झापा- हरेक वर्ष विद्यार्थी संख्या घट्न थालेपछि सामुदायिक विद्यालयले विद्यार्थी टिकाउन नयाँ–नयाँ अभियान सञ्चालन गर्छन्। तर, यस्तो अभियान चलाउनेहरूकै छोराछोरीचाहिँ निजी विद्यालय पढ्छन्। छोराछोरी पठाइदिन आग्रह गर्दै घरघर पुग्ने सामुदायिक विद्यालयका अभियन्तालाई अभिभावकले मुखभरि जवाफ दिने गरेका छन्, 'पहिले तिमीहरूकै नानीलाई भर्ना गराऊ, अनि हामी पठाउँछौं।''गाउँको स्कुल जोगाउनुपर्छ,' भन्दै अभियान चलाउने समाजका अगुवा र विद्यालयमै कार्यरत शिक्षक कसैले पनि सामुदायिक विद्यालयमा छोराछोरी पढाउन आँट नगर्दा समुदायको विश्वास स्कुलले लगातार गुमाउँदैछन्। जसका कारण ठूला कक्षाकोठा र पर्याप्त पूर्वाधार भएर पनि ती स्कुल विद्यार्थीविहीन बन्दैछन्।
बाहुनडाँगी–८ स्थित देवी प्रस्तावित निमाविले विद्यार्थी संख्या बढाउन शिक्षक अभिभावक तथा सञ्चालक समितिको संयुक्त प्रयासबाट विद्यालय बचाउ अभियान सुरु गरेको छ। यसक्रममा बेलाबेला स्कुलले घरदैलो अभियान चलाउने गरेको छ। शिक्षक, व्यवस्थापन समिति तथा समाजका अगुवाको टोली घरघर पुग्ने गर्छ। तर, त्यसक्रममा अधिकांश अभिभावकले सोध्ने प्रश्न एउटै हुन्छ , तपाइँका नानीचाहिँ कहाँ पढ्छन्?
'हामी पटक–पटक विद्यार्थी माग्दै घरघर पुगेका छौं,' स्कुलका एक शिक्षकले भने, 'तर विद्यार्थी माग्न जाने कसैका छोराछोरी सामुदायिक स्कुलमा पढ्दैनन्। अनि अरुले चाहिँ कुन विश्वासले पठाउँछन्?' धेरैले त पहिला मास्टरका नानी ल्याउन र त्यसपछि आफ्नो पठाउँला भन्ने जवाफसमेत दिने गरेको ती शिक्षकले सुनाए। जम्माजम्मी ७९ जना विद्यार्थी भएको स्कुलले संख्या वृद्धिको लक्ष्य राखेरै यो अभियान थालेको प्रधानाध्यापक जगन्नाथ भण्डारी बताउँछन्।
तर, अभिभावकको अपेक्षा फरक छ। उनीहरु हुल बाँधेर घर आउँदैमा नानी पठाउन नसक्ने बताउँछन्। 'पैसा तिर्न सक्नेले जता पढाए पनि भयो,' सोही विद्यालयनजिकैका वीरेन मोक्तान भन्छन्, 'तर स्कुल आउने विद्यार्थीलाई राम्ररी पढाउनुपर्योछ। नतिजा राम्रो आउनुपर्योा। जसले पनि नानी पठाउँछन्। हुल बाँधेर आउँदैमा पठाइन्न।'
देवी निमावि त प्रतिनिधि स्कुलमात्रै हो, जिल्लामा यस्ता धेरै छन्, जसले हरेक वर्ष विद्यार्थी सिलो खोज्नुपर्ने अवस्था छ। अभिभावक तथा शिक्षा प्रणालीलाई दोष दिएर सामुदायिक स्कुल नै यस्तै हो भन्ने छवि लगभग स्थापित गरेका विद्यालय गाउँपिच्छे भेटिन्छ। केहीले नयाँ अभियान पनि थालेका छन्।
बर्सेनि विद्यार्थी संख्या घट्न थालेपछि सामुदायिक स्कुलले विद्यार्थी तान्न विभिन्न उपाय अपनाउन थालेका छन्। स्कुल जोगाउन समुदाय नै अग्रसर भएर जुर्मुराउन पनि थालेका छन्। सामुदायिक विद्यालयले पढाइको माध्यम भाषा फेर्ने, पोसाकमा टाइबेल्ट अनिवार्य गर्ने, अतिरिक्त क्रियाकलापमा जोड दिने, खाजा दिनेलगायत गतिविधि अपनाएर विद्यार्थी तान्ने प्रयास गरिरहेका छन्। तर, रुप पक्षमात्रै सुधार्न लागिपरेका यी स्कुलले राम्रो पढाइ पनि ह्ुन्छ भनेर अभिभावकलाई विश्वस्त पार्न सकेका छैनन्। 'हाम्रा अभियानले भयंकर असफलता भोग्नुको कारण विश्वासकै संकट हो,' चारआलीस्थित सहिद दशरथ चन्द उच्चमाविका पूर्वप्रधानाध्यापक हरिचरण बानियाँ भन्छन्, 'मुख्य रूपमा विश्वास दिलाउन आवश्यक छ।'
आमअभिभावक र विद्यार्थीको विश्वास आर्जन गरेका स्कुलका हकमा विद्यार्थी नपाइने समस्या छैन। झापाकै दमकस्थित हिमालय उच्चमावि त्यसकै एउटा नमुना हो। जहाँ निजीबाट निकालेर ल्याइने विद्यार्थी संख्या सधैं बढ्छ। भर्ना पनि सजिलै पाइन्न। प्रवेश परीक्षा पार गरेरमात्रै भर्ना पाइन्छ। विद्यालयको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आउन थालेपछि विद्यालयले हरेक वर्ष प्रवेश परीक्षा नै गर्ने गरेको हो। प्रवेश परीक्षाबाट उत्तीर्ण निश्चित विद्यार्थीलाई मात्र भर्ना गर्ने गरेको अंग्रेजी कार्यक्रम संयोजक सन्तोष दाहालले जानकारी दिए।
स्कुललाई जिल्लाकै नमुना विद्यालय बनाउने कामको नेतृत्व गरेका पूर्वप्राचार्य विदुर खतिवडा मिहिनेतपूर्वक स्कुल सुधार्न लाग्दा गर्न सकिने बताउँछन्। 'अभिभावकलाई मात्रै दोष दिएर हुँदैन, धेरैजसो अभिभावक अशिक्षित नै छन् तर हामीले राम्रो गर्न खोज्यौं भने उनीहरुले पनि साथ पक्कै दिने रहेछन्,' दण्डरहित स्कुलका रुपमा पनि आफ्नो विद्यालयलाई चिनाएका उनको सुझाव छ, 'विद्यालय समयको भरपुर उपयोग गरौं, विद्यार्थीलाई व्यस्त राखौं र अभिभावकसँग नियमित अन्तर्क्रियामा बसौं। स्कुल आफैं बलियो हुँदै जान्छ।'