काठमाडौं- सार्क सम्मेलनका लागि तयार पारिएका संरचना व्यवस्थित गर्न मुख्यसचिव लिलामणी पौडेलले निर्देशन दिएका छन्। दुई दिने सम्मेलन सम्पन्न भएको पहिलो दिन शुक्रबार सरोकारवाला निकायलाई उनले यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्ताराज सुवेदीका अनुसार काठमाडौं महानगरपालिका, सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, विद्युत प्राधिकरणलगायतलाई यस्तो निर्देशन दिइएको छ।
'सार्क सम्मेलन सफलतापूर्वक सम्पन्न भयो,' सुवेदीले नागरिकन्युजसँग भने, 'यसबारेमा सबैले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नका लागि मूख्यसचिवज्यूको निर्देशन हो।' काठमाडौं महानगरपालिकाले गमला व्यवस्थापन, ट्राफिक आइल्याण्ड निर्माण, माइतिघर मण्डला निर्माणको काम गरेको छ। सडक विभागले सडकमा पीच गर्ने काम गरेको छ। यसबाहेक माइतिघर–तिनकुने सडकमा रुख रोपन गरेको काठमाडौं उपत्यका विकास प्राधिकरणलाई त्यसको व्यवस्थापन गर्न मुख्यसचिवले निर्देशन दिए।
फुटपाथको व्यवस्थापन पनि प्राधिकरणलाई गर्नको लागि निर्देशन भएको सुवेदीले जानकारी दिए। 'ज-जसले निर्माण गर्योथ तिनीहरुले आफ्नो कामको सुरक्षा गर्नुपर्छ,' उनले भने, 'पुरानो कामलाई निरन्तरता तथा नयाँ काम पनि नियमित तवरले थाल्नुपर्छ।'