हावाको बहावले दिउँसो १२ देखि २ बजेसम्म काठमाडौंको प्रदूषित हावालाई साँगा भञ्ज्याङ वारपार क्षेत्र प्रभावित पार्दै निकास गराउने गरेको छ।'
मुख्य अनुसन्धानकर्ता त्रिवि भौतिकशास्त्र विभागका प्राध्यापक डा. रामप्रसाद रेग्मीले दिउँसो १२ देखि २ बजेसम्म काठमाडौंको प्रदूषण बाहिरिने भएकाले यो अवधिमा काठमाडौंको वातावरण तुलनात्मक रूपमा सफा हुने जानकारी दिए। बरु त्यही अवधिमा भक्तपुर, नगरकोट, धुलिखेल, साँगा लगायत क्षेत्रका बासिन्दा प्रदूषणको जोखिममा रहेको उनले बताए।
'यहाँका प्रदूषित हावा बाहिर जाने भएकाले त्यो समय भक्तपुरदेखि साँगा, नगरकोट, बनेपा, धुलिखेल तथा पनौती क्षेत्रका बासिन्दा उच्च जोखिममा रहन्छन्,' उनले मंगलबार राजधानीमा अनुसन्धान कार्यपत्र प्रस्तुत गर्दै भने। दिउँसोको दुई घन्टा अवधिमा ती क्षेत्रका मानिसले मास्क लगाउँदा केही हदसम्म जोगिन सक्ने उनी बताउँछन्।
डा. रेग्मीका अनुसार उपत्यकाको भौगोलिक बनोटका कारण चोभार र मुड्खु भञ्ज्याङबाट हावा भित्र छिर्ने गर्छ भने हावा निकास साँगाबाट हुन्छ। 'उपत्यकामा छिर्ने हावामध्ये चोभारबाट छिर्ने चिसो छ भने मुड्खुबाट छिर्ने तातो छ,' उनले भने, 'दुइटा भञ्ज्याङबाट छिरेको हावा बिहानभर उपत्यकामै घुमिरहने र दिउँसोको तापक्रम बढेसँगै १२ बजेतिर साँगाबाट बाहिरिने गर्छ।' उनले दक्षिणी हावाको प्रभावले उपत्यकामा अन्य स्थानको तुलनामा बुढानिलकण्ठ क्षेत्रमा भने निकै कम प्रदूषण रहेको बताए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको काठमाडौं उपत्यकामा खस्कँदो वातावरण प्रदूषणसम्बन्धी ६ महिना लामो अनुसन्धानले पनि उपत्यकामा बिहान–बेलुका सबैभन्दा बढी प्रदूषण रहेको देखाएको थियो। परिषदका सदस्य सचिव डा. खेमबहादुर कार्कीका अनुसार उपत्यकामा सबैभन्दा बढी बिहान ६ देखि ९ बजेसम्म र साँझ ७ देखि ९ बजेसम्म अत्यधिक मात्रामा प्रदूषण हुने गरेको छ।
'स्वास्थ्यको ख्याल गर्दै काठमाडौं उपत्यकाबासी बिहान र साँझको समयमा घरबाहिर (मर्निङ वाक र इभिनिङ वाक) निस्कन्छन्,' उनले भने, 'तर, उपत्यकामा यो समयमै धेरै प्रदूषण हुने हुँदा थप स्वास्थ्य समस्या निम्तिने खतरा छ।' उनले उपत्यकाको प्रदूषणलाई मध्यनजर गर्दै मानिसले बिहान ६ बजेअगावै शारीरिक अभ्यास गरिसक्नुपर्ने अवस्था रहेको जनाए।
परिषदको अध्ययनले उपत्यकामा मर्निङ र इभिनिङ वाक गर्दा श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोग बढ्ने जोखिम देखाएको छ। अनुसन्धान प्रतिवेदन अनुसार यो समय काठमाडौं उपत्यकाभित्र फोक्सोसम्म सिधै पस्न सक्ने धुलाका कणको मात्रा अत्यधिक पाइएको छ। 'उपत्यकाको वायुमा यस्ता कण बिहान ६ बजेदेखि ९ बजेसम्म नेपालको बाह्य वायुसम्बन्धी राष्ट्रिय मापदण्डभन्दा करिब दुई गुणा बढी पाइएको छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'बाह्य वायुमा पाइने २.५ माइक्रोमिटर भन्दा कम आकारका धुलोका कण बिहान ५ बजेबाट लगातार रुपमा बढ्दै जाने र ९ बजेसम्म अत्यधिक रहने, त्यसपछि बिस्तारै घट्दै गए पनि साँझ ६ देखि ९ बजेको समयमा फेरि बढ्दै जाने पाइएको छ।'
प्रतिवेदन अनुसार यो समय यस्ता कणले मानिसलाई रोगबाट छुटकारा दिलाउनु सट्टा धुलोको कण सोझै फोक्सोमा पुगी झन् रोगी बनाउने खतरा छ। बाह्य वायुमा पाइने २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कण सास लिँदा सोझै फोक्सोमा पुग्न सक्छन्।
लिभेवल काठमाडौंले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएका दुवै अध्ययनका विवरणपछि नेपाली कांग्रेसका सभासद गगन थापाले प्रदूषण न्यूनीकरणका लागि सबैको सुझावका आधारमा नीतिगत तथा कानुनी व्यवस्था गर्ने बताए। 'उपत्यकाको भौगोलिक संरचनालाई हामीले हटाउन र हावाको बहावलाई रोक्न सक्दैनौं,' थापाले भने, 'तर प्रदूषण उत्सर्जन गर्ने वस्तु तथा चिज कम गर्नुपर्ने सबै कानुनी तथा नीतिगत व्यवस्था लागु गर्न लाग्नेछौं।'
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालले २.५ माइक्रोमिटरसम्मको धुलोको कणको मात्रा ४० माइक्रो ग्राम प्रति घनमिटरसम्मलाई सामान्य मानेको भए पनि उपत्यकाको बिहानको हावामा यसको मात्रा ८०.५ सम्म पाइएको छ। यही समय प्रायः मानिस शारीरिक अभ्यासका लागि घरबाहिर निस्कन्छन्। यसले श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोग बढ्ने जोखिम बढाएको छ।
अर्कातिर मुटु रोग, मधुमेह र क्यान्सर जस्ता रोग रोकथामका लागि अनिवार्य रुपमा शारीरिक अभ्यास गर्नुपर्ने हुन्छ। प्रायः मानिसलाई बिहानको समय हिँडडुल गर्ने र शारीरिक अभ्यास गर्ने सल्लाह दिँदै आइरहेको सन्दर्भमा यो अनुसन्धानबाट प्राप्त धुलोको कणको अत्यधिक मात्रा त्यही समय देखिएको हुँदा काठमाडौं उपत्यकामा बिहान हिँडडुल र शारीरिक अभ्यास थप जोखिमपूर्ण बनेको अध्ययन प्रतिवेदनमा छ।
प्रतिवेदनले बेलुकाको बाह्य वायुमा पनि धुलोका कणको मात्रा राष्ट्रिय मापदण्डभन्दा करिब डेढ गुणा बढी देखिएको हुँदा शारीरिक अभ्यासका लागि उपयुक्त समय र तरिकामा परिवर्तन गर्नुपर्ने अवस्था आएको देखाएको छ। अध्ययनले मर्निङ वाकमा जानेले बिहान ६ बजेअगाडि नै बाहिर गएर शारीरिक अभ्यास सकिसक्नुपर्ने र इभिनिङ वाकमा जानेले साँझ ७ बजेअगाडि नै सक्नुपर्ने देखाएको छ।
दैनिक घन्टाका हिसाबले हेर्दा रातको १२ बजेदेखि बिहान ५ बजेसम्म पिएम २.५ को मात्रा राष्ट्रिय मापदण्ड अनुसार ४० माइक्रो ग्राम प्रति घनमिटरसम्म मात्र छ। त्यसपछि क्रमश बढ्दै सबैभन्दा बढी बिहान ९ बजे ८० माइक्रो ग्राम प्रति घनमिटरसम्म पुगेको छ। त्यस्तै, रातको ९ बजे ५७.३ माइक्रो ग्राम प्रति घनमिटर छ।