दुई सातामै थलाइयो अनुगमन समिति
२४ मंसिर २०७१
•
९ मिनेट पाठ
दुई सातामै थलाइयो अनुगमन समिति
काठमाडौं- शृंखलाबद्ध सडक दुर्घटनाले ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि यातायात व्यवस्था विभागको नेतृत्वमा डेढ महिनाअघि निजी व्यवसायी, यातायात मजदुर तथा उपभोक्ता प्रतिनिधिसमेतलाई राखेर उच्चस्तरीय अनुगमन समिति गठन गरिएको थियो।




समितिले विभागका तत्कालीन महानिर्देशक काशीराज दाहालको सक्रियतामा दुईवटा बैठक बसेर दुर्घटना न्यूनीकरणनिम्ति अल्पकालीन र दीर्घकालीन योजना अघि बढायो।
यातायात सिन्डिकेट खारेजी र व्यवसायी तथा चालकलाई जिम्मेवार बनाउन हदैसम्मको कारबाहीजस्ता प्रयास समितिले गरेको थियो। यी प्रयास कार्यान्वयन भए सिन्डिकेटको दबदबा अन्त्य हुने देखेर यातायात व्यवसायी नराम्ररी झस्किए। उनीहरूले त्यसयता समितिको बैठक अघि बढ्नै दिएनन्।
यसबीच कात्तिक र मंसिरमा मात्र विभिन्न सडक दुर्घटनामा ३ सय ३३ को ज्यान गइसकेको छ। दुर्घटना रोक्न व्यवसायी र चालकलाई जिम्मेवार बनाउने उद्देश्य बोकेको अनुगमन समितिको भने बैठकधरि बस्न सकेको छैन। उल्टो समितिलाई नै खारेज गराउने खेल सुरु भएको छ।
यातायात क्षेत्रमा देखिएका समग्र समस्या र विकृति पहिचान, सुझाव संकलन तथा समाधानका उपाय खोज्न कात्तिक १० गते समिति गठन गरिएको थियो। दुई महिनामा सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको समितिले पहिलो सातामै दुइटा बैठक गरेको थियो। ती बैठकमा महŒवपूर्ण निर्णय भए पनि कार्यान्वयन भने गर्न दिइएन। दुर्घटना न्यूनीकरणमा भएको पहिलो प्रयास त्यसै तुहियो।
सुरुका दुई बैठकले यातायात क्षेत्रको अघोषित सिन्डिकेट तथा कार्टेलिङ पूर्ण अन्त्य गर्ने, सिन्डिकेटलाई प्रोत्साहन गर्ने व्यवसायीमाथि कारबाही गर्ने, यात्रुबाहक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक्ने, सवारीको छत क्यारियर हटाउने, रुट पर्मिटभन्दा बाहिर सवारी चलाउनेलाई कारबाही गर्ने र सार्वजनिक सवारीका चालकको उमेरहद बढाउनेलगायत निर्णय गरेका थिए।
समितिमै रहेका यातायात व्यवसायीलाई भने यी निर्णय पचेन। सार्वजनिक सवारीको विकृति रोक्न सरकारतर्फबाट पनि यातायात सेवा सञ्चालन गर्ने कुरा उठेपछि त निजी व्यवसायी झनै चिढिएको स्रोत बताउँछ।
समितिले यही तरिकाबाट काम गरेर सरकारलाई प्रतिवेदन बुझाए यातायात क्षेत्रमा रहेको आफ्नो अघोषित एकाधिकार खोसिने त्रास बढ्यो व्यवसायीमा। उनीहरू समितिको काम रोक्ने खेलमा लागे। नभन्दै, दुइटा बैठकपछि तत्कालीन महानिर्देशक तथा समितिका अध्यक्ष दाहाललाई नै सरुवा गरेर कात्तिक २४ गते कृषि मन्त्रालय पुर्या इयो।
स्रोतअनुसार तालुकवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत जानकारी नदिई सामान्य प्रशासनतर्फबाटै दाहालको सरुवा गरिएको थियो। यसमा व्यवसायीकै अप्रत्यक्ष हात रहेको अधिकारी बताउँछन्।
मन्त्रालयलाई खबरै नगरी दाहालको सरुवा गरिएको विषयमा भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसी सिटौलाले समेत आश्चार्य व्यक्त गरेका थिए। 'हाम्रो मन्त्रालयअन्तर्गतका कर्मचारीलाई के आधारमा सरुवा गरिएको हो, आश्चार्यमा छौं,' उनले दाहालको सरुवालगत्तै भनेका थिए।
समितिमा यातायात विभागकै महानिर्देशक अध्यक्ष रहने व्यवस्था भएकाले नयाँ महानिर्देशक ल्याउन नदिने चलखेलसमेत भइरहेको मन्त्रालयका अधिकारी बताउँछन्।
दाहालको सरुवापछि समितिको काम पूर्ण रूपमा रोकिएको सचिव सिटौला पनि स्विकार्छन्। व्यवसायीकै चलखेलले एक महिनादेखि नयाँ महानिर्देशक नियुक्ति नभएकोमा भने उनले असहमति जनाए। 'प्राविधिक कारण' नियुक्ति हुन नसकेको उनको भनाइ छ।
'हामीले पहल गरिरहेका छौं, तर केही प्राविधिक कारणले नयाँ महानिर्देशक नियुक्ति हुन सकेको छैन,' उनले बुधबार नागरिकसँग भने, 'महानिर्देशक नहुँदा विभाग र समितिका काम रोकिएका छन्, छिट्टै नियुक्त गर्छौं।'
समितिले गठन भएको दुई महिनाभित्र यातायात क्षेत्रमा देखिएका समस्याबारे अध्ययन गरेर सडक दुर्घटनाका कारण, न्यूनीकरणका उपाय, सवारी व्यवस्थापनका चुनौती तथा योजना, सार्वजनिक सवारीमा बढेको विकृति, यात्रुले पाएको सास्ती, आरक्षण सिट, ट्राफिक नियम पालना, चालक, सवारी तथा सडकको अवस्थालगायत विषयमा सुधारका उपायसहित प्रतिवेदन बुझाउनुपर्ने थियो।
समितिमा ट्राफिक प्रहरी महाशाखा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, सडक विभागका कर्मचारी, यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, यातायातसम्बद्ध तीन मजदुर संगठनका प्रतिनिधि, गुणस्तर तथा नापतौल विभागका कर्मचारी, नेपाल प्रहरीका प्रतिनिधि र उपभोक्ता हित संरÔण मञ्चका प्रतिनिधि सदस्य छन्।
समितिका एक सदस्यका अनुसार बैठकमा व्यवसायीतर्फबाट सच्चिनुपर्ने धेरै विषय उठेका थिए। समितिका तत्कालीन अध्यक्ष दाहालले व्यवसायीले पालना नगरेका कानुनी व्यवस्था, कमजोरी र उनीहरूका गल्तीलाई सरकारको निगरानीमा राख्दै उनीहरूकै सहभागितामा कार्यान्वयनमा लैजान जोड दिएपछि व्यवसायीले विरोध जनाएका थिए।
'सामान्य विषयमा व्यवसायीका प्रतिनिधिले सहमति गरेका थिए,' समितिका एक सदस्यले नागरिकसँग भने, 'उनीहरूको गल्ती, सिन्डिकेट तथा कार्टेलिङका विषयमा भने व्यवसायी मौन बसे।'
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने समितिको बैठक रोकिनुमा व्यवसायीको कुनै हात नभएको दाबी गर्छन्।
'विभागका महानिर्देशक सरुवाको विषय सरकारको हातमा छ,' उनले बुधबार नागरिकसँग भने, 'सरकारी कर्मचारी सरुवामा व्यवसायीको हात हुँदैन।' उनले विभागका महानिर्देशक अध्यक्ष रहने प्रावधानका कारण समितिको बैठक बस्न नसकेको बताए।
समितिको निर्णयअनुसार यात्रुवाहक बसका छत क्यारियर निकाल्न सुरु भइसकेको थियो। व्यवसायीको दबाबपछि यो निर्णय पनि तत्काललाई रोकिएको छ।
सवारी तथा यातायात नियमावली, ०५४ अनुसार लामो दुरीमा चल्ने बसमा तोकिएको आकारमा बाहेक अन्य यात्रुवाहक सवारीमा छत राख्न पाइँदैन। नियमावलीले छतको क्यारियर बसको लम्बाइको आधा र ८ इन्च उचाइको हुनुपर्ने तोकेको छ। समितिले यही आधारमा छत क्यारियर हटाउने निर्णय लिएको थियो।
पछिल्ला दिनमा भएका दुर्घटनामा छत क्यारियरमा अत्यधिक यात्रु राखेकै कारण बढी मानवीय क्षति भएको पाइएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस