इलाम-दन्त उपचारनिम्ति पुवामझुवा–१ बाट तराई झरेकी गोमा ढकाल २२ दिनपछि गाउँ फर्किंदा घर भत्किएको थियो। सासू–ससुरा मिलेर ‘दाँत निकाल्न गएकी बुहारी उतै हराई' भन्दै घर भत्काइदिएका थिए।‘परपुरुषसँग सल्किएको' आरोपमा पुवामझुवा–३ कै एक गुरुङ्सेनी पतिको आक्रमणमा परिन्। घर बिगारेको र परिवारको बेइज्जत गरेको आरोप सहन नसकी उनले जिउमा मट्टीतेल छर्किंदै आगो लगाइन्। ‘कानमा लगाएको सुन हराएको' आरोपमा पुवामझुवा–८ कै सुनुवार थरकी अर्की महिला उसै गरी पतिको आक्रमणमा परिन्। मरणासन्न भएकी उनी पीडा खेप्न नसकेर विष सेवन गरी अचेत भइन्।
लैंगिक हिंसाविरुद्ध विश्वव्यापी १६ दिने अभियान चलिरहँदा इलामको एउटै गाउँ पुवामझुवामा भएका महिला हिंसाका यी घटना उदाहरण मात्र हुन्। पीडित महिला ‘आफूले त्यसो नगरेको' बताउँछन् भने परिवारकै ‘पीडक' चाहिँ बाध्य भएर हात हाल्नुपरेको जिकिर गर्छन्।
पुवामझुवाका घटना नियाल्दा सानो निहुँमै महिलामाथि अन्याय भएको पाइएको छ। घर भत्काइएपछि ढकाल छिमेकीको शरणमा बस्दैछिन्। परिवारबाट बहिष्कृत उनको अवस्था नाजुक छ। ‘सल्केको' आरोप सहन नसक्दा मृत्यु रोज्दै शरीरमा आगजनी गरेकी गुरुङ्सेनी थलिएकी छन्। पारिवारिक हेलाहोचो त छँदैछ। जानीजानी सुन नहराएकी सुनुवार धरानमा निकै दिनको उपचारपछि घर फर्केकी छन्। तर, तंग्रिएकी छैनन्।
अभियान अन्तिममा पुग्दै गर्दा सदरमुकाममा मंगलबार आयोजित एक कार्यक्रममा महिलाहिंसाका घटनाको फेहरिस्त नै प्रस्तुत गरियो। सुनगाभा विकास संस्थाद्वारा आयोजित ‘महिला मुद्दाका सबालमा सञ्चारकर्मीको भूमिका' विषयक अन्तरक्रियामा सञ्चारकर्मी उर्मिला सुवेदीद्वारा प्रस्तुत कार्यपत्रमा साढे ९ महिनाभित्रका घटना समेटिएको थियो। त्यसले पनि हिंसा नरोकिएको देखाएको छ।
‘उक्त अवधिमा सम्बन्धविच्छेदका ६८, घरेलु हिंसाका ३६, बलात्कारका ५, बहुविवाहका ४, श्रीमान्द्वारा हत्याका २, मानव बेचबिखनका ३ र हराएका महिलाको संख्या ३७ छ,' आधिकारिक निकायलाई उद्धृत गर्दै तयार पारिएको कार्यपत्रमा उल्लेख छ, ‘ती सबैजसो घटनामा महिलामाथि अन्याय परेको छ।' त्यस अवधिमा महिला तथा बालबालिका कार्यालयमा १६ उजुरी परेको उल्लेख छ।
महिलाहिंसा रोक्न सरोकारवालाले विभिन्न अभियान चलाए पनि घटना बढिरहेको जनाउँदै कार्यपत्रमा ‘सामाजिक चेतनाको स्तर नउक्सिएसम्म महिलाले अन्याय सहिरहनुपर्ने' उल्लेख छ। नयाँ पुराना घटनाक्रम सुनिसकेपछि महिला मुद्दामा अधिवक्ता टीका पौडेल भारद्वाजले भनिन्, ‘शिक्षा र चेतनाको स्तर जतिसुकै माथि पुगे पनि गाउँ–सहर दुबैतिर महिलाहिंसाका घटना रोकिएका छैनन्, यो दुःखको कुरा हो।'
डेढ दशकदेखि महिला मुद्दामा वकालत गर्दै आएकी उनले ‘पुरुषको पित्तृसतात्मक मानसिकता अन्त्य नभएसम्म यस्ता घटना दोहोरिरहने' दाबी गर्दै सरोकारवाला सबैको सक्रियतामा मात्र यो क्रम रोकिने बताइन्। ‘सहरका गोष्ठी–सेमिनारमा समानताको चर्चा चले पनि ग्रामीण महिलाले भोग्ने सास्ती अझै भनिसाध्य छैन,' पौडेलले सुनाइन्, ‘कयौं महिलाले आत्मसम्मान गुमाएर बाँच्नुपरिरहेको छ।'
माइती नेपालको पशुपतिनगरस्थित ट्रान्जिट कार्यालयका अनुसार हराएका ३७ महिलाको अवस्था अज्ञात छ। त्यसलाई ‘कहालीलाग्दो रूप' भन्दै उनले पछिल्ला वर्षमा मानव बेचबिखनका घटना बढिरहेको जनाइन्। ‘पहिले १० वर्षमा तीन/चारवटा मात्रै त्यस्ता घटना सुन्नमा आउँथे, अचेल एकै वर्षमा धेरैवटा बेचबिखनका घटना हुँदैछन्' उनले भनिन्, ‘समाज चेतनशील हुँदैछ या निर्दयी, बु‰नै मुस्किल।'
जिल्लाका पाँच गाविसमा महिलाहितका कार्यक्रम चलाउँदै आएको संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। संस्था अध्यक्ष धर्म दाहालको अध्यक्षतामा आयोजित अन्तर्कियामा दुई दर्जनभन्दा बढीको सहभागिता थियो। महिंला हिंसाका घटना न्युनीकरणमा सञ्चारकर्मीको उल्लेख्य भूमिका अपेक्षा गरेको बताउँदै संस्था सचिव कृष्ण श्रेष्ठले सरोकारवालावीच समन्वयको खाँचो औंल्याए।
इलाममा सुनगाभा क्लवद्वारा मंगलवार आयोजित अन्तर्कियाका सहभागी। तस्बिर : बेनुप