काठमाडौं— राजधानीको बबरहमलामा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक एक युवतीको मृत्यु भएको छ। पुरानो बसपार्कबाट घुलिखेलतर्फ जाँदै गरेको बा २ ख ३७ नम्बरको मिनिबसले सोही दिसातर्फबाट आइरहेको बा ६३ प ४३२४ नम्बर स्कुटरलाई ठक्कर दिँदा स्कुटर उछिटि्टएर बसमुनि पुगेको थियो।
ठक्करका कारण स्कुटी चालक २१ वर्षिया शान्ता हमाल गम्भिर घाइते हुन पुगेको थिइन। उनलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा पुर्याइएको थियो। तर अस्पतालमा पुगेपछि उनको मृत्यु भएको थियो। म्याग्दी जिल्लाकी हमाल न्युरोडस्थित नस्तुते बचत तथा ऋण सहकारी संस्थामा काम गर्दै आइरहेकी थिइन्। बसका चालक रवीनकुमार कोजु श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी सन्तोष खड्काले बताए।
बबरमहलमा यसअघि २७ असोजमा तीन जनाको मृत्यु हुने गरी मिनिबसबीच सडकमै पल्टिएको थियो। उक्त बसले तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो भने एउटा मोटरसाइकललाई थिचेको थियो। दुर्घटनामा ९ जना घाइते भएका थिए।