अन्तरजातीय विवाहः केटीलाई माइतीले लगे,केटा सम्पर्कविहीन
०३ पौष २०७८
•
२ मिनेट पाठ
अन्तरजातीय विवाहः केटीलाई माइतीले लगे,केटा सम्पर्कविहीन
हुम्लाको सर्केगाड गाउँपालिका–१ नाक्पाका १८ वर्षका चन्द्रे कामी र छिमेकी जिल्ला मुगुको सोरुकोट गाउँपालिकाकी १७ वर्षीया सुन्तली मल्लबीच प्रेम बस्यो।

एक महिनाअघि युवतीको गाउँ लिप्रु पुगेर चन्द्रले सुन्तलीलाई भगाएर विवाह गरे। प्रेम गरेर उपल्लो जातकी युवती भगाएर घर ल्याएपछि सामाजिक परम्परा अनुसार धनन्जय कामीले धुमधामका साथ बुहारी भित्र्याए।

उपल्लो जातकी बुहारी भित्र्याएदेखिनै धनन्जयलाई त्रास थियो। नभन्दै बुधबार राति त्यस्तै भयो। केटीको गाउँबाट आएको १२/१५ जनाको समूहले सुतिराखेकै ठाउँबाट केटालाई हात बाँधेर लगेर गयो। ‘मध्य राति १२ बजेतिर आएको केटी पक्षको समूहले गाउँलेका घरका ढोका बाहिरबाट बन्द गरेर केटाकेटी दुवैलाई लगेर गएछन्,’वडाध्यक्ष गोकुल बुढाले भने, ‘केटो अहिलेसम्म बेपत्ता छ।’ वडाध्यक्ष बुढाकाअनुसार केटी पक्षकाले चन्द्रेलाई हात पछाडि बाँधेर नाङ्गै कुट्दै लगेका थिए।

‘मध्यराति मस्त निन्द्रामा रहेको बेला १२/१५ जनाको समूहमा आएका केटी पक्षका मान्छेले गाउँलेका घरका ढोका बाहिरबाट बन्द गरेछन्,’अध्यक्ष बुढाले भने, ‘केटा केटी सुतिरहेको घरको ढोका र झ्याल तोडफोड गरेर केटालाई नाङ्गै डोरीले हात बाँधेर लगेका हुन्।’ गाउँलेहरूले केटालाई लिँदै गर्दा मात्रै थाहा पाएका थिए।

‘गाउँका मान्छे बाहिर निस्कदाँसम्म उनीहरू टाढा पुगिसकेका रहेछन्,’ वडाध्यक्ष बुढाले भने, ‘केटी पक्षकाले मारेर फालेकी भन्ने आशंका हामीलाई छ।’ उनले घटनाबारे प्रहरीले चासो नदिएको भन्दै गुनासो गरे। ‘केटी माइती घरमा पुगिसकेकी छन्,सँगै हात बाँधेर लिएको केटा कहाँ छ भन्ने विषयको सोधखोज प्रहरीले अहिलेसम्म गरेको छैन्,’ उनले भने, ‘दलित केटाले ठकुरीको छोरीसँग माया प्रेम लगाउँदैमा बेपत्ता बनाउन त भएन नि?’

वडाध्यक्ष बुढाका अनुसार युवकलाई केटी भगाएर ल्याए लगत्तै विवाह दर्ताका लागि वडा कार्यालयमा आएका थिए। ‘मैले दुवैको उमेर सोधे, केटाको १८ र केटीको १७ वर्ष पुगेको थियो,’उनले भने, ‘२० वर्ष नपुग्दासम्म विवाह दर्ता हुँदैन्,त्यसमाथि यो अन्तरजातीय विवाह भएकाले झन समस्य हुन्छ भनेर पठाएको थिएँ।’ जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हेरम्भ शर्माले केटाको खोजी भइरहेको बताए। घटनाबारे जानकारी पाउने वित्तिकै प्रहरी टोली खटाएर खोजतलास गइरहेको उनले बताए।

‘केटी माइतीको सम्पर्कमा रहेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘केटाको खोजी गरिरहेका छौं, फेला पार्न सकेका छैनौं।’ उनले केटीलाई लिन आएकाहरूको पहिचान भए पनि पक्राउ गर्न नसकिएको बताए। ‘केटीको माइती घर मुगुमा पर्‍यो, हामीले मुगु प्रहरीलाई सम्पर्क गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन्।’ जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी शुवास हमालले केटी सम्पर्कमा आएको बताए। 

उनले केटीलाई सोधपुछ गरेर स्थानीय जनप्रतिनिधिको जिम्मामा लगाएको उनले जानकारी दिए। ‘केटीको भनाइ अनुसार केटालाई घरमै छाडेर आएको भन्ने बुझिएको छ,’ उनले भने, ‘आवश्यक परेको बेला बोलाउने गरेर स्थानीय जनप्रतिनिधिको जिम्मामा छाडेर आएका छौं।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस