ढाका- ट्राफिक जामले हरेक दिउँसो अस्तव्यस्त रहने ढाकामै एउटा त्यस्तो ठाउँ छ, जहाँ सवारी साधनको प्याँप्याँपुँपुँ र ट्याँट्याँटुँटुँ खासै सुनिदैन। रुखबिरुवाले ढाकेको र मानवीय चहलपहल कम रहेको त्यो शान्त ठाउँको नाम हो- बडिधारा।केन्द्रविन्दुमै रहे पनि जोकोही नआइपुग्ने बडिधारा बंगलादेशको कूटनीतिक केन्द्रविन्दु हो, जहाँ कलात्मक किसिमले बनेको नेपालीसहित थुप्रैवटा दूतावासका आकर्षक भवन खडा छन्।
चौबिसै घण्टा बन्दुकधारी सुरक्षाकर्मी तैनाथ रहने अमेरिकी दूतावासकै अघिल्तिर छ नेपाली दूतावास। काठमाडौंका प्राचीन भवनको झल्को दिन्छ नेपाली दूतावासले। नदेओस् किन? कतिपय सामग्री उतैबाट ल्याएर बनाइएको इतिहास सुरक्षित छ। १२ रोपनी चार आना क्षेत्रफलमा फैलिएको दूतावासका भवन कति आकर्षक छन् भने ढाका घुम्ने प्रेमजोडी कुनै बेला बडिधारा आएर यी भवनकै अघिल्तिर फोटो सेसन गर्थे रे।
कूटनीतिक सम्बन्ध कायम भएको ४२ वर्ष बित्दै गर्दा नेपाली दूतावासप्रति बंगलादेशीको आकर्षण कम छैन। कूटनीतिक नियोगमा काम गर्न चाहने अधिक हुँदाहुँदै पनि नेपाली दूतावासमै १४ जना बंगलादेशीले जागिरको अवसर पाएका छन्। रमाइलो यो छ कि ती १४ 'लोकल स्टाफ'मध्ये छ जना नेपाली मूलकै बंगलादेशी छन्। त्यसैले पनि नेपालीपन झल्किने यहाँको नेपाली दूतावासले 'मिनी नेपाल'को झल्को दिन्छ।
पाँच महिनादेखि काउन्सिलर रहेका सुशीलकुमार लम्सालका अनुसार नेपालका ३५ देशमा स्थापना भएका कूटनीतिक नियोगमध्ये ढाकाको दूतावास त्यस्तो हो, जहाँ नेपालीपनको मनग्गे झल्को आउँछ। 'भौतिक संरचना, तिनको बनोट, लोकेसन र लोकल स्टाफ आदिका दृष्टिले बंगलादेशका लागि नेपाली दूतावास नमूना हो,' लम्सालले नागरिकसँग भने, 'अरूतिर यस्तो फराकिलो, शान्त र नेपालीपन झल्किने वातावरण हुँदैन।'
८ अप्रिल १९७२ मा कूटनीतिक सम्बन्ध कायम भएपछि नेपालले बडिधारामा दूतावास स्थापना गरेको हो। स्थानीय ठेकेदारले स्थानीय कालिगढबाटै निर्माण गरे पनि दूतावासका आधा दर्जन भवनमा नेपाली मौलिकपन झल्काइएको छ। सन् १९८५ मा तत्कालीन राजा वीरेन्द्र शाहद्वारा उद्घााटन गरिएको भवन नियाल्न पहिले–पहिले बंगलादेशका धेरै मानिस बडिधारा आइपुग्ने पुराना कर्मचारी चन्दन थापा सम्झिन्छन्।
'नेपाली दूतावासलाई पृष्ठभूमिमा राखेर फोटो सेसन गर्नेहरू कति हुन्थे कति,' दूतावासका सवारीचालक थापाले सुनाए, 'अचेल पार्क, फिल्म हल आदि बनेपछि बडिधारा घुम्न आउने कम छन्।' पहिल्यैदेखि व्यापारिक र शैक्षिक सम्बन्ध प्रगाढ रहेको बंगलादेशसँग नेपालका थुप्रै चालचलन मिल्छन्। यहाँ अध्ययनरत दुई २ हजार ५ सय विद्यार्थी, पहिल्यैदेखि बस्दै आएका नेपाली मूलका सयौं परिवार बेलाबेला दूतावास आउँछन्।
'दसैं, तिहारजस्ता चाडपर्वमा दूतावासको वातावरण लोभलाग्दो हुन्छ,' बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ भन्छन्, 'नेपालकै झल्को आउने गरी चाडपर्व मनाउँदा बडिधाराको दूतावास मिनी नेपालमा रुपान्तरित हुन्छ।' क्यालेन्डरमा उल्लेख हुने नेपाली चाडपर्वको तिथिमिति सम्झिने, तिनको व्यवस्थापन गर्ने र आवश्यक सरसामग्री जुटाउने काम दूतावासको खर्चमा 'लोकल स्टाफ'ले रुचिपूर्वक गर्छन्।
बंगलादेशमा कति नेपालीभाषी छन् भन्ने विवरण ठ्याक्कै निस्केको छैन। जति छन्, आपसमा परिचित छन्। थर क्षत्रीलाई 'स्येट्री' लेख्ने रिया दूतावासकी पिआरओ (जनसम्पर्क अधिकृत) हुन्, जो राजदूत श्रेष्ठको सेक्रेटरीको भूमिकामा छिन्। थर नलेख्ने विप्लवबहादुर कम्प्युटर शाखाका विश्वासी कर्मचारी हुन्। चन्दनबहादुर क्षत्री रियाका दाजु हुन्। दूतावासका चालकद्वय शम्शेर थापा र चन्दन थापा दाजुभाइ हुन्।
थर नलेख्ने रेखादेवी दूतावासकी सहयोगी हुन्। उनीहरू नेपाली भाषा राम्ररी बुझ्छन्, कुराकानी गर्न सक्छन्। दूतावास पुग्ने अतिथि र सेवाग्राहीसँग कतिपय कुरा नेपालीमै गर्छन्। राजदूत, काउन्सिलर, सैनिक सहचारी आदिसँग नेपालीमै कुराकानी गरिरहेका हुन्छन्। 'दूतावास आइपुग्दा नेपालमै पो छु कि भन्ने लाग्छ,' ढाकामा पाँच वर्षदेखि चिकित्साशास्त्र अध्ययन गरिरहेका जनकपुरका अमित गिरी भन्छन्, 'दूतावास मिनी नेपालजस्तै छ।'
सन् १९७१ मा पूर्वी पाकिस्तानबाट स्वतन्त्र भएपछि नेपाली दूतावास धनमुन्डी भन्ने ठाउँमा भाडाको घरमा थियो। पछि बडिधारामा जग्गा व्यवस्था भएपछि आकर्षक भवन बनाएर सारिएको हो। 'संरचना आकर्षक खालका हुँदाहुँदै पनि राम्ररी संरक्षण हुन सकेको थिएन,' सैनिक सहचारी सुदर्शनविक्रम राणाले सुनाए, 'हाम्रो कार्यकालदेखि क्रमागत योजना बनाई बजेट छुट्याएर सुधारका काम गर्दैछौं, अहिले सन्तोषजनक लाग्दो छ।'
पुस्तौंदेखि यतै अल्भि्कएका नेपालीभाषी बंगाली बोल्न सजिलो मान्छन्। नेपाली बुझ्छन् तर फरर बोल्दैनन्। दूतावासमा कार्यरत 'लोकल स्टाफ' भने अलि फरक देखिन्छन्। उनीहरु आवश्यकताअनुसार नेपालीमै कुरा गरेर पनि कार्यालयको सेवा प्रवाह गर्न सक्छन्।