ठमेलको दुर्दशा : विदेशी पर्यटक भन्छन्- ‘यस्तो पनि राजधानी!’
०५ पौष २०७१
•
६ मिनेट पाठ
ठमेलको दुर्दशा : विदेशी पर्यटक भन्छन्- ‘यस्तो पनि राजधानी!’
काठमाडौं-बिहीबार दिउँसो २ बजे ठमेलबाट लैनचौरतर्फ आउँदै गरेका जर्मनी फ्य्राङ्कफर्टका दुई पर्यटक अस्कल क्याम्पस नपुग्दै एक्कासि रोकिए। मुखमा मास्क लगाएका उनीहरुले केही मिनेट अस्कलतर्फको सडक नियाले। क्यामेरामा तस्बिर कैद गरे र अस्कल क्याम्पसपारिको सडक हुँदै लैनचौरतिर लागे।सोझो बाटो हुँदाहुँदै उनीहरुले सडक पार गर्नुको एउटै कारण थियो– सडकको हालत। ठमेलबाट लैनचौरतर्फ जाने क्रममा अस्कल क्याम्पस अगाडि जताततै हिलो र माटोको थुप्रो छ। पैदलयात्री हिँड्नै नमिल्ने उक्त सडकमा कतै पानी जमेको छ त कतै खाल्डाखुल्डी।




Muddy street 01
सडक र फुटपाथको त्यस्तो दुरवस्थाको समेत पर्वाह नगरी हिलो छिचोल्दै हिँडिरहेका केही नेपाली देखेपछि उनीहरुले तस्बिर खिचेका थिए। तिनले मुखमा मास्क लगाउनुको कारण थियो– सवारी गुड्ने सडकबाट उडिरहेको बुङबुङ धुलो। सडकको अर्कातर्फ केही मात्रामा ग्राभेल गरिएकाले हिलो छल्दै हिँड्न मिल्ने ठाउँ छ। 
दुई साताअघि नेपाल घुम्न २९ वर्षिय एडलस्टनले राजधानीकै सडकको अवस्था देखेर क्यामेरामा तस्बिर कैद गरेको बताए। ‘यो पनि राजधानीको सडक हुन्छ?' उनले प्रतिप्रश्न गर्दै भने, ‘कम्तीमा पैदलयात्री हिँड्ने बाटो त राम्रो हुनुपर्छ। पैदलयात्रीलाई समेत हिँड्ने ठाउँ नदिई कसरी अलपत्र छाड्न सकेको!' उनले उक्त सडक कति समयभित्र बन्छ भनेरसमेत चासो व्यक्त गरे।
एडलस्टन र उनका साथी एल्ड्रिकले मात्र होइन, विदेशबाट आएर ठमेल क्षेत्रमा बस्ने अधिकांश पर्यटकले यतिबेला उक्त सडकको दुरवस्था सामना झेलिरहेका छन्। ‘दैनिक ५० भन्दा बढी पर्यटकले यो सडक किन यस्तो अलपत्र पारेको भनेर प्रश्न गर्छन्,' ठमेलका स्थानीय महेश महर्जनले नागरिकसँग भने, ‘विदेशीसामु इज्जत राख्न पनि सडक छिट्टै बन्छ भन्दै आइरहेका छौं। तर डेढ वर्षदेखि सडकको हालत यस्तै बिजोक छ।' उनले सडक छिटो बनाउन पटकपटक आग्रह गर्दा समेत निर्माण अघि नबढेको दुखेसो गरे।
लैनचौर, ठमेल, सोह्रखुट्टे, नयाँबजार हुँदै बालाजु चोकसम्म पुग्ने उक्त सडक विस्तारका लागि भत्काइएको एक वर्षभन्दा बढी भइसकेको छ। पहिला १० मिटर चौडा उक्त सडक अहिले विस्तारपछि १८ मिटर बनाइएको छ। जसमा दुवैतर्फ दुईदुई मिटरका फुटपाथ र सडक १४ मिटर चौडा बनाइएको छ। फुटपाथको चौडाइ भने स्थानअनुसार केही कमसमेत बनाइएको छ। तर, सडक चौडा बनाएपछि कालोपत्रे गर्नतर्फ ध्यान नदिँदा सडक बेहाल बन्न पुगेको छ। 
सडक विभागका प्रवक्ता अर्जुन थापाका अनुसार विस्तारका लागि भत्काएलगत्तै कालोपत्रे गर्ने योजना भए पनि मेलम्ची खानेपानीले पाइप बिछ्याउने भनेपछि निर्माण रोकिएको हो। ‘हामीले त बनाउने भनेर काम अघि बढाएका थियौं,' उनले भने, ‘तर निर्माण गरेको केही समयपछि पुनः मेलम्चीले भत्काउने अवस्था आउने देखिएपछि केही समय रोक्नुपरेको हो।' उनले मेलम्ची खानेपानीले पाइप बिछ्याउने काम सकेलगत्तै सडक कालोपत्रे गरिने बताए।
मेलम्ची खानेपानी र सडकले काममा ढिलाइ गर्दा विदेशी पर्यटकले दैनिक फेस गर्नुपर्ने सडकमार्फत विदेशमा समेत नकारात्मक सन्देश जाने स्थानीय बताउँछन्। स्थानीयले यो विषयमा सडक निर्माणको जिम्मेवारी पाएको निकाय डिभिजन सडक कार्यालय काठमाडौंमा समेत पटकपटक गुनासो गरेका छन्। 
डिभिजन कार्यालयले स्थानीयलाई मेलम्ची खानेपानीले काममा तीव्रता नदिँदा समस्या परेको बताउँदै आएको स्थानीय सुमन जोशीले बताए। ‘हामीले त दुःख पायौं तर पर्यटकमार्फत नेपालको विषयमा नकारात्मक सन्देश गयो भनेर बनाउन आग्रह गरेका थियौं,' उनले भने, ‘तर सडकले मेलम्चीलाई दोष दिइरहेको छ।' 
विभागका प्रवक्ता थापाले सडकको दुरावस्थाले पर्यटकमा गलत सन्देश गएकाले खानेपानीसँग समन्वय गरेर छिटो सडक बनाइने बताए। ‘यो विषयमा हामी गम्भीर छौं,' उनले भने, ‘तुरुन्त सबैसँग छलफल गरेर कामलाई तीव्रता दिनेछौं।' उनले उक्त खण्डको काम आगामी असारभित्र पूरा गरिसक्ने बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस