काठमाडौं- काठमाडौं महानगरपालिकाले दुई सिफ्टमा कार्यालय संचालन गर्ने तयारी गरेको छ। सरकारले पुस १ गतेदेखि अत्याधिक भीड हुने कार्यालयहरु बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्ने निर्णसँगै महानगरले पनि यसबारेमा छलफल थालेको हो। महानगरपालिका प्रवक्ता शान्ताराम पोखरेलका अनुसार दुई सिफ्टमा कार्यालय खोल्ने संभाव्यता अध्ययनका लागि आइतबार सात सदस्यीय समिती निर्माण गरेको छ।
'सरकारी केही कार्यलयहरुसँग महानगरपालिकाका वडाको सिधै सम्बन्ध छ,' उनले भने, 'यसै अनुसार कार्यक्रम सञ्चालन गर्ने तयारी हो। तर अध्ययनले के निष्कर्ष आउँछ त्यसमा भर पर्छ।'
उनका अनुसार समितीले १५ दिनभित्र प्रतिवेदन दिने छ। प्रतिवेदन अनुसार महानगरपालिकाले निर्णय गर्ने पोखरेलले बताए। 'प्रशासनमा नागरिता सिफरिस र मालपेातलाई घर कायम गर्न सिफरिस वडाले दिनुपर्छ,' महानगरपालिका वडा २९ प्रशासकिय प्रमुख सुमन अधिकारीले भने, 'हाम्रो कार्यालय १० बजेमात्र खुल्छ। त्यसैले सुरुमा वडाबाटै हुने काम ढिला भए, सरकारी कार्यालयबाट कसरी काम हुन्छ?'