काठमाडौं- उत्पादन वृद्धि गरी किसानको आर्थिक अवस्था उकास्न विभिन्न दाताको सहयोगमा सञ्चालित सरकारी परियोजनामा मनपरी खर्च हुने गरेको पाइएको छ। कृषि मन्त्रालयअन्तर्गत सञ्चालित यस्ता दर्जन कृषि परियोजनाको ७० प्रतिशतभन्दा बढी बजेट तालिम, खाजा र भ्रमणभत्तामै सकिने गरेको खुलेको हो।उत्पादनशील क्षेत्र कृषिमा उत्पादन बढाउने काममा रकम लगानी गर्ने लक्ष्य लिइएका कार्यक्रमको दुई तिहाइ रकम साधारण खर्च गर्नुको कारण कमिसनमा मिलोमतोकै कारण सरोकारवाला नै स्विकार्छन्।
दैलेख, सुर्खेत, जाजरकोट, अछाम, कालिकोट, जुम्ला र सल्यानमा ०६७/६८ बाट 'उच्च मूल्य कृषि परियोजना' सञ्चालित छ। ६ वर्षे यो परियोजनाको कुल बजेटको ७० प्रतिशत तालिम, खाजा र भत्ताकै लागि विनियोजन भएको परियोजना प्रमुख राजेन्द्र भारी स्विकार्छन्। उनका अनुसार परियोजनाको कुल बजेट (१ अर्ब ३२ करोड) मध्ये ४० करोड तालिम र ३२ करोड रुपैयाँभन्दा बढी यातायात खर्च र भत्तामा सकिन्छ।
'हाम्रो परियोजनाले कुल बजेटमध्ये ३० प्रतिशत मात्र किसानलाई दिँदै आएको छ,' उनले नागरिकसँग फोनमा भने, 'बाँकी रकम भ्रमण, भत्ता र खाजामा सकिन्छ।'
अनुत्पादनशील क्षेत्रका लागि बढी बजेट राखिनुको कारण कमिसनको खेल नै भएको कृषिविज्ञ बताउँछन्। उनीहरुका अनुसार कमिसनकै लागि बढी बिल बनाउने चलन छ जसमा दाता प्रतिनिधिसम्म मिलेका हुन्छन्।
तालिम, भत्ता र भ्रमण कार्यक्रम गर्दा मोटो रकम कमिसन खान पाइने भएपछि त्यतातिर बजेट गएको कृषिविज्ञ कृष्ण पौडेलको भनाइ छ। 'यस्ता कार्यक्रममा जति धेरै बिल बनायो, उति धेरै कमिसन पाइन्छ,' उनले भने, 'परियोजनाका प्रमुख, दाता र सरकारी कर्मचारी परियोजनाबाट मोटो रकम खान पल्केकाले बजेट अनुत्पादक क्षेत्रमा गएको हो।' नेपालमा सञ्चालित अधिकांश परियोजनाको पैसा खाजा र भत्तामै सक्ने गरेको पौडेलले बताए।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा मन्त्रालयअन्तर्गत सञ्चालित उच्च पहाड कृÈि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना (हिमाली), खाद्य सुरक्षा कार्यक्रम, साना तथा मझौला किसान आयस्तर वृद्धि परियोजना, किसानका लागि बिउबीजन कार्यक्रमलगायत आधा दर्जन परियोजनाले खाजा र भत्तामै दुईतिहाइ बजेट सक्छन्।
हिमाली आयोजनाको ६ वर्षे कुल अवधिभर ३ अर्ब रुपैया“ खर्च हुनेमा १ अर्ब ५ करोड रुपैया“ मात्रै किसानसम्म पुग्छ, अनुदानका रुपमा। यो आयोजना जुम्ला, मुगु, हुम्ला, डोल्पा, मनाङ, मुस्ताङ, रसुवा, दोलखा, सोलुखुम्बु र संखुवासभामा सञ्चालित छ।
उत्पादन वृद्धि गरी किसानको आर्थिक स्तर सुधार्न लगानी गर्नुपर्ने भए पनि हिमालीले पक्की भवन तथा अन्य पूर्वाधारमा लगानी गरेको भेटिन्छ। पहाडी जिल्लाका कृषि वस्तुको प्रवर्द्धन गरी त्यहा“का किसानको आर्थिक अवस्था सुधार्ने गरी सञ्चालनमा आएकोे आयोजनाको अनुदान रकम कृÈकमा भन्दा बढी प्रशासनिक खर्च र पक्की भवन निर्माणका लागि विनियोजन भएको छ।
'किसानलाई एउटा कापी, कलम, खाजा, भत्ता र भ्रमण कार्यक्रम राख्दा जति पनि बिल बनाउन पाइयो,' कृषि विकास मन्त्रालयका एक पूर्वसचिवले नागरिकसँग भने, 'जसले गर्दा सीमित मान्छेलाई दाताको पैसामा लुट्न मौका मिल्छ।'
सरकारका मुख्य सचिव लीलामणि पौडेलले सरकारी कर्मचारीकै मिलेमतोमा रकम दुरुपयोग हुने गरेको बताए। 'परियोजनाले राखेको तालिम तथा भ्रमण कार्यक्रमबाट अहिलेसम्म एउटा किसानले पनि सीप सिकेका छैनन्,' उनले नागरिकसँग भने, 'यस्ता कार्यक्रम राख्नुको लक्ष्य सबैले मिलेर खाने नै हो।'
कृषिका हरेक कार्यक्रममा उपलब्धिहीन कार्यक्रम हटाउन निर्देशन दिँदा पनि मन्त्रालयले पहल नगरेको उनले बताए। 'देशका हरेक क्षेत्रमा रकमको चरम दुरुपयोग भएको छ,' उनले भने, 'त्यसलाई नियन्त्रण गर्ने आँट कसैमा छैन।'
पाँचवटा पोखरी निर्माण गर्ने, त्यसको अनुगमन गर्ने नाममै सम्पूर्ण बजेट सकिने पौडेलको भनाइ छ। दाताले पनि आफूले लगानी गरेको परियोजनाबारे अध्ययन र अनुगमन नगर्नाले समस्या आएको उनले बताए। 'दाताबाट खटिएकै मानिस पैसा खान पल्किेका छन्,' उनले भने, 'यसो हुँदा आएको रकम सदुपयोग हुने त कुरै भएन नि!'
कृषिविज्ञ पौडेलका अनुसार बजेट तथा कार्यक्रम बनाउने अधिकार स्थानीय स्तरलाई दिए यो समस्या कम हुन्छ। अहिले कर्मचारीले चलखेल गरेर स्थानीय स्तरका कार्यक्रम पनि केन्द्रबाट बनाउने अनि अनुगमनका नाममा भत्ता खाने, खर्च बढाउने गर्दा कार्यक्रम बजेट थोरै र व्यवस्थापन खर्च बढी भएको हो। स्वायत्त सासन ऐन, २०५६ अनुसार बजेट बनाउने अधिकार स्थानीय स्तरमा दिए आवश्यकताअनुसार बजेट बन्छ र अनुगमन गर्न पनि सहज हुने उनको अनुमान छ।
कर्मचारीले कमिसन खान पाउने भएपछि स्थानीय स्तरका कार्यक्रम पनि केन्द्रमै बन्ने गरेको उनको भनाइ छ।