इलाम- निर्माण व्यवसायी सुरेश काफ्ले 'कामविहीन' भएको दुई महिना हुन लाग्यो। भानुरत्न टोलको उनको घरमा ताला झुन्डिएको छ। 'हुनेखाने परिवार' मा दरिने उनी अहिले राजधानीमा 'पेइङ गेस्ट' छन्। कुनै बेला दुई सन्तानका 'सुखी' अभिभावक उनी अहिले हमेसा तनाबमा छन्। कारण हो– आसलाग्दी छोरी सुजाताको अकालमा ज्यान जानु र भरोसापूर्ण छोरा सुजन अर्धचेत रहनु।१० जनाको ज्यान जाने गरी मकवानपुर, बसामाडीमा भएको बस दुर्घटनामा सुजाताको मृत्यु भएको थियो। इलामबाट एसएलसी सकेर उच्चशिक्षा अध्ययननिम्ति उनी राजधानी छिरेकी थिइन्। त्यही दुर्घटनामा घाइते सुजनको अवस्था दयनीय छ।
कात्तिक १५ गतेको उक्त घटनापछि सुरेशको चल सम्पत्ति सकि"दो छ। छोरीको अन्त्येष्टिमै हजारौं रुपैया" गुमाइसकेका उनले छोराको उपचारमा भएजति नगद खर्चिइसकेका छन्। त्यति गर्दासमेत ठीक नभएपछि मर्माहत बनेका उनी छोरालाई थप उपचारनिम्ति भारत लैजान लाखौं रुपैया"को खोजीमा छन्।
'छोराको उपचारमा अहिलेसम्म पा"च लाखजति खर्च भइसक्यो, त्यसमा १ लाख ५० हजार रुपैया" मात्रै बसवालाबाट पाएको छु,' सुरेशले सुनाए, 'अब भारतमा उपचार गर्दा २० लाखजति चाहिने कुरा छ, कसले दिन्छ र कहिले दिन्छ, थाहा छैन।' टाउकोमा गम्भीर चोट लागेका सुजनलाई दुर्घटनालगत्तै ४८ टा"का लगाइएको थियो। निधार, आ"खा, घुच्चुक र टाउको क्षतविक्षत भएका उनी अझै अर्धचेतै छन्।
दुर्घटनाको पा"च दिनपछि चितवनबाट राजधानी लगिएका उनको बा"सबारीस्थित न्युरो र तिलगंगास्थित आ"खा अस्पतालमा उपचार हु"दै छ। एउटा आ"खाको ज्योति गुमाएका सुजनको स्याहारमा आमाबुबा नै व्यस्त छन्। दिनमा आठपल्ट लगाउनुपर्ने औषधिमै झन्डै तीन हजार रुपैया" खर्च हुन्छ। त्यो औषधि एकपल्ट लगाउन २० मिनेट लाग्छ। बिरामी छोडेर अभिभावक बाहिर निस्कन पाउ"दैनन्।
'हामी बडो निरीह भएका छौं, बसवालाले उपचार खर्च दिनेमा झुक्याएको झुक्याएकै छन्,' सुरेशले नागरिकस"ग बिलौना गरे, 'भरे र भोलि भन्दाभन्दै दुई महिना बित्न लाग्यो, छोराको अवस्था सुध्रेको छैन।' राजधानीकै टेक्सास इन्टरनेसनल कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययनरत सुजन २६ वर्षका छन्। थुप्रैपल्ट एमआरआई र सिटिस्क्यान गर्दा चिकित्सकले 'ठीक भइरहेको' भन्दा बुबाआमा आशावादी छन्।
सुजन सवार इलामको ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्सलाई राजधानीबाट आउँदै गरेको ना४ख ५४४८ नम्बरको शुभश्री डिलक्सले ठक्कर दिएको थियो। शुभश्री सञ्चालक हेमन्त गिरीले घाइतेको उपचारमा बेवास्ता गरेको सुरेशको आरोप छ।
चालकको लापरबाहीले भएको उक्त दुर्घटनामा गम्भीर घाइते इलामकै जितपुरका समीर कट्टेल र तिल्केनीकी सुषमा दाहाल अझै चितवनको भरतपुर मेडिकल कलेजमा उपचाररत छन्। कम्मरमुनिको भाग धेरै दुख्दा समीरलाई हि"ड्न समस्या छ। दुई जना सहयोगीका भरमा मात्रै उठ्न सक्छन्। उनको दिसापिसाब बेडमै हुने दिदी सरला बताउ"छिन्। उपचारखर्च तिर्न नपरे पनि बाहिरी खर्च अत्यधिक हु"दा परिवारलाई समस्या छ।
'दुर्घटनाकै भोलिपल्टदेखि भाइको रेखदेखमा बुबा र म खटिरहेका छौं,' उनले सुनाइन्, 'बसवालाले बिल भएका सामग्रीको मात्रै खर्च बेहोर्ने कुरा छ, बिलबिनाका सामग्री कति किन्नुपर्यो् कति, भनिसाध्य छैन।' औषधिका कारण कम्मर मुनिको भागमा बढी पीडा भएको चिकित्सक बताउ"छन्। सरला थप्छिन्, 'सधैं अस्पताल बस्दा हुने खर्चको भार त छ"दै छ, हामी रु"घ्नेको समय पनि उत्तिकै खेर गइरहेको छ।'
सोही अस्पतालको अर्को बेडमा सुषमाको उपचार हु"दै छ। दुर्घटनामा आफन्त गुमाएकी उनको उपचारमा पनि ठूलो धनराशि खर्च भइसकेको छ। 'ऐन, नियम र कानुनका कुरा गरेर बसवालाले खर्च दिने क्रममा बेलाबेला बखेडा निकाल्न खोज्छन्,' सुषमाका बुबा मातृका भन्छन्, 'छोरीको अवस्था ठीक नभएसम्म हामी अस्पतालमै रहन्छौं, जति खर्च भए पनि दिनुपर्छ भन्ने माग हो।'
दुर्घटनामा ज्यान गुमाउनेका परिवारले किरियाखर्च र क्षतिपूर्ति रकमसमेत पाएका छैनन्। चालकलाई चित्तबुझ्दो सजाय नसुनाइएको, बस सञ्चालकमाथि कारबाही नभएको, घाइतेको उपचारमा बेवास्ता गरिएको र मृतकका परिवारलाई वास्ता नगरिएको गुनासो छ।