इलाम– आत्महत्या गर्नेको संख्या उच्च रहेको इलाममा आइतवार छुट्टाछुट्टै ठाउँका दुई जनाले झुण्डिएर आत्महत्या गरेका छन्। उनीहरुसँगै चालु आर्थिक बर्ष २०७१÷७२ का चार महिनामा आत्महत्या गर्नेको संख्या १९ पुगेको छ। आत्महत्याको विषय सबैको टाउको दुःखाई भए पनि न्युनीकरणका उपाय खासै अपनाइएको छैन।जिल्ला प्रहरी कार्यालयका अनुसार, दानावारी–१ की ३५ बर्षीया लक्ष्मी शिवा दर्जीले आफ्नै घरको सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । स्थानी ईश्वरबहादुर दर्जीस"ग तीन महिनाअघि विवाह गरेर आएकी लक्ष्मीको आत्महत्याको कारण खुल्न सकेको छैन । उनको माइती खोटाङ भएको प्रहरीले जनाएको छ ।
यस्तै, सा"खेजुङ–२ का ४० बर्षीय घनश्याम गुरुङले पनि आइतवार बिहानै आत्महत्या गरेका हुन् । राती खाना खाएर घरमै सुतेका उनी आफ्नै खेतको खन्युको रुखमा सनपाटको डोरीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । एक सन्तानका अभिभावक गुरुङको पनि आत्महत्याको कारण खुलेको छैन ।
'आत्महत्या गर्नेक्रम इलाममा पहिलेभन्दा घटेको छैन, पछिल्लोपल्ट एकै दिन दुई जनाले त्यसरी ज्यान खेर फालेका छन्' कार्यालयका इन्सपेक्टर पदम थपलियाले भने, 'मानसिक समस्या झेल्दै आएका सबै उमेर समूहका मानिसले मृत्युको अप्रिय बाटो रोजेको पाइन्छ ।' अघिल्लो बर्ष ८० जनाले आत्महत्या गरेका थिए ।