हिमपातका कारण तीन जिल्लाका प्रहरी चौकी सदरमुकाममा सारिए
१२ पौष २०७८
•
२ मिनेट पाठ
हिमपातका कारण तीन जिल्लाका प्रहरी चौकी सदरमुकाममा सारिए
आइतबार हुम्लामा परेको हिमपात। तस्बिर: नागरिक
हिमपात सुरु हुन थालेसंगै डोल्पा, हुम्ला र मुगुको माथिल्लो भागमा रहेका सिमा प्रहरी चौकी र अन्य चौकीहरु सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा गाभिएको (मर्ज) गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ३ जिल्लाका ८ वटा प्रहरी चौकी जिल्लास्थित प्रहरी कार्यालयमा गाभिएको हो।




डोल्पामा दुई सिमा प्रहरी चौकी ५ वटा प्रहरी चौकी हिमपातका कारण सदरमुकाम दुनै सारिएका छन्। डोल्पा सदरमुकाम दुवैस्थित जिल्ला प्रहरी कार्यालयमा मर्ज भएका (सारिएका) चौकीहरुमा सिमा प्रहरी चौकी नाम्दो, सिमा प्रहरी चौकी तिन्जे, प्रहरी चौकी भिजेर, प्रहरी चौकी धौं र अस्थाई प्रहरी बेश राप रहेको छन्। 

त्यस्तै हुम्लाका दुई सिमा प्रहरी चौकी जिल्ला प्रहरी कार्यालयमा गाभिएको छ। गाभिएको चौकीहरुमा सिमा प्रहरी चौकी हिल्सा र सिमा प्रहरी कार्यालय लिमि रहेका छन्। मुगुको एउटा सिमा प्रहरी चौकी मुगु मुगु पनि जिल्ला प्रहरी कार्यालय गमगढीमा सारिएको छ। प्रहरी चौकी सहित गाउँ नै रित्तो पारेर स्थानीयहरु समेत हिमपात र चिसो छल्र्न सदरमुकामतिर आउने गर्दछन्। अधिकाँश प्रहरी चौकीहरु कात्तिकको पहिलो हप्तामै जिल्ला सदरमुकाम  गाभिएका हुन्।

बाक्लो हिमपात र अत्याधिक चिसो हुने भएको त्यसबेला उच्च हिमाली गाउँहरुमा हिड्दुल गर्न नसकिने भएको प्रहरीदेखी स्थानीय गाउँका स्थानीयहरु गाउँ रित्तो पारेर सदरमुकामतिर झरेका हुन्। हिमपात नै मुख्य समस्या भएकाले हिउँ परेका बेला हिड्दुल गर्न नसकिने, विरामी भए स्वास्थ्य उपचार पाउन मुस्किन हुने, राशन लैजान गाह्रो हुने भएकाले प्रहरी चौकी सदरमुकाममा मर्ज भएको हुम्लाका प्रहरी प्रमुख(डिएसपी) हेरम्ब शर्माले बताए। 

अहिले प्रहरी चौकीसंगै हिल्सा, लिमी, तिल जाङ लगायत गाउँका स्थानीयहरु सदरमुकाममा हिउँदभरका लागि झरिसकेका छन्। गाउँमा ताला ठोकेर सवै परिवारसहित गाउँ नै रित्तो राखेर सदरमुकाम आएका हुन्। हिमपातमा बाक्लो हिउँसंग जुध्नका भवनदेखी प्रहरीले प्रयोग गर्ने सामाग्रीहरु नहुँदा र    स्थानीयहरु धेरै झर्ने भएकाले प्रहरी सदरमुकाममा मर्ज गर्नु परेको डोल्पाका प्रहरी प्रमुख (डिएसपी) निरञ्जन थापाले बताए। 

अधिकाँश प्रहरी चौकीहरु भाडाँका घरमा बस्ने गर्दछन्। डोल्पाका शे फोक्सुडो, डोल्पो बुद्ध , छार्का  ताङसोङ गाउँपालिकाबाट अधिकाँश स्थानीयहरु सुरक्षित स्थानको खोजीमा भेरी किनारमा रहेको डोल्पा सदरमुकाम दुनैमा झर्ने गर्दछन्। ‘कात्तिक मंसिरमै लिमिका स्थानीय झर्छन्।’  सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले भने, ‘हिउँ पर्नु अगावै झरे सिमकोट आउन सक्छन्। ढिला गरे बाटोमा हिउ छिर्चोल्न सकिदैन्। गाउँमै बस्नुपर्ने बाध्यता हु्न्छ।’ उनका अनुसार अधिकाँश हिउँ नपर्दै सिमकोट झर्ने गर्छन्।
अर्को समाचार
हिमपातका कारण ८ प्रहरी चौकी सारिए
१२ पौष २०७९
•
१ मिनेट पाठ
हिमपातका कारण ८ प्रहरी चौकी सारिए
चिसो र हिमपात हुन थालेसँगै कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाका ८ वटा प्रहरी चौकी सदरमुकाममा अस्थाई रुपमा सारिएको छ। डोल्पा, हुम्ला र मुगुका ८ प्रहरी चौकीहरू जिल्ला प्रहरी कार्यालयमा सारिएको हो।




कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार डोल्पामा ५ वटा प्रहरी चौकी, हुम्लामा २ वटा प्रहरी चौकी र मुगुमा १ वटा प्रहरी चौकी जिल्ला सदरमुकाममा सारिएका हुन्। हिमपातसँगै प्रहरी चौकी भएका स्थानहरू अन्य क्षेत्र सँग सम्बन्ध विच्छेद हुने भएकाले ती प्रहरी चौकीमा कार्यरत सबै प्रहरीसँगै हतियार र अन्य सामाग्रीसहित चौकीमा ताला लगाएर सदरमुकाम फर्किएका हुन्।

डोल्पाका इलाका प्रहरी कार्यालय, नाम्दो, इलाका प्रहरी कार्यालय, तिन्जे, प्रहरी चौकी भिजेर, प्रहरी चौकी धौ, अस्थाई प्रहरी चौकी बेश राप रहेका छन् भने, हुम्लामा इलाका प्रहरी कार्यालय लिमि, इलाका प्रहरी कार्यालय हिल्सा रहेको छ। त्यस्तै मुगुमा इलाका प्रहरी कार्यालय मुगु रहेको छ।

हिमपातका कारण कर्णालीका उच्च भागहरूका बस्तीहरू करिब ४ महिना खाली हुन्छन्। स्थानीयहरू हिउँ नपर्ने भागतिर सर्ने गर्दछन्। नेपाल प्रहरीसँग अत्यधिक चिसो र हिउँ परेका बेला बस्ने घरदेखि ओढ्ने, ओछ्याउने र लगाउने कपडासमेत सरकारले उपलब्धता नभएका कारण करिब ४ महिना हिउँले ढाँकेको स्थानमा बस्न गाह्रो हुने भएकाले सदरमुकाममा प्रहरी टोली नै सर्नु परेको प्रहरी अधिकारीहरू बताउँछन्।

हिमपात हुनु अगावै नै प्रहरी टोली जिल्ला सदरमुकाममा सारिने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए।
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस