दानाबारी (इलाम)-अरू दिन जिल्ला अस्पतालमा बिरामी जाँच्ने, प्रेस्त्रि्कप्सन लेख्ने र अपरेसन गर्ने डाक्टर रवि शाह शनिबार अनकन्टार गाउँमा धुलोसँग रङ्मगिँदै थिए। धुलोले चस्माका लेन्स हुँदै उनका आँखीभौंसम्म आधिपत्य जमायो।अप्ठ्यारो बाटो र खोल्साखाल्सी नाघेर दानाबारी–९, सँधुवा पुग्दा मध्याह्न १२ बजिसकेको थियो। तर, उनको टोलीमा सामेल कसैको पेटमा अन्न परेको थिएन।
मुस्किलले पुगेको गाडीबाट ओर्लेर दुई मिनेट नहिँड्दै भिरालोमा एउटा घर देखियो। घरछेउमै थियो कटेरो। घरधनी देउरुपा गिरीले कटेरोको दैलो उघारिदिइन्। भित्र कुपोषणग्रस्त बच्चीझैं लाग्ने एउटी युवती टुक्रुक्क बसेकी देखिइन्। शिर ठाडो नपार्ने, बेसुरका कुरा गर्ने र आँखा जुधाएर नहेर्ने उनी नै थिइन्, टोलीको खोजी। नाम– अम्बिका गिरी। उमेर– २६ वर्ष। शिक्षा– अपूरो स्नातक। झट्ट सुन्दा खोट नदेखिए पनि उनको ‘बायोडाटा'मा झुन्डिने एउटा ट्याग हो– मानसिक बिरामी। गाउँले भाषामा ‘बहुलाही।'
तर, डाक्टर शाहले अम्बिकालाई निरीक्षण र परीक्षण गरेपछि सजिलै भने, ‘यो निको हुने बिराम हो।' त्यस बेला शाह गम्भीर देखिए, जब उनले अम्बिकालाई ‘बहुलाही' भनेरै चार वर्षसम्म यसरी थुनेर राखिएको थाहा पाए। तर, रोगले ‘थामिसक्नु नभएपछि थान्को लाउन थुन्नु' परिवारको बाध्यता थियो। त्यसैले शाहले केही औषधि दिँदै थपे, ‘उनलाई अस्पताल ल्याउनू।'
२०६७ मा स्नातक पढ्दै गर्दा अम्बिकामा समस्या देखिन थालेको थियो। ‘सुरुमा टोलाउने, छिनमै हाँस्ने, छिनमै रुने, झर्किने र फर्किने गर्दागर्दै यस्ती हुन पुगी,' आमा देउरुपाले छोरीतिर नियाल्दै सुनाइन्, ‘अचेल त मनपरी बोल्दै लुगै नलगाई हिँड्न खोज्छे, थामिसक्नु नभएपछि थुनेर राख्न बाध्य भयौं।' देउरुपाको पीडा कम्ती छैन। उस्तै बिरामले छोरो टीकाराम र पति भीमबहादुर गुमाउँदाको पीडा उनले बिर्सिएकी छैनन्। आठ जनाको परिवारमा एसएलसी पास गर्ने उनै अम्बिका थिइन्, जसलाई देउरुपाले ‘बुढेसकालको सहारा' भन्दै ठूलो भरोसा गरेकी थिइन्। तर, मानसिक समस्याले अम्बिकाको अवस्था दिनपिच्छे नाजुक बन्दै गएपछि उनी भक्कानिएकी छन्, अर्धचेत छिन्।
दुई वर्षको अन्तरमा पति र छोरो गुमाएकी देउरुपाले छोरीको उपचारमा चासो नदेखाएकी होइनन्। भारतको सिक्किमसम्म पुर्या्एर ‘दिमाग ठिक पार्न' खोजिन्। तर, जग्गा बेच्दा नपुगेर र ऋणसमेत गर्नुपरेको पैसाले चिकित्सकले भनेजस्तो दीर्घकालीन उपचार भएन। औषधि बीचमै छुट्यो, अम्बिकाको दिमाग बिग्रिएको बिग्रियै। ‘नियमित औषधि खाँदा यस्तो बिराम ठीक हुन्छ,' परिवारलाई सान्त्वना दिँदै डाक्टर शाहले अर्थ्याए, ‘बिरामीले झर्कोफर्को गरे पनि परिवारका अरूले औषधि सधैं खुवाउनुपर्छ।'
कटेरोमा थुनिएकी अम्बिकालाई पुस ४ गते सदरमुकाम ल्याउन आग्रह गर्दै डाक्टरको टोली सडक उक्लियो। धुले बाटो नाघेर जानु थियो अर्को घर, जहाँ उस्तै उमेरका अर्का युवक कोठामा बन्धक थिए।
‘पढेको छोराको यस्तो हालत छ, सहयोग गर्नुपर्योक,' डाक्टरसहितको टोली आँगनमा देख्दा दाजु देवराज अधिकारीले अनुनय गरे, ‘भाइको उपचार भए उसको बिराम ठीक हुन्थ्यो, हाम्रो चिन्ता अन्त्य।' देवराजले त्यसो भनिरहँदा काठका पट्टाईले बारिएको कोठाभित्र अल्लारे युवकको चलखेल देखिँदै थियो। नाम– योगेन्द्र अधिकारी। उमेर– २६ वर्ष। शिक्षा– अपूरो प्लस टु।
निलो जम्पर लगाएका उनको मुहार निर्दोष लाग्थ्यो। नकाटिएका दाह्रीजुँगाले पनि मुहारको निखारमा कमी थिएन। बन्द कोठाभित्र अरू बेला साङ्लाले बाँधिने उनी डाक्टर टोली पुग्दा खुलै थिए। ‰याल खोलेर बाहिर निस्कने ध्याउन्नमा उनले धेरै बेर खर्चिए। तस्बिर खिच्दा खालखाले पोज दिए। निरीक्षणपछि डाक्टरले भने, ‘नियमित औषधि खुवाए निको हुन्छ।'
झापाको एउटा प्लसटुमा १२ कक्षा पढ्दै गर्दा योगेन्द्रको दिमागले काम गर्न छोड्यो। जागिर खान बुटवल पुगेका उनी घर फर्किंदा धादिङतिर लागे। परिवारले बल्ल भेट्टाए, सकेको उपचार सुरुबाटै गरे। अवस्था उस्तै भयो, जस्तो छिमेकी अम्बिका बेहोर्दै थिइन्। औषधि नखाइदिँदा दिमाग बिग्रिएको बिग्रियै, परिवारमा चिन्ता छाएको छायै। फुक्काफाल हिँड्न रुचाउन योगेन्द्रले पनि साङ्लोमा बाँधिनुपर्योर।
दानाबारी स्वास्थ्यचौकी इन्जार्च काशीराम यादवका अनुसार हर्क सुन्दास नामका अर्का स्थानीय युवक पनि मानसिक रोगले ग्रसित छन्। कमजोर आर्थिक अवस्थाको परिवारले हजारौं खर्चिए पनि रोग २० को १९ भएको छैन। उनको रेखदेखमै बुबाको समय खेर जान्छ।
मानिसमा बढ्दो निराशाका कारण यस्ता रोगले जरा हाल्ने मानसिक तथा स्नायुरोग विशेषज्ञ रोशन पोखरेल बताउँछन्। कोशी अञ्चल अस्पतालमा कार्यरत उनले हरेक महिना इलाम आएर यस्ता बिरामीको उपचार गरिरहेका छन्। ‘समाज जति शिक्षित, चेतनशील र आधुनिक भयो भनिन्छ, मानसिक रोगी पनि उति नै बढिरहेका छन्,' डा. पोखरेल भन्छन्, ‘बेलैमा उपचार थालेर नियमित औषधि खाए अरूले यस्तो भोग्नुपर्दैन।'