रित्तिँदै सामुदायिक स्कुल
१८ मंसिर २०७१
•
८ मिनेट पाठ
रित्तिँदै सामुदायिक स्कुल
झापा- बाहुनडाँगी–८ अम्लिसेस्थित देवी प्रस्तावित निमाविको एउटा कक्षा। कोठाभरि डेस्कबेन्च भरिभराउ छन्। तर, विद्यार्थी छैनन्। जम्मा पाँच जना मात्रै छात्रछात्रा भएको यो कक्षाका सबै जना एउटै बेन्चमा बसे पनि अट्छन्। तर, सबै जना सधैं नआउँदा त्यही एउटा बेन्च पनि धेरै हुने गरेको छ।पढाउन एक जना शिक्षक थपिँदा ठूलो कक्षाकोठामा जम्मा ६ जना हुन्छन्। हालैको एक दिन कक्षामा पाँचै विद्यार्थी भेटिए। 'आज परीक्षा भएकाले मात्रै सबै विद्यार्थी भेटिए', प्रधानाध्यापक जगन्नाथ भण्डारी भन्दै थिए 'नत्र अरू बेला यही संख्या पनि घट्छ।' अन्य कक्षामा पनि विद्यार्थीसंख्या उत्साहजनक छैन। त्यसैले विद्यालय अहिले 'विद्यालय जोगाऔं' अभियान चलाउने तयारी गर्दै छ। 
देवी निमाविबाट तीन किलोमिटर ओरालो झरेपछि भेटिन्छ बाहुनडाँगी–२ स्थित सरस्वती मावि। विद्यालयपरिसर बिहान ११ बजे नै सुनसान देखिन्थ्यो। भित्र चहार्दा एउटा कक्षामा जम्मा तीन जना मात्रै विद्यार्थी भेटिए। महेन्द्र मावि जलथलको दृश्य पनि यसभन्दा फरक थिएन। विद्यालयपरिसर लगभग सुनसानजस्तै देखिन्थ्यो। विद्यार्थी अभावकै कारण स्कुल सुनसान हुँदै गएको शिक्षक स्वयं बताउँदै थिए। 
दुर्गम गाउँका यी तीन विद्यालयले झापाभरिका सामुदायिक विद्यालयको चित्र अघि देखाउँछन्। विद्यार्थीसंख्या बढाउन सरकारले विभिन्न कार्यक्रममार्फत सामुदायिक विद्यालयमा लगानी बढाए पनि प्रतिफल शून्यबराबर छ। बरु हरेक वर्ष विद्यार्थीसंख्या घट्दो छ। राज्यले झन् धेरै लगानी गरिरहेको प्राथमिक तहमा अधिकांश स्कुलका कक्षाकोठा रित्तिँदै छन्। 
'यो समस्या जिल्लाभरि उत्तिकै छ,' जिल्ला शिक्षा कार्यालयका उपसचिव उद्धव विष्ट यसको कारणबारे भन्छन्, 'हामीले स्कुलमा विद्यार्थी झिकाउन सकेनौं, झिकाएकालाई टिकाउन सकेनौं, टिकेकालाई सिकाउन सकेनौं र सिकाएकालाई राम्रो ठाउँमा बिकाउन सकेनौं। यसले सामुदायिक स्कुलप्रति अभिभावकको विश्वास छैन।' अभिभावक र विद्यार्थीको विश्वास लगातार घटिरहेका कारण नै कक्षाकोठा रित्तिँदै गएको उनको भनाइ छ। 
पठनपाठनको भाषा फेरेर अंग्रेजी माध्यम अपनाइएका, निजीको झैं 'ड्रेसकोड' निर्धारण गरेर टाइबेल्ट अनिवार्य गरेका र अतिरिक्त क्रियाकलापमा जोड दिएर सोहीअनुसारका पूर्वाधार बनाएका सामुदायिक स्कुलमा पनि विद्यार्थी संख्या न्यून नै छ। यो सबै सामुदायिक स्कुलप्रति भरोसा हराउँदै जानुको परिणाम भएको जानकार बताउँछन्। 'नेपाली स्कुलमा नपढ्ने भन्दै छोराछोरी त्यता जानै मान्दैनन्', जलथलका चिया मजदुर शुक्रराज तामाङले भने, 'अनि दुःख गरेरै भए पनि तीन नानीलाई बोर्डिङ हालेको छु।' 
अघिल्लो शैक्षिक सत्रमा जिल्लाभरिमा प्राथमिक तहमा ५५ हजार ७ सय ४२ जना विद्यार्थी भर्ना भएका थिए। तर, यसपटक यो संख्यामा तीव्र गिरावट आएको शिक्षा कार्यालयको भनाइ छ। निमावि र मावि तहको चित्र पनि उस्तै निराशाजनक छ। कार्यालयले यसपटकको विद्यार्थीसंख्या यकिन गरिसकेको छैन। 'तर, संख्या घट्ने क्रम तीव्र छ,' उपसचिव विष्ट थप्छन्, 'हामीले अभिभावकको विश्वास जित्न नसकेकै कारण विद्यार्थी कम हुँदै गए।' बर्सेनि तामझामसाथ दुई चरणमा भर्ना अभियान चले पनि त्यसको प्रतिफल कक्षाकोठामा देख्न पाइँदैन।
महेन्द्र मावि जलथलका प्रधानाध्यापक टेकबहादुर थापाका अनुसार सानो कक्षामा विद्यार्थी संख्या लगातार घटिरहेको छ। भर्नाका लागि आउने विद्यार्थी पनि घरघर गएर माग्नुपर्ने अवस्था छ। 'हामीले अघिल्लो वर्ष बालशिक्षामा २२ जना नयाँ विद्यार्थी घरदैलो गर्दै ल्यायौं,' उनले भने, 'तर, एक वर्षपछि १९ जना विद्यार्थी बोर्डिङले लगे। हामी रित्तै भयौं।' 
सामुदायिक स्कुलले अभिभावकको विश्वास जित्न नसक्नुका पछि मुख्यतः पढाइको स्तर, विद्यालय अनुशासनको कमी, विद्यालय समय उपयोगमा भएको कमजोरी, फितलो सिकाइ प्रणालीलगायत कारण मुख्य रहेको शिक्षाकर्मी बताउँछन्। उनीहरूका अनुसार सँगै गाउँमै खुलेका निजी विद्यालयले रातदिन खटेर पढाउने हुँदा पनि तिनको उपलब्धि राम्रो हुँदै गएको तर तिनको तुलनामा सेवासुविधा र तालिम पनि उच्च तहमा पाएका शिक्षकले पढाउने स्कुलचाहिँ विद्यार्थीविहीन हुँदै गएका हुन्। 
जलथलका प्रधानाध्यापक थापा थप्छन्, 'निजी विद्यालयमा तिनै शिक्षक फाउन्डरको डरले मरिन्जेल खट्छन्। तर, सामुदायिक स्कुलमा चाहिँ धेरैले थकाइ मारेजस्तो गर्छन्। मुख्य समस्या यहीँ छ।' सामुदायिक विद्यालयमा शिक्षक पढाउनभन्दा राजनीतिक पार्टीको झोला बोक्न बढी सक्रिय भएको र लापरबाह शिक्षकलाई कारबाही गर्ने प्रभावकारी निकाय नभएका कारण पनि समस्या आएको उनको कथन छ।
संख्या कम भएकै कारण झापामा गत वर्ष बाल विकास प्रावि गरामनी र भानु प्रावि गोलधाप तथा र यस आवमा पृथ्वीनगरको शान्ति प्रावि मर्ज भएका छन्। विद्यार्थीसंख्या घटेकाले धाइजन, सतासीधाम, महारानीझोडा, बाहुनडाँगी, पृथ्वीनगरलगायत क्षेत्रका ६ वटा सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस