झापा-भारत सरकारद्वारा भर्खरै ‘आतंकवादी' घोषित कामतापुरी लिबरल अर्गनाइजेसन (केएलओ) र भुटानी शरणार्थी गतिविधिलाई ध्यानमा राखी नेपाल–भारत सीमामा विशेष सुरक्षा सतर्कता सुरु भएको छ। नेपाल–भारतका सुरक्षा अधिकारीहरूले पूर्वी नाकामा संयुक्त निगरानी कसिलो पारेका छन्।दुवैतिरका सुरक्षानिकायले यसलाई नियमित काम भने पनि केएलओ र शरणार्थी लक्षित सुरक्षाप्रबन्ध नै सुरक्षाअधिकारी बताउँछन्। केही समयअघिसम्म सीमापारि सजिलै आवतजावत गरिरहेका सर्वसाधारण सार्क सम्मेलनअघिदेखि कसिलो सुरक्षा जाँचमा पर्न थालेका छन्।
सीमावर्ती भारतीय राज्य पश्चिम बंगालमा क्रियाशील पृथक्तावादी संगठन केएलओ र झापा–मोरङका शिविरमा बसिरहेका भुटानी शरणार्थीलाई दुवै पक्षका सुरक्षानिकायले मुख्य चुनौतीका रूपमा हेरेका छन्। केएलओलाई भारत सरकारले आतंकवादी घोषणा गरेपछि त्यो संगठन रुष्ट छ। त्यसको ‘रिभेन्ज' लिन उसले सीमाक्षेत्रलाई तारो बनाउन सक्ने भारतीय पक्षको अनुमान छ। ‘हाम्रो चुनौती केएलओ छ, नेपालको शरणार्थी,' दार्जिलिङका एक सुरक्षाअधिकारीले भने, ‘त्यसैले दुवै पक्षबीच राम्रो समन्वय चाहिन्छ, अहिले त्यो कायम छ।'
सन् १९९५ मा स्थापित केएलओले भारतमा छुट्टै काम्तापुर राज्य माग गर्दै संघर्ष गरिरहेको छ। पश्चिम बंगाल राज्यमा बसोबास गर्ने राजवंशी तथा अन्य आदिवासी समुदाय केएलओमा संगठित छन्।
अहिले भुटानी शरणार्थी शिविरमा तेस्रो देश जान नचाहने वा तेस्रो देशले अयोग्य करार गरेका शरणार्थी बाँकी छन्। करिब ३ हजार ५ सय शरणार्थीलाई पश्चिमा मुलुकले ‘विभिन्न आपराधिक काममा संलग्न भएको' अभियोग लगाएर पुनर्वासमा लैजान अस्वीकार गरेका छन्। ‘ती शरणार्थी अनेकौं नाममा चुनौती बन्ने डर भारतलाई छ,' एक नेपाली सुरक्षाअधिकारी भन्छन्, ‘स्वदेश फिर्तीका लागि भारत मुख्य बाधक रहेको गुनासो शरणार्थीमा छ।'
मंसिर दोस्रो साता काठमाडौंमा सम्पन्न १८ औं सार्क सम्मेलनलाई लक्ष्य गदर्ैै गृह प्रशासनले पूर्वी नाकामा उच्च सुरक्षा सतर्कता अपनाएको थियो। नेपाल–भारत सीमा क्षेत्रमा हुन सक्ने सम्भावित आतंकवादी तथा आपराधिक घटना रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा अंगलाई ‘अलर्ट' पारिएको थियो। त्यही बेलादेखि नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीले सीमा नाकामा संयुक्त गस्ती पनि थालेका थिए। ‘चोरी–तस्करी नियन्त्रण यो संयुक्त गस्तीको मुख्य लक्ष्य हो', सीमा सुरक्षा कार्यालय झापाका प्रमुख सशस्त्र प्रहरीका एसपी प्रेम पोखरेलले दाबी गरेका थिए। तर, चोरी–तस्करी सीमाको नयाँ समस्या नभएको र भारतीय पक्षले नेपाली पक्षलाई शरणार्थी र केएलओ ‘थ्रेट' बारे बढी सजग रहन आग्रह गरेपछि संयुक्त गस्ती सुरु भएको स्रोतको दाबी छ।
झापाका संवदेनशील मानिने कुमरखोद, टाँघनडुब्बा र भद्रपुरदेखि मेचीनगर–बाहुनडाँगीसम्मको क्षेत्रमा अहिले संयुक्त गस्ती चलिरहेको छ। तर, झन्डै महिना दिन लामो अवधिमा संयुक्त गस्ती टोलीले अतिक्रमित दसगजा खाली गराउन भने पहल गरेको छैन। ‘मुख्य अभिष्ट नै त्यो होइन,' जिल्ला प्रशासन झापाका एक अधिकारी भन्छन्, ‘भित्री लक्ष्य अर्कै हो। तर, अहिलेसम्म खास उपलब्धि केही पनि भएको छैन।'
त्यसो त मंसिर पहिलो साता गृहसचिव सूर्यप्रसाद सिलवाल नेतृत्वको उच्चस्तरीय टोलीले पूर्वी सीमाको सुरक्षा अवस्था निगरानी गरेको थियो। पूर्वका सुरक्षा अंगका प्रमुखसहित आएको टोलीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्रको अनुगमनसमेत गरेको थियो। सिलवालले झापाका सुरक्षा अधिकारीहरूसँग डेढ घन्टाभन्दा लामो गोप्य छलफल पनि गरेका थिए। यसको मुख्य कारण केएलओ नै भएको स्रोतको भनाइ छ। ‘यसबारे नेपाल–भारत दुवै तर्फको सुरक्षा अंग सचेत छन्', झापाका एक सुरक्षा अधिकारीले भने।