'भवन होइन भत्केको मन टाल'
१७ मंसिर २०७१
•
८ मिनेट पाठ
'भवन होइन भत्केको मन टाल'
इलाम— सेनाले बुवा र दाजुसहित परिवारका सात जनाको ज्यान लि"दा अञ्जिता नेपाली सानै थिइन्। दाङ गोल्टाकुरीकी उनी अहिले किशोरावस्थामा हिँड्दैछन् । गोल्टाकुरीकै जंगलमा हलो बनाउने रुख काट्न जाँदा सेनाले माओवादी आरोपमा अन्धाधुन्ध गोली चलाउ"दा १२ जनाको ज्यान गएको थियो। १७ साउन २०५९ को त्यो द्वन्द्वकालीन घटनामा अञ्जिताकै परिवारका सात जना सदालाई गुमेका थिए।

सेनाकै हवाई फायरमा परेर तिघ्रामा गोली लागेकी निमदिकी शेर्पा अहिले किशोरावस्थामै हिँड्दैछिन्। ताप्लेजुङ लेलेपकी उनी अहिले १४ बर्षकी भइन्। स्थानीय विद्यालयमा चार कक्षा अध्ययनरत छिन्। बाल्यकालमै सशस्त्र द्वन्द्वको असर व्यहोर्ने अञ्जिता र निमदिकी केही दिनअघि घर छोडेर राजधानीमा थिए। देशभरका अरु १३ जना द्वन्द्वपीडित बालबालिका पनि स"गै राजधानी पुगेका थिए।

'संसारकै चासो हुने गरी चर्केको द्वन्द्वमा मेरोजस्तो परिवारै गुमाउनेको पीडालाई राज्यले बेवास्ता गर्दै आएको छ' युद्धको पीडा भुल्न नसकेकी अञ्जिता भन्छिन्, 'सरकार गोली लागेका घर टाल्छ मात्रै गोली लागेका शरीरको उपचार गर्दैन, दुःखेका मन निको पार्न खोज्दैन ।' द्वन्द्वले शारीरिक र मानसिक क्षति व्यहोर्ने आफूजस्ता हजारौं बालबालिकाको हितमा काम गर्न उनले सबै पक्षलाई बिन्ति गरिरहेकी छन्।

दशक लामो सशस्त्र द्वन्द्वका क्रममा पाँच सयभन्दा बढी बालबालिकाको मृत्यु भएको, ४० हजार बालबालिका विस्थापित भएको र आठ हजारभन्दा धेरै बालबालिका टुहुरा बनेको अवस्थामा उनीहरु 'दुःखेको मन टाल्ने औषधि खोज्दै' राजधानी पुगेका हुन् । साताव्यापी बसाइमा उनीहरुले सरोकारवाला निकाय चहार्दा मन्त्री, सचिवदेखि मानवअधिकारवादी र सभासदसम्मलाई सहयोगनिम्ति हारगुहार गरे ।

देशभरका १७ संस्थाको अगुवाईमा केही द्वन्द्वप्रभावित बालबालिकाले राजधानी पुगेर सरोकारवालालाई सहयोगनिम्ति गुहारेका हुन् । सात बर्षदेखि विभिन्न ४६ जिल्लामा द्वन्द्वपीडित बालबालिकाको सामाजिक पुनः एकिकरण तथा पुनःस्थापनाका लागि भइरहेका कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै उनीहरु राजधानी पुगेका हुन् । द्वन्द्वपीडितलाई अघि सारेर सरोकारवाला संस्थाले ११ सूत्रीय माग राखेका छन् ।

मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूहका कार्यक्रम निर्देशक प्रकाश अधिकारीका अनुसार, द्वन्द्वपीडित बालबालिकाकै उपश्थितिमा ११ सूत्रीय ज्ञापनपत्र थुप्रै निकायमा बुझाइएको छ । महिला तथा बालबालिका मन्त्री निलम केसी खड्का, सोही मन्त्रालयका सचिव खुमराज पुंजाली, शान्ति कोषका निर्देशक मुकुन्दप्रसाद पौडेल, मानवअधिकार आयोग अध्यक्ष अनुपराज शर्मासमेतले त्यसलाई सकारात्मक मानेका छन् ।

'सशस्त्र द्वन्द्वले देशै अस्तव्यस्त भए पनि शान्ति कायम भएपछि भवन बनाउने, चौकी ठड्याउने, पुल तेस्र्याउने र क्षतिपूर्ति दिने काम मात्र भएका छन्' निर्देशक अधिकारीले नागरिकलाई भने, 'द्वन्द्वले प्रत्यक्ष असर पारेका र अहिलेसम्म विक्षिप्त जीवन बा"च्दै आएका बालबालिकाको हितमा खासै काम नभएकाले विभिन्न माग राखिएको हो ।' द्वन्द्वको चोट बिर्साउन पनि पीडित बालबालिकाको पक्षमा काम हुनैपर्ने उनी बताउ"छन् ।

ज्ञापनपत्रको पहिलो नम्बरमा '२०६७ मै बनेको राष्ट्रिय कार्ययोजनाअनुरुप द्वन्द्वपीडित बालबालिकाको पुनःस्थापना एवं पुनःएकिकरण गरी सरोकारवालालाई बालमैत्री बन्न आग्रह गरिएको छ । सरकारी तथा गैरसरकारी निकायबाट द्वन्द्व प्रभावित बालबालिकाको पहिचान गर्न यकिन तथ्यांक संकलन गर्नुपर्ने र दीर्घकालीन कार्यक्रम ल्याउनुपर्ने दोस्रो माग छ । राजनीतिमा बालबालिकाको प्रयोग रोक्न अर्को माग गरिएको छ ।

शान्ति कायम भएको बर्षौं बितिसक्दासमेत २७ जिल्लाका सात सय ४७ द्वन्द्व प्रभावित बालबालिका बालगृहमा बसिरहेको स्मरण गराउ"दै उनीहरुलाई परिवारमा पुनर्मिलन गराउन या पुनःस्थापना गराउन सुझाइएको छ । पीडित बालबालिकालाई निःशुल्क उच्च शिक्षा अध्ययन गराउन र आयआर्जनको दीर्घकालीन बन्दोवस्त गर्नसमेत भनिएको छ । यौन शोषणमा परेकालाई सरकारमार्फत अभिभावकत्व माग गरिएको छ ।

यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धी आयोगको काम कारवाहीलाई बालमैत्री पार्न सुझाइएको छ । बाल संरक्षण समिति, बाल क्लव र बाल सञ्जालमार्फत सरकारकाले केन्द्र, क्षेत्र र जिल्लामा द्वन्द्वपीडितको हितमा लगानी गर्नुपर्ने अर्को माग छ । राष्ट्रिय कार्ययोजना बनेको चार बर्ष बित्दासमेत सरोकारवालाले लक्षितको हितमा बजेट नछुट्याएकोमा आपत्ति जनाइएको छ ।

कतिपय द्वन्द्वपीडित बालबालिकाले उमेर नछिप्पिँदै परिवारमा अभिभावकको भूमिका निर्वाह गर्नुपरेको तथ्य अघि सार्दै उनीहरुलाई सहयोग गर्न अपिल गरिएको छ । शान्ति कोषका कार्यक्रममा बालबालिकाको दुःखलाग्दो स्थिति मध्यनजर गर्दै द्वन्द्वपीडित बालबालिकालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको छ । उल्लिखित माग पूरा भएमा द्वन्द्वपीडित बालबालिकाको अवस्थामा सुधार आउने सरोकारवालाको अपेक्षा छ ।

सशस्त्र द्वन्द्वको असरले आकुल बनेका बालबालिकाको उपश्थितिमा यस्ता माग राखिएपछि राष्ट्रिय मानवअधिकार आयोगले भरखरै एक विज्ञप्ति जारी गर्दै 'द्वन्द्वपीडित बालबालिकाको हितमा दीर्घकालीन कार्यक्रम ल्याउन सरकार तथा सरोकारवालालाई अपिल गरेको' छ । जसमा भनिएको छ, 'आयोगले आफ्नो छ बर्षे कार्ययोजनामा बालबालिकाका सवाल समेट्ने छ, अरु निकायले पनि त्यसप्रति उत्तिकै जिम्मेवार हुनुपर्छ ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस