चालक कस्ने नियम आयो, व्यवसायी कस्ने कहिले?
२६ मंसिर २०७१
•
११ मिनेट पाठ
चालक कस्ने नियम आयो, व्यवसायी कस्ने कहिले?
काठमाडौं- सार्वजनिक यातायातको बेथिति र मनमानी रोक्न सरकारले सार्वजनिक सवारीचालक नियमावली ल्याएको छ। धेरै यात्रुको जिम्मेवारी बोक्नुपर्ने यात्रुबाहक बस कम उमेरका र अनुभवहीन चालकको जिम्मामा छाड्दा दुर्घटना बढेको निर्क्योलका आधारमा सरकारले अनुभवी, दक्ष र पाको उमेरका चालक मात्र राख्न पाउने गरी 'सार्वजनिक सवारीचालक नियमावली, २०७१' पारित गरेको हो।




चालकको मनमानी रोक्न ल्याइएको यो नियमावलीको प्रभावकारी कार्यान्वयनले सार्वजनिक यातायातमा संलग्न चालकलाई नियमले कस्नेछ।

तर, सार्वजनिक यातायात बेथिति निम्त्याउन चालकमात्र जिम्मेवार छैनन्। यसको अर्काे महŒवपूर्ण र जिम्मेवार पक्ष हो– यातायात व्यवसायी। व्यवसायी कस्ने नियम कहिले आउला?

अब सबैको चासो र चिन्ता यतातिर केन्द्रित देखिएको छ।

चालक नियमावलीले यातायात क्षेत्रमा दुर्घटनादर ५० प्रतिशतभन्दा कम हुने विश्वास गरिएको छ। दुर्घटना घटाउन ल्याइएको यो नियमका एक/दुई बुँदामा केही यातायात मजदुर संगठनले संशोधन माग गर्नुबाहेक सर्वत्र स्वागत गरिएको छ। यससँगै यातायात व्यवसायीबाट अघोषित रूपमा लादिएका 'सिन्डिकेट' र 'कार्टेलिङ' अन्त्यका लागि ल्याउन लागिएको कानुनका पक्षमा पनि आवाज उठ्न थालेको छ। कानुनले निषेध गरेको सिन्डिकेट व्यवसायीले लागू गरिरहँदा यातायात क्षेत्रमा बेथिति, मनमानी र लापरबाही बढिरहेको छ। सिन्डिकेटलाई सडक दुर्घटनाकै मूल जड मानिँदै आएको छ।

गत महिना डोटी बस दुर्घटनाका विषयमा छानबिन गर्न गठित समितिले पनि दुर्घटनाको मूल जड व्यवसायीको सिन्डिकेटलाई औंल्याएको थियो। समितिले कानुनमा निषेध भएको सिन्डिकेटको जड अन्त्य नभएसम्म दुर्घटना नघट्ने तथा यातायात क्षेत्रमा मनपरी रोक्न नसकिने सुझाव दिएको थियो।

लामो समयपछि चालकलाई कस्ने नियम ल्याउन सफल भएको सरकारले सिन्डिकेटको जड अन्त्य गर्ने ऐन तथा नियमावली कहिले ल्याउला त?

भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसीप्रसाद सिटौला भन्छन्, 'सवारी तथा यातायात व्यवस्था ऐन र नियमावली संशोधनको सबै तयारी पूरा भएको छ। प्रक्रिया पूरा गरी छिट्टै ल्याउने तयारी गरिरहेका छौं।' यातायात क्षेत्रमा अघोषित रूपमा रहेको सिन्डिकेटलाई धेरै हदसम्म सरकारले कमजोर पार्न सफल भएको उनले बताए।

सरकारले सिन्डिकेटलाई प्रश्रय दिने व्यवसायीलाई कडा कारबाही गर्ने अधिकारसम्पन्न ऐन तथा नियमावली केही समयभित्रै ल्याउने सिटौलाले दाबी गरे। 'सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को संशोधन मस्यौदामा सरोकारवालाहरूसँग छलफल चलिरहेको छ र सवारी तथा यातायात नियमावली, ०५४ को मस्यौदा तयार भइसकेको छ,' उनले नागरिकसँग भने, 'सबैतिरबाट सहयोग हुने हो भने नियमावली तुरुन्तै पास हुनेछ र हामी कार्यान्वयनमा गइहाल्ने छौं।'

उनले सिन्डिकेट र यातायात क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि सरकारले आफ्नो नेतृत्वमा समिति बनाएकाले १५ दिनको समयसीमाभित्रै सिन्डिकेट अन्त्य गर्ने कडा व्यवस्था ल्याउने दृढता व्यक्त गरे।

यातायात मजदुर संघ तथा संगठनहरूले पनि सरकारले मजदुरलाई मात्र नभई व्यवसायीको विकृति रोक्ने कानुन तत्काल ल्याउनुपर्ने बताएका छन्। अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका सहसंयोजक संगम लिम्बूले मजदुर मात्र कस्ने कानुन ल्याएर सरकारले व्यवासायीलाई छुट दिन खोजिरहेको आरोप लगाए।

'मजदुरी गरेर खानुपर्ने व्यवसायीलाई पढाइ र उमेरको ठूलो सीमा राखेर सरकारले हजारौं मजदुरमाथि अन्याय गरिरहेको छ,' उनले भने, 'सिन्डिकेटका नाममा मनपरी गर्ने व्यवसायीका विषयमा भने कुनै कुरा उठाएको छैन। यो सरासर गलत हो।'

उनले दुर्घटना न्यूनीकरण र समग्र यातायात क्षेत्रमा भएका विकृति रोक्न सरकारका तर्फबाट भएको पहलको स्वागत गर्दै सार्वजनिक यातायात चालक हुन कक्षा १० पास गर्नुपर्ने र २५ वर्षको उमेर सीमालाई केही कम गर्न माग गरे।

व्यवसायीकै दबाबका कारण लामो समयदेखि अडि्करहेको सवारीचालक नियमावली पास भएलगत्तै व्यवसायीले नयाँ ल्याउने तयारी भएको ऐन तथा नियमावली रोक्न पुनः दबाब सिर्जना गर्न सुरु गरेको स्रोत बताउँछ। तर, प्रधानमन्त्री, केही मन्त्री तथा संविधानसभाका सदस्यले ऐन तथा नियमावली तुरुन्त पास गरेर सिन्डिकेटलाई निमिट्यान्न पार्न चासो दिन थालेपछि नयाँ कानुन आउने सम्भावना बढेको छ।

सचिव सिटौलाले यातायात क्षेत्रमा अपनाइएको उदारीकरणका नाममा निजी क्षेत्रको मनमानी अन्त्य गर्ने व्यवस्थासहित नयाँ ऐन तथा नियमावली ल्याउने र त्यसलाई कसैले रोक्न नसक्ने दाबी गरे। 'यातायात क्षेत्रमा निजी क्षेत्रको मनमानी र विकृति भयावह रूपमा बढेको छ,' उनले भने, 'यातायातमा निजीको विकल्पका रूपमा अन्य बाटोसमेत खोल्ने गरी सरकारले ल्याउन लागेको नयाँ कानुन कुनै पनि दबाबमा, कसैले रोक्न सक्दैन।'

उनका अनुसार सिन्डिकेट प्रोत्साहन गर्नेलाई कैदसजायदेखि ठूलो मात्रामा जरिवाना गर्ने, गल्ती गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने, हाल ऐनमा भएको सजाय तथा जरिवाना हद भारी मात्रामा बढाउने प्रावधानसमेत संशोधन मस्यौदामा राखिएका छन्। प्रस्तावित मस्यौदामा दोषी चालक तथा व्यवसायीलाई दुर्घटनास्थलमै कारबाही गर्ने, दुर्घटनाको प्रकृति हेरेर घटनास्थलमै चालकको लाइसेन्स र रुट पर्मिट खारेजसम्म गर्नसक्ने व्यवस्था गर्न लागिएको छ। निजी क्षेत्रको एकाधिकार तोड्न सरकारले पनि सार्वजनिक सवारी चलाउने र सवारी रुट पर्मिट कडाइसाथ लागू गर्ने व्यवस्था प्रस्तावित सवारी नियमावली संशोधन मस्यौदामा छ।

मन्त्रालयले लामो समयदेखि नयाँ ऐन तथा नियमावली ल्याउने तयारी गरे पनि सिन्डिकेटकै बलमा यातायात क्षेत्रमा विकृति मच्चाइरहेका व्यवसायीले केही उच्च तहका कर्मचारीदेखि राजनीतिक दलका नेतासमेतलाई आफ्नो पक्षमा पारी रोकिरहेका थिए। सार्वजनिक यातायातमा सरकारको उपस्थिति हुनेबित्तिकै आफ्नो बजार खोसिने डरमा रहेका उनीहरू अहिले पनि ती ऐन तथा नियमावली रोक्ने खेलमा लागिरहेको स्रोत बताउँछ।

प्रस्तावित नियमावलीले पुराना ऐनमा भएका प्रावधान कडाइसाथ कार्यान्वयनमा ल्याउन भौतिक तथा जनशक्ति पूर्वाधारसमेत किटान गरेको छ। यसमा यातायात निरीक्षकको नियुक्ति प्रमुख छ। प्रचलित सवारी ऐनको धारा १५७ ले यातायात निरीक्षक नियुक्तिको व्यवस्था गरेको छ।

यातायात व्यवसायी तथा चालकले कानुनमा रहेर सवारी चलाएको वा नचलाएको तथा ऐनबमोजिम पालना गर्नुपर्ने सर्त पूरा गरे/नगरेको निरीक्षण गर्ने जिम्मा ऐनले यातायात निरीक्षकलाई तोकेको छ। हालसम्म यस्ता निरीक्षक नियुक्त गरिएको छैन। अबदेखि निरीक्षक नियुक्त गरेर सार्वजनिक यातायातमा भइरहेको मनपरी निरीक्षण गर्ने व्यवस्था ल्याउन लागिएको छ। नियमावली संशोधनमार्फत ल्याउन लागिएको उक्त व्यवस्थामा समेत व्यवसायीले आपत्ति जनाइरहेको स्रोत बताउँछ।

यातायात निरीक्षकको नियुक्तिलगत्तै दुर्घटनास्थलको स्थलगत निरीक्षण, सिन्डिकेट गर्नेलाई कारबाही, चालकको लापरबाही, सवारी जाँच भए/नभएको, रुट पर्मिटको पालना, क्षमताभन्दा बढी यात्रु राख्ने, यातायात समितिको मनपरी, बस व्यवसायीको लापरबाहीलगायत सबैलाई कारबाही गर्न सकिन्छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने कानुन निर्माण क्रममा व्यवसायीले कसैलाई दबाब नदिएको दाबी गर्छन्। सरकारले ल्याउन लागेको कानुनबारे पर्याप्त छलफल नभएको भन्दै उनले सबै सरोकारवालासँग छलफल गराउन मात्र व्यवसायीले आवाज उठाइरहेको बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस